
शेयर बजार फेरि दबाबमाStock Market Under Pressure Again
शेयर बजार फेरि दबाबमा काठमाडौं । जेनजी आन्दोलनपछि केही दिन आंशिक सुधार देखिएको शेयर बजार बुधबार पुनः दबाबमा परेको छ। मंगलबारसम्म १७० अंकको सुधार गर्दै लगानीकर्तामा आशा जगाएको नेप्से परिसूचक बुधबार भने २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झ¥यो। यस दिन कारोबार रकम पनि घट्यो। मंगलबार ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ४ अर्ब १२ करोड रुपैयाँबराबरको मात्र किनबेच भयो। विश्लेषकहरूका अनुसार नाफा सुरक्षित गर्ने प्रवृत्ति र दशैं खर्च व्यवस्थापनका कारण बजारमा बिक्रीको चाप बढेको हो।Stock Market Under Pressure Again After showing some recovery in the last two trading days following the Gen-Z protests, Nepal’s stock market once again came under pressure on Wednesday. The NEPSE index, which had climbed by 170 points until Tuesday, slipped by 27.89 points to close at 2654.35. Trading volume also declined. While turnover had crossed NPR 5 billion on Tuesday, Wednesday’s transactions amounted to only NPR 4.12 billion. Analysts say that profit-booking and the need to manage Dashain festival expenses led to increased selling pressure.


















