NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 96 / 195Next
    • सनराइज होल्डिंग्स लिमिटेडले आईपीओ जारी गर्ने
      Investor

      1 min read

      सनराइज होल्डिंग्स लिमिटेडले आईपीओ जारी गर्ने

      सनराइज होल्डिंग्स लिमिटेडले आईपीओ जारी गर्ने सनराइज होल्डिंग्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २४ लाख कित्ता साधारण सेयर जारी गर्ने निर्णय गरेको हो, जसको कुल मूल्य २४ करोड रुपैयाँ बराबर हुनेछ। साधारण सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिंग्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका छन्। २०७१ सालमा स्थापना भएको सनराइज होल्डिंग्स लिमिटेड एक लगानी कम्पनी हो जसले जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रमा लगानी गर्दै आएको छ। कम्पनीले आगामी दिनमा उच्च प्रतिफल दिने क्षेत्रहरू पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यका साथ सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • सुन र चाँदीको मूल्य निरन्तर उकालो, नयाँ रेकर्ड कायम
      Top

      1 min read

      सुन र चाँदीको मूल्य निरन्तर उकालो, नयाँ रेकर्ड कायम

      भदौ १७ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुन प्रतितोला ६०० रुपैयाँ बढेर २,०५,९०० रुपैयाँ पुगेको छ भने चाँदी १५ रुपैयाँ बढेर २,४८५ रुपैयाँमा कारोबार भएको छ। लगातार बढ्दो मूल्यलाई अन्तर्राष्ट्रिय बजार र सुरक्षित लगानीतर्फको आकर्षणले थप बल दिएको विश्लेषकहरूको भनाइ छ।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • सम्पत्ति शुद्धीकरण निवारण ऐनको पालना गरौं
      Investor

      1 min read

      सम्पत्ति शुद्धीकरण निवारण ऐनको पालना गरौं

      सम्पत्ति शुद्धीकरण निवारण ऐनको पालना गरौं नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी कानुनको पालना गर्न सबैलाई आग्रह गरेको छ। बैंकले स्मरण गराएको छ कि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार कसुरमार्फत प्राप्त सम्पत्तिलाई लुकाउने, छल्ने, रूपान्तरण गर्ने वा प्रयोग गर्ने कार्यलाई ‘सम्पत्ति शुद्धीकरण’ मानिनेछ। त्यस्तो सम्पत्तिलाई गैरकानुनी स्रोत ढाकछोप गर्ने उद्देश्यले गरिएको कारोबार, स्थानान्तरण, स्वामित्व परिवर्तन वा तेस्रो पक्षलाई सहयोग गर्ने जस्ता गतिविधिहरू गैरकानुनी ठहरिने स्पष्ट गरिएको छ।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • KRBL कर्णाली डेभलपमेन्ट बैंक :  चार सय ऋण खाता र तीन सय निक्षेप खाता बन्द, निक्षेपलाई सेयरमा परिणत
      Investor

      2 min read

      KRBL कर्णाली डेभलपमेन्ट बैंक : चार सय ऋण खाता र तीन सय निक्षेप खाता बन्द, निक्षेपलाई सेयरमा परिणत

      KRBL कर्णाली डेभलपमेन्ट बैंक : चार सय ऋण खाता र तीन सय निक्षेप खाता बन्द, निक्षेपलाई सेयरमा परिणत नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका करिब चार सय ऋण खाता र तीन सयजति निक्षेप खाता बन्द गरेको छ। नौ महिनाअघि समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको यो बैंक अझै उकासिने सम्भावना कम भएको देखिन्छ। राष्ट्र बैंकको व्यवस्थापन टोलीले निक्षेपकर्ताको हित जोगाउन “निक्षेपलाई सेयरमा परिणत गर्ने” विकल्पसमेत अध्ययन गर्न थालेको छ। तर, सम्पत्तिको तुलनामा दायित्व निकै ठूलो देखिएकाले समाधान खोज्न कठिनाइ बढेको छ।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • अपर स्याङ्गे हाइड्रोपावर : १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव
      Investor

      1 min read

      अपर स्याङ्गे हाइड्रोपावर : १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव

      अपर स्याङ्गे हाइड्रोपावर : १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड (USHL) ले आफ्नो ९औं वार्षिक साधारण सभा (AGM) असोज ९ गते बोलाएको छ। साधारण सभा काठमाडौंको कुण्डलिनी दरबार बैंक्वेटमा बिहान १० बजे सुरु हुनेछ। सभा सम्पन्न गर्नका लागि कम्पनीले भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअघि नाम दर्ता गरेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • शेयर प्रमाणपत्र हराएको सम्बन्धी अत्यावश्यक सूचना
      Investor

      1 min read

      शेयर प्रमाणपत्र हराएको सम्बन्धी अत्यावश्यक सूचना

      शेयर प्रमाणपत्र हराएको सम्बन्धी अत्यावश्यक सूचना सिद्धार्थ क्यापिटल लिमिटेडले विभिन्न बैंक तथा वित्तीय संस्थाका शेयरधनीहरूको शेयर प्रमाणपत्र हराएको सम्बन्धमा ३५ दिने अत्यावश्यक सूचना प्रकाशित गरेको छ। सूचनामा उल्लेख भएअनुसार, महालक्ष्मी विकास बैंक लिमिटेड, विभिन्न जलविद्युत कम्पनीहरू तथा नागद गोल्डेन पावर लिमिटेडका शेयरधनीहरूले आफूसँग रहेका शेयर प्रमाणपत्र हराएको भन्दै पुनः प्रमाणपत्रको लागि निवेदन दिएका छन्।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किमको इकाइ बाँडफाँड सम्पन्न
      Investor

      1 min read

      एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किमको इकाइ बाँडफाँड सम्पन्न

      एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किमको इकाइ बाँडफाँड सम्पन्न एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको “एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम (ELIS)” को प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बाँडफाँड सम्पन्न भएको छ। यस स्किम अन्तर्गत १० करोड इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ प्रवर्द्धक एनआईसी एशिया बैंक लिमिटेडले खरीद गरेको छ। बाँकी ८ करोड ५० लाख इकाइ प्रतिइकाइ अंकित मूल्य रु १० मा आमजनताका लागि सार्वजनिक रूपमा निष्काशन गरिएको थियो। स्किमको कुल आकार १० अर्ब रुपैयाँ रहेको छ। यस स्किमको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड हो। बाँडफाँडमा पारेको नतिजा मेरोशेयर पोर्टल (www.meroshare.cdsc.com.np), नेपाल स्टक एक्सचेन्जको वेबसाइट (www.nepalstock.com.np), एनआईसी एशिया क्यापिटलको वेबसाइट (www.nicasiacapital.com), र आईपीओ रिजल्ट पोर्टल (www.iporesults.cdsc.com.np) मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किमले दीर्घकालीन लगानीकर्तालाई आकर्षक प्रतिफल दिने उद्देश्य राखेको छ।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • H8020 हिमालयन ८०–२० कोषले १६.१६ प्रतिशत नगद लाभांश घोषणा
      Investor

      1 min read

      H8020 हिमालयन ८०–२० कोषले १६.१६ प्रतिशत नगद लाभांश घोषणा

      H8020 हिमालयन ८०–२० कोषले १६.१६ प्रतिशत नगद लाभांश घोषणा H8020 हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक र हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना “हिमालयन ८०–२०” ले आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक नगद लाभांश घोषणा गरेको छ। भदौ १३ गते बसेको योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको ७४औं सञ्चालक समितिको बैठकले १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार, योजनाका इकाईधनीहरूले करसहित रु १६ करोड १६ लाख बराबरको प्रतिफल प्राप्त गर्नेछन्। कम्पनीका अनुसार, यो लाभांश योजनाले प्रक्षेपण गरेको लाभांश भन्दा ६ प्रतिशतले बढी हो र यसले अनुमानित आन्तरिक प्रतिफल दर (IRR) पनि पूरा गरेको छ। अघिल्लो आर्थिक वर्षमा पनि प्रक्षेपित भन्दा बढी लाभांश वितरण गर्न सफल भएको यो योजनाले छोटो अवधिमै लगानीकर्तामाझ आकर्षक अवसरको छाप छोड्न सफल भएको छ। योजना व्यवस्थापकले निकट भविष्यमा खुलामुखी योजना संचालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। साथै, हिमालयन ८०–२० योजनाले आगामी वर्षहरूमा पनि इकाईधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने र लाभांश वितरणमा निराश नबनाउने लक्ष्य लिएको स्पष्ट गरेको छ।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • सागर डिष्टिलरीले आईपीओ खुला गर्दै : २५ गतेदेखि निष्काशन तथा बिक्री खुला
      Investor

      1 min read

      सागर डिष्टिलरीले आईपीओ खुला गर्दै : २५ गतेदेखि निष्काशन तथा बिक्री खुला

      सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गर्दै सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि भदौ २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। कम्पनीलाई जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति प्राप्त छ। यसमध्ये १ लाख ४५ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरिसकेको छ। अब कम्पनीले ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ हुन्छ। आईपीओमा भदौ २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि असोज ८ गतेसम्म लम्बिन सक्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न
      Investor

      1 min read

      सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

      सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न काठमाडौं – एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण :  बंगलादेशी कम्पनीसँग सम्झौता
      Investor

      2 min read

      १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण : बंगलादेशी कम्पनीसँग सम्झौता

      १० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण : बंगलादेशी कम्पनीसँग सम्झौता नेपाल राष्ट्र बैंकले मुलुकका ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (Loan Portfolio Review) गर्ने तयारी अघि बढाएको छ। यसका लागि राष्ट्र बैंकले बंगलादेशस्थित हउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स सँग करिब ६२ लाख ५४ हजार रुपैयाँ (२ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर) मा सम्झौता गरेको हो। सम्झौता अनुसार कम्पनीले आगामी पाँच महिनाभित्र परीक्षण पूरा गर्नुपर्नेछ।

      NEPSE TRADING

      ·

      2 Sep, 2025

    • २ दिनपछि नेप्सेमा सुधार, कारोबार रकम घट्यो
      Top

      1 min read

      २ दिनपछि नेप्सेमा सुधार, कारोबार रकम घट्यो

      २ दिनको लगातार गिरावटपछि सोमबार नेप्से परिसूचक १२.९१ अंक बढेर २७६२.७४ विन्दुमा पुगेको छ। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः ४.०२, १.२९ र १.६१ अंकले बढेका छन्। तर कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर ५ अर्ब १० करोड रुपैयाँमा सीमित रह्यो। कम्पनीगत हिसाबमा हिम स्टार उर्जाको शेयर ६% भन्दा बढीले बढ्दा सहकार्य लघुवित्त र विकास हाइड्रोपावर क्रमशः ७.६८% र करिब ५% ले घटे। उपसमूहतर्फ बैंकिङ उपसमूह १.६२% ले बढ्दै अगाडि रह्यो भने व्यापार उपसमूह १.१५% ले घट्दै पछाडि रह्यो।

      NEPSE TRADING

      ·

      1 Sep, 2025

    • सूचना समयमा नपठाएपछि अपर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार स्थगन
      Investor

      1 min read

      सूचना समयमा नपठाएपछि अपर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार स्थगन

      सूचना समयमा नपठाएपछि अपर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार स्थगन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर कारोबार स्थगन गरेको छ। कम्पनीले सेयर मूल्यमा प्रत्यक्ष असर पार्ने सूचना समयमा सार्वजनिक नगरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै यस्तो निर्णय गरेको हो। कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर सो निर्णय कम्पनीले नेप्सेमा भदौ १६ गते मात्र पठाएको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने निर्णय वा सूचना सोही दिन वा भोलिपल्ट बजार खुल्नुअघि नेप्सेमा अनिवार्य पठाउनुपर्ने व्यवस्था छ। यस प्रावधान उल्लंघन गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरी ३ कार्यदिनभित्र कारण स्पष्ट गर्न निर्देशन दिएको छ।

      NEPSE TRADING

      ·

      1 Sep, 2025

    • एससिओ शिखर सम्मेलनमा चीनले विकास बैंक स्थापना अघि बढाउने घोषणा
      Top

      1 min read

      एससिओ शिखर सम्मेलनमा चीनले विकास बैंक स्थापना अघि बढाउने घोषणा

      एससिओ शिखर सम्मेलनमा चीनले विकास बैंक स्थापना अघि बढाउने घोषणा चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार चियानजिनमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) को वार्षिक शिखर सम्मेलनमा एससिओ विकास बैंकको स्थापना प्रक्रियालाई तीव्र बनाउन चीनले प्रयास गर्ने बताएका छन्। फोरममा सम्बोधन गर्दै उनले विश्व अवस्था जटिल र अशान्त बन्दै गएको उल्लेख गर्दै सदस्य राष्ट्रहरूले सुरक्षा र विकाससम्बन्धी चुनौतीपूर्ण जिम्मेवारीको सामना गरिरहेको बताए। साथै, उनले आगामी तीन वर्षमा एससिओ सदस्य राष्ट्रहरूलाई एक अर्ब ४० करोड डलर ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाए, तर यो रकम नयाँ बैंकका लागि मात्र नभएको स्पष्ट गरे। यस शिखर सम्मेलनमा चीन, रुस, भारत, इरानसहितका देशका शीर्ष नेताहरू सहभागी छन्। सन् २००१ मा स्थापना भएको एससिओमा हाल १० सदस्य राष्ट्र, अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक, तथा १४ अन्य राष्ट्र ‘संवाद साझेदार’का रूपमा छन्।

      NEPSE TRADING

      ·

      1 Sep, 2025

    • सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला सर्वाधिक उचाइमा
      Top

      1 min read

      सुन–चाँदीको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला सर्वाधिक उचाइमा

      भदौ १६ गते सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुन प्रतितोला १,७०० रुपैयाँले बढेर दुई लाख पाँच हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ४७० रुपैयाँमा पुगेको छ। पछिल्ला केही दिनदेखि दुवै धातुको मूल्य निरन्तर बढ्दै गएको छ।

      NEPSE TRADING

      ·

      1 Sep, 2025

    • मोदी, पुटिन र सी चिनफिङबीच चीनमा भेटवार्ता
      Investor

      <1 min read

      मोदी, पुटिन र सी चिनफिङबीच चीनमा भेटवार्ता

      मोदी, पुटिन र सी चिनफिङबीच चीनमा भेटवार्ता चीनको थियानचिनमा भइरहेको शाङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “थियानचिनमा अन्तरक्रिया जारी छ। एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग दृष्टिकोण आदानप्रदान भयो।” यस सम्मेलनमा विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरू सहभागी छन्। हालैका भू–राजनीतिक परिवेशमा भारत, चीन र रुसबीचको यस्तो त्रिपक्षीय भेटलाई महत्वपूर्ण मानिएको छ।

      NEPSE TRADING

      ·

      1 Sep, 2025

    • विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गते
      Investor

      1 min read

      विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गते

      विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गते विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असोज १० गते गर्ने भएको छ । साधारणसभा काठमाडौँको नयाँबजारस्थित सासा ब्यान्क्वेटमा आयोजना हुने कम्पनीले जनाएको छ । उक्त साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य वित्तीय विवरण पारित गरिनेछ । साथै, सर्वसाधारण समूहबाट ३ जना सञ्चालक नियुक्त गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ । कम्पनीले यसपालि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।

      NEPSE TRADING

      ·

      1 Sep, 2025

    • बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला
      Investor

      1 min read

      बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला

      बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसअघि कम्पनीले पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावितका लागि र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसपछि १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। उक्त आईपीओमा १ लाख ७० हजार १ सय ५० जनाले न्यूनतम १०–१० कित्ताका दरले पाउनेछन्। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

      NEPSE trading

      ·

      1 Sep, 2025

    • नेप्से परिसूचक ३१ अंकले घट्दा कारोबार रकम ६ अर्बमा सिमित
      Top

      1 min read

      नेप्से परिसूचक ३१ अंकले घट्दा कारोबार रकम ६ अर्बमा सिमित

      साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ। नेप्से परिसूचक ३१.१७ अंकले घट्दै २७४९.८३ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि घटेर करिब ६ अर्ब ६ करोडमा सीमित भएको छ। ३२१ स्टकमा ९७ हजारभन्दा बढी पटकको कारोबारमार्फत १ करोड ४८ लाख कित्ता शेयर किनबेच भएको छ। सबै १३ उपसमूह घटेका छन्, जसमा विकास बैंक १.५९% ले सबैभन्दा बढी घटेको छ। नेपाल पुनर्बीमा कम्पनी करिब ४५ करोडको कारोबारसहित अग्रस्थानमा रह्यो।

      NEPSE TRADING

      ·

      31 Aug, 2025

    • केन्द्रीय बैंकले थप ५५ अर्ब निक्षेप संकलन गर्दै, वित्तीय प्रणालीमा अधिक तरलताको चाप
      Investor

      1 min read

      केन्द्रीय बैंकले थप ५५ अर्ब निक्षेप संकलन गर्दै, वित्तीय प्रणालीमा अधिक तरलताको चाप

      केन्द्रीय बैंकले थप ५५ अर्ब निक्षेप संकलन गर्दै, वित्तीय प्रणालीमा अधिक तरलताको चाप वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेकाले नेपाल राष्ट्र बैंकले आज फेरि ५५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तरलता प्रशोचन गर्ने भएको छ। गत साउन ४ गते खिचिएको ५० अर्ब निक्षेप आज परिपक्व हुने भएकाले सोसँगै थप तरलता व्यवस्थापन गर्न लागिएको हो। बैंक तथा वित्तीय संस्थाहरूमा लामो समयदेखि अधिक तरलता थुप्रिँदै आएको छ। ब्याजदर लगातार घटे पनि कर्जा प्रवाह सुस्त रहँदा राष्ट्र बैंकले पटक–पटक निक्षेप तानेर तरलता व्यवस्थापन गर्दै आएको छ। चालु आर्थिक वर्षको डेढ महिनामै राष्ट्र बैंकले ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरिसकेको छ।

      NEPSE TRADING

      ·

      31 Aug, 2025