
‘डबल आइजिन’ प्रणालीले पुँजी बजार विकृत बनायो : कमलेश अग्रवाल‘Double ISIN’ System Distorts Capital Market: Kamlesh Agrawal
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल ले नेपालको पुँजी बजारमा रहेको ‘डबल आइजिन’ प्रणालीले बजारलाई अविश्वसनीय र विकृत बनाएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्स र सीडीएस एण्ड क्लियरिङ लिमिटेड को कार्यक्रममा बोल्दै उनले एउटै कम्पनीको शेयरमा एउटै आइजिन हुनुपर्नेमा जोड दिए। फरक–फरक आइजिन र ड्यूअल प्राइसले स्पेकुलेसन बढाउने, तरलता घटाउने र नेपाल स्टक एक्सचेञ्ज को सूचकांकलाई वास्तविक नबनाउने उनको भनाइ छ। उनले संस्थापक शेयरको लकइन अवधि र कमजोर नियमनले बजारमा असन्तुलन ल्याएको बताए। नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससी लाई सुदृढ बनाउँदै पारदर्शी र प्रतिफलमा आधारित बजार विकास गर्नुपर्नेमा उनले जोड दिए। Nepal Chamber of Commerce President Kamlesh Agrawal has said that the “double ISIN” system has made Nepal’s capital market unreliable and distorted. Speaking at a program organized by CDS and Clearing Limited, he stressed that each company should have only one ISIN, as per international practice. He noted that dual pricing and separate ISINs encourage speculation, reduce liquidity, and prevent the NEPSE index from reflecting the real market situation. He also pointed out that promoter share lock-in periods and weak regulation have created market imbalances. Emphasizing the role of SEBON, NEPSE, and CDSC, he urged authorities to strengthen institutions and develop a transparent, efficient, and performance-based capital market to support sustainable economic growth.


















