
भदौ २३ गतेको शेयर कारोबारको राफसाफ अनिश्चित, सिडिएससीले प्रक्रिया स्थगित गर्योSettlement of Sept 8 Trading Uncertain as CDSC Suspends Clearing Process
भदौ २३ गते सोमबार भएको शेयर कारोबारको राफसाफ तथा फछर्यौट प्रक्रिया स्थगित गरिएको छ। आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण दलाल भुक्तानी प्रणालीमा समस्या देखिएपछि स्टक ब्रोकर एसोसिएसनको अनुरोधमा सिडिएस एण्ड क्लियरिङ्गले अर्को सूचना नआएसम्मका लागि प्रक्रिया रोक्ने निर्णय गरेको हो। सो दिन बजार ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा झरेको थियो, भने भदौ २२ गतेको कारोबारको राफसाफ भने पूरा भएको छ।The settlement and clearing of share transactions from Monday, Bhadra 23, have been suspended until further notice. CDS and Clearing Ltd. halted the process following a request from the Stock Brokers’ Association, citing technical issues in the payment system due to vandalism and arson during protests. On that day, the NEPSE index fell by 35.99 points to close at 2,672.25, while settlements for Sept 7 (Bhadra 22) were completed successfully.


















