NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 99 / 195Next
    • अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर : नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू
      Top

      अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर : नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू

      अमेरिकाले भारतमाथि २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय, भारतीय निर्यात प्रभावित अमेरिकाले भारतमाथि थप २५ प्रतिशत कर लगाउने आधिकारिक घोषणा गरेको छ। मंगलबार जारी आदेशअनुसार भारतीय समय अनुसार यो नयाँ महसुल बुधबार (अगस्ट २७) बिहान ९:३१ बजेदेखि लागू हुने भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अगस्ट ६ मा रुसबाट तेल खरिदको जरिवाना स्वरूप उक्त शुल्क घोषणा गरेका थिए। साथै, अगस्ट ७ देखि व्यापार घाटालाई कारण देखाउँदै भारतबाट आउने सामानमा २५ प्रतिशत कर थपिएको थियो। यससँगै अमेरिकामा निर्यात हुने भारतीय सामानमा कुल कर दर ५० प्रतिशतसम्म पुग्नेछ। नयाँ आदेशमा उल्लेख भएअनुसार सूचीमा रहेका वस्तुहरूमा यो कर लागू हुनेछ। ती वस्तुहरू प्रत्यक्ष प्रयोगका लागि अमेरिका ल्याइएका वा गोदामबाट निकालिएका दुवै अवस्थामा लागू हुने जनाइएको छ।

      NEPSE TRADING·27 Aug, 2025·1 min read
    • ग्लोबल आईएमई क्यापिटलले २० प्रतिशत नगद लाभांश घोषणा
      Investor

      ग्लोबल आईएमई क्यापिटलले २० प्रतिशत नगद लाभांश घोषणा

      ग्लोबल आईएमई क्यापिटलले २० प्रतिशत नगद लाभांश घोषणा ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बराबर अर्थात् करसहित ९ करोड ८७ लाख ८३ हजार रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले प्रस्तावित लाभांश पारित गर्न असोज १ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयनमा दिउँसो ४:३० बजे बस्नेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने, उनको पारिश्रमिक तोक्ने र स्वतन्त्र सञ्चालकका नियुक्तिलाई अनुमोदन गर्ने एजेन्डा रहनेछ।

      NEPSE TRADING·27 Aug, 2025·1 min read
    • बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओ आजदेखि आवेदन खुला
      Investor

      बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओ आजदेखि आवेदन खुला

      बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओ आजदेखि आवेदन खुला बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आजदेखि (भदौ ११ गते) सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गर्न अनुमति पाएको हो। यसअघि ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। त्यस्तै २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५८ हजार ८२० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ। बाँकी ४३ लाख ४१ हजार ८० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

      NEPSE TRADING·27 Aug, 2025·1 min read
    • झापा इनर्जी लिमिटेडको आईपीओ भदौ २० गतेदेखि सर्वसाधारणका लागि खुला
      Investor

      झापा इनर्जी लिमिटेडको आईपीओ भदौ २० गतेदेखि सर्वसाधारणका लागि खुला

      झापा इनर्जी लिमिटेडको आईपीओ भदौ २० गतेदेखि सर्वसाधारणका लागि खुला झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार ३१ गते अनुमति पाएको हो। यसअघि कम्पनीले कुल निष्काशनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ।

      NEPSE TRADING·27 Aug, 2025·1 min read
    • श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पहिलो चरणको आईपीओ निष्काशन सुरु
      Top

      श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पहिलो चरणको आईपीओ निष्काशन सुरु

      श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पहिलो चरणको आईपीओ निष्काशन सुरु श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि (भदौ ११ गते) पहिलो चरणको आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गर्दै शेयर जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतबराबर अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

      NEPSE TRADING·27 Aug, 2025·1 min read
    • १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री हुने
      Investor

      १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री हुने

      १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। कार्यालयका अनुसार ३ वर्षे अवधिको ‘विकास ऋणपत्र–२०८५’ बोलकबोलमार्फत बिक्री गरिनेछ। बोलपत्र भदौ ११ गते (भोलि) बोलकबोलमार्फत बिक्री गरी भदौ १२ गते निष्कासन गरिने कार्यालयले जनाएको छ। यस विकास ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

      NEPSE TRADING·26 Aug, 2025·<1 min read
    • सुनचाँदी बजारमा मूल्य वृद्धि, सुन प्रतितोला १,५०० रुपैयाँले बढेर १ लाख ९८ हजार ७०० रुपैयाँ
      Investor

      सुनचाँदी बजारमा मूल्य वृद्धि, सुन प्रतितोला १,५०० रुपैयाँले बढेर १ लाख ९८ हजार ७०० रुपैयाँ

      सुनचाँदी बजारमा मूल्य वृद्धि मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सुन प्रतितोला १,५०० रुपैयाँले बढेर १ लाख ९८ हजार ७०० रुपैयाँ पुगेको छ। सोमबार भने सुनको मूल्य घटेर १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यससँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार प्रतितोला २,३५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँले बढेर २,३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हाल सुनचाँदी बजारमा मूल्यको उतारचढाव निरन्तर भइरहेका कारण उपभोक्ता र व्यवसायी दुवै सतर्क बनेका छन्।

      NEPSE TRADING·26 Aug, 2025·<1 min read
    • व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता ४९ लाख नाघ्यो
      Investor

      व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता ४९ लाख नाघ्यो

      व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता ४९ लाख नाघ्यो व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या झण्डै ४९ लाख पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म ४८ लाख ९२ हजार ८४० जना करदाताले व्यक्तिगत प्यान दर्ता गराएका छन्। सरकारले पछिल्लो समय भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेपछि दर्ता गर्नेको संख्या तीव्र रूपमा बढेको हो। विभागका अनुसार सो अवधिमा मात्र नयाँ २० लाख १२ हजार ९०८ जना करदाताले व्यक्तिगत प्यान लिएका छन्। त्यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाताको संख्या ३ लाख ४५ हजार ७२७ पुगेको छ भने अन्त:शुल्कमा दर्ता हुने करदाता १ लाख १९ हजार ४०२ पुगेका छन्। यसै अवधिसम्म ३५ हजार ८५३ करदाताले विथहोल्डर प्यान दर्ता गरेका छन्। विभागले यस वर्ष भ्याटमा दर्ता भएर समेत कर विवरण पेश नगरेका ९६ हजार ४८७ करदाताको दर्ता निलम्बन गरेको छ। मूल्य अभिवृद्धि ऐन २०५२ अनुसार लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गर्ने प्रावधानअनुसार ती करदाताको विवरण सार्वजनिक गरिएको हो।

      NEPSE TRADING·25 Aug, 2025·1 min read
    • सुनको मूल्य घट्यो, चाँदी ऐतिहासिक उचाइमा
      Top

      सुनको मूल्य घट्यो, चाँदी ऐतिहासिक उचाइमा

      Gold prices in Nepal dropped by NPR 300 per tola on Monday, August 25, 2025, with hallmark gold trading at NPR 197,200. Meanwhile, silver reached a record high, rising by NPR 5 to trade at NPR 2,355 per tola, surpassing the previous peak set last month.

      NEPSE TRADING·25 Aug, 2025·1 min read
    • नयाँ सर्कुलर: यी लघुवित्तलाई हुने छ ठुलो फाइदा
      Investor

      नयाँ सर्कुलर: यी लघुवित्तलाई हुने छ ठुलो फाइदा

      नेपालका प्रमुख लघुवित्त वित्तीय संस्थाहरूले हालै प्रकाशित वित्तीय विवरणअनुसार पुँजीकोष अनुपात मजबुत राख्न सफल भएका छन् भने निष्क्रिय कर्जा (NPL) समेत नियामक निकायले तोकेको सीमा भित्रै राखेका छन् । कूल पाँच वटा प्रमुख लघुवित्त—सानकिसान (SKBBL), फर्स्ट माइक्रोफाइनान्स (FMDBL), आरएसडीसी (RSDC), छिमेक (CBBL) र महुली (MLBBL)—ले १२ प्रतिशतभन्दा बढी पुँजीकोष अनुपात र ५ प्रतिशतभन्दा कम NPL कायम गर्न सफल भएका छन् । यसले यी संस्थाहरूको वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापन दुवै मजबुत रहेको संकेत गर्दछ।

      NEPSE TRADING·24 Aug, 2025·2 min read
    • लघुवित्त प्रति केन्द्रीय बैंक लचक : लाभांशमा नयाँ सीमा निधारर्ण, एनपीएलका आधारमा लाभांश ।
      Investor

      लघुवित्त प्रति केन्द्रीय बैंक लचक : लाभांशमा नयाँ सीमा निधारर्ण, एनपीएलका आधारमा लाभांश ।

      केन्द्रीय बैंक लचक लघुवित्त प्रति केन्द्रीय बैंक लचक : लाभांशमा नयाँ सीमा निधारर्ण, एनपीएलका आधारमा लाभांश ।।

      NEPSE TRADING·24 Aug, 2025·2 min read
    • प्राविधिक स्तरमा समेत बजार कमजोर, २०० दिनको मूभिङ एभरेजसम्म खस्ने संकेत
      Investor

      प्राविधिक स्तरमा समेत बजार कमजोर, २०० दिनको मूभिङ एभरेजसम्म खस्ने संकेत

      प्राविधिक स्तरमा समेत बजार कमजोर, २०० दिनको मूभिङ एभरेजसम्म खस्ने संकेत साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार फेरि दबाबमा रह्यो। लगातार तेस्रो दिन ओरालो लाग्दै गएको नेप्से परिसूचक यस दिन पनि तल झर्‍यो। विश्लेषकहरूले यसलाई सरकारले शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लगानीकर्तामा उत्पन्न भएको अविश्वाससँग जोडेर व्याख्या गरेका छन्।

      NEPSE TRADING·24 Aug, 2025·2 min read
    • मेरो शेयर तथा सी-आस्बा सेवा आज केही समयका लागि अवरुद्ध
      Investor

      मेरो शेयर तथा सी-आस्बा सेवा आज केही समयका लागि अवरुद्ध

      मेरो शेयर तथा सी-आस्बा सेवा आज केही समयका लागि अवरुद्ध काठमाडौं – सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आज साँझदेखि मेरो शेयर तथा सी-आस्बा सेवा केही समयका लागि अवरुद्ध हुने जानकारी गराएको छ। कम्पनीको सूचनाअनुसार २०८२ साल भदौ ८ गते साँझ ५:३० बजेपछि मेरो शेयर तथा सी-आस्बा प्रणालीको डाटाबेस अपडेटेसन तथा माइन्टेनेन्स कार्य हुने भएकाले करिब ६ घण्टासम्म सेवा प्रभावित हुने भएको हो। यो अवधिमा प्रयोगकर्ताले मेरो शेयर तथा सी-आस्बा सेवा प्रयोग गर्न नसक्ने भएकाले आवश्यक जानकारीका लागि अग्रिम सूचनास्वरूप जानकारी प्रकाशित गरिएको सिडिएससीले जनाएको छ। कम्पनीले माइन्टेनेन्स तथा अपडेटेसन कार्य सम्पन्न भएपछि सबै सेवा पूर्ववत् सञ्चालनमा आउने पनि स्पष्ट पारेको छ।

      NEPSE TRADING·24 Aug, 2025·1 min read
    • सूचीकृत कम्पनी संख्या २७२ पुग्यो, बजार पुँजीकरणमा ५४ प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा बीमा क्षेत्रको
      Investor

      सूचीकृत कम्पनी संख्या २७२ पुग्यो, बजार पुँजीकरणमा ५४ प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा बीमा क्षेत्रको

      सूचीकृत कम्पनी संख्या २७२ पुग्यो, बजार पुँजीकरणमा ५४ प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा बीमा क्षेत्रको काठमाडौं । २०८२ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा (नेप्से) सूचीकृत कम्पनीहरूको संख्या बढेर २७२ पुगेको छ। अघिल्लो वर्ष २०८१ असारमा यो संख्या २७० मात्र थियो। सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका कम्पनी रहेका छन्। धितोपत्र बजार पुँजीकरणमा ५४.१ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले ओगटेका छन्। त्यस्तै, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.४ प्रतिशत, व्यापारिक संस्थाको ५.० प्रतिशत, होटल क्षेत्रको २.७ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत रहेको छ।

      NEPSE TRADING·24 Aug, 2025·1 min read
    • लघु, साना उद्योग तथा कृषि कर्जामा रु. ३२७ अर्ब बढी सुरक्षण
      Investor

      लघु, साना उद्योग तथा कृषि कर्जामा रु. ३२७ अर्ब बढी सुरक्षण

      लघु, साना उद्योग तथा कृषि कर्जामा रु. ३२७ अर्ब बढी सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको रु. ३२७ अर्ब ४२ करोड बराबरको कर्जा सुरक्षण गरेको छ। यस अन्तर्गत लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह हुने सहुलियतपूर्ण कर्जासमेत) पर्दछन्। अघिल्लो वर्ष २०८१ असार मसान्तमा सो कोषले रु. २९६ अर्ब ४५ करोड बराबरको कर्जा सुरक्षण गरेको थियो। एक वर्षको अवधिमा सुरक्षण रकम करिब रु. ३० अर्बले बढेको देखिन्छ। विशेषज्ञहरूका अनुसार, कर्जा सुरक्षण रकममा भएको वृद्धि वित्तीय संस्थाहरूलाई जोखिम व्यवस्थापनमा सहज बनाउने र लघु उद्यम, कृषि तथा विपन्न वर्गलाई कर्जा पहुँचमा सहयोग पुग्ने संकेतकका रूपमा लिइएको छ।

      NEPSE TRADING·24 Aug, 2025·1 min read
    • वित्तीय पहुँच : बैंक तथा वित्तीय संस्थाको संख्या स्थिर, शाखा संख्यामा अलिक कमी
      Top

      वित्तीय पहुँच : बैंक तथा वित्तीय संस्थाको संख्या स्थिर, शाखा संख्यामा अलिक कमी

      वित्तीय पहुँच : बैंक तथा वित्तीय संस्थाको संख्या स्थिर, शाखा संख्यामा अलिक कमी काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म मुलुकमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या १०७ रहेको छ। यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्। शाखा संख्यामा भने अलिक कमी आएको छ। २०८१ असार मसान्तमा कुल ११,५३० शाखा रहेका भए पनि २०८२ असार मसान्तमा यो घटेर ११,५२६ शाखामा पुगेको छ। क्षेत्रगत संरचनामा वाणिज्य बैंकका शाखा ५०९९, विकास बैंकका ११३२, वित्त कम्पनीका २९१ र लघुवित्तका ५००४ शाखा रहेको तथ्यांकले देखाउँछ। त्यस्तै, २०८१ असार मसान्तमा प्रति शाखा जनसंख्या २५२९ रहेकोमा २०८२ असार मसान्तमा यो अनुपात २५३० पुगेको छ। यसले ग्रामीण तथा दुर्गम क्षेत्रमा शाखा विस्तार चुनौतीपूर्ण बन्दै गएको देखाउँछ। विश्लेषकहरूका अनुसार, संस्थागत संख्यामा स्थिरता भए पनि शाखा संख्यामा आएको सामान्य कमीले ग्रामीण वित्तीय पहुँचमा असर पर्न सक्ने संकेत देखिएको छ। राष्ट्र बैंकले भने डिजिटल बैंकिङ र प्रविधिमैत्री सेवाले शाखा संख्याको कमीलाई पूर्ति गर्ने अपेक्षा गरेको छ।

      NEPSE TRADING·24 Aug, 2025·1 min read
    • ९४ हजार भन्दा बढीलाई  ७८ अर्ब ६६ करोड सहुलियतपूर्ण कर्जा प्रवाह
      Investor

      ९४ हजार भन्दा बढीलाई ७८ अर्ब ६६ करोड सहुलियतपूर्ण कर्जा प्रवाह

      ९४ हजार भन्दा बढीलाई रु. ७८ अर्ब ६६ करोड सहुलियतपूर्ण कर्जा प्रवाह काठमाडौं । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०८२ असार मसान्तसम्म कुल ९४ हजार ९२० ऋणीलाई रु. ७८ अर्ब ६६ करोड कर्जा प्रवाह भएको छ। यस मध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३५ हजार ८६१ ऋणीलाई रु. ५७ अर्ब ५५ करोड कर्जा पुगेको छ। त्यस्तै, महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६३६ महिला उद्यमीलाई रु. २० अर्ब ९ करोड कर्जा प्रवाह भएको छ। सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत भने १ हजार ४२३ ऋणीले रु. १ अर्ब २ करोड कर्जा लिएका छन्। विश्लेषकहरूका अनुसार, सहुलियतपूर्ण कर्जा विशेषगरी कृषि, पशुपालन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने मुख्य साधन बनेको छ, जसले ग्रामीण अर्थतन्त्र र स्वरोजगार विस्तारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

      NEPSE TRADING·24 Aug, 2025·1 min read
    • निजी क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशतले बढ्यो
      Investor

      निजी क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशतले बढ्यो

      निजी क्षेत्रमा कर्जा प्रवाह ८.४ प्रतिशतले बढ्यो काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशत (रु. ४२३ अर्ब ७३ करोड) ले बढेको छ। अघिल्लो वर्ष यस किसिमको कर्जा वृद्धि ५.८ प्रतिशत (रु. २७६ अर्ब ९४ करोड) मात्र थियो। समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रमा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा ३७.२ प्रतिशत कर्जा पुगेको छ। अघिल्लो वर्ष यी अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेका थिए। क्षेत्रगत हिसाबले, वाणिज्य बैंकहरूले कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरूले ६.१ प्रतिशतले र वित्त कम्पनीहरूले ८.४ प्रतिशतले बढाएका छन्।

      NEPSE TRADING·24 Aug, 2025·1 min read
    • बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्यो
      Top

      बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्यो

      बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्यो काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशत (रु. ८११ अर्ब ४९ करोड) ले बढेको छ। अघिल्लो वर्ष यस्तै निक्षेप वृद्धि १३ प्रतिशत (रु. ७४२ अर्ब ३७ करोड) थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वृद्धि स्थिर तर हल्का गिरावटसहितको दरमा देखिएको हो। २०७८ देखि २०८२ असार मसान्तसम्मको निक्षेप संरचनाको प्रवृत्ति हेर्दा चल्ती निक्षेपमा कमी, बचत निक्षेपमा वृद्धि र मुद्दती निक्षेपमा उतारचढाव देखिएको छ। चालु वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेप ७.१ प्रतिशत, बचत निक्षेप ३६.८ प्रतिशत र मुद्दती निक्षेप ४८.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्ता अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत थिए।

      NEPSE TRADING·24 Aug, 2025·1 min read
    • मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले वृद्धि
      Investor

      मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले वृद्धि

      मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले वृद्धि चालु आर्थिक वर्ष २०८१/८२ मा मौद्रिक क्षेत्रको कुल आन्तरिक कर्जा ६.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वृद्धि अघिल्लो वर्षको ६.१ प्रतिशत भन्दा केही उच्च रहेको छ। समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी भने ३.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्ता दाबी ३.८ प्रतिशतले बढेका थिए। यसले सरकारप्रति मौद्रिक क्षेत्रको प्रत्यक्ष दाबीमा गिरावट आएको देखाउँछ। त्यस्तै, मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.१ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ६.१ प्रतिशत वृद्धि भन्दा उल्लेख्य रुपमा उच्च हो। यसले निजी क्षेत्रलाई दिइएको कर्जामा तीव्र विस्तार भएको संकेत गर्दछ, जसले समग्र आर्थिक गतिविधिलाई थप गति दिन सक्ने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार, सरकारी दाबीमा कमी र निजी क्षेत्रको कर्जा प्रवाहमा वृद्धि देखिनु अर्थतन्त्रलाई निजी लगानी र उत्पादनशील क्षेत्रमा प्रोत्साहन गर्ने संकेतकका रूपमा लिइएको छ।

      NEPSE TRADING·24 Aug, 2025·1 min read