
तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन खुलाTehrathum Power Opens 100% Right Share Issue from Today
तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। जेठ ४ गतेसम्म कायम शेयरधनीहरूले १:१ अनुपातमा आवेदन दिन सक्नेछन्। कम्पनीले ४० लाख कित्ता हकप्रद शेयरमार्फत ४० करोड रुपैयाँ संकलन गर्न लागेको हो। साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। संकलित रकम माछापुच्छ्रे, नबिल र ग्लोबल आइएमई बैंकमा रहेको ऋण भुक्तानीमा प्रयोग गरिनेछ। निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।Tehrathum Power Company Limited has opened applications for its 100% right share issue from Asar 16. Shareholders listed as of Jestha 4 are eligible to apply in a 1:1 ratio. The company is issuing 4 million shares worth NPR 400 million. Applications are open until Shrawan 4. The raised capital will be used to partially repay loans from Machhapuchchhre, Nabil, and Global IME banks. After issuance, the company's paid-up capital will reach NPR 800 million.


















