
नेपाल स्टक एक्सचेन्ज को स्टक डिलर कार्यविधिमा संशोधन, लगानी दायरा विस्तार र प्रक्रिया सरलीकरणNepal Stock Exchange Revises Stock Dealer Rules, Expands Investment Scope and Simplifies Procedures
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्टक डिलर कार्यविधिमा संशोधन गर्दै पूँजीबजारलाई थप तरल र गतिशील बनाउने कदम चालेको छ। नयाँ व्यवस्थाअनुसार डिलरहरूले अब शेयरसँगै सरकारी ऋणपत्र, म्युचुअल फण्ड र डिबेन्चरमा पनि लगानी गर्न पाउने भएका छन्। नाफामा रहेका कम्पनी मात्र किन्नुपर्ने पुरानो प्रावधान हटाइएको छ भने न्यूनतम चुक्ता पूँजी सीमा २५ करोड पुर्याइएको छ। साथै, प्रक्रिया सरल बनाउँदै डिलरहरूले कम्पनी सूची स्वीकृत गराउनु नपर्ने व्यवस्था गरिएको छ।The Nepal Stock Exchange (NEPSE) has revised its stock dealer regulations to enhance market liquidity and efficiency. The new rules allow dealers to invest in government bonds, mutual funds, and debentures in addition to equities. The restriction of investing only in consistently profitable companies has been removed, while the minimum paid-up capital threshold has been raised to NPR 250 million. The process has also been simplified by removing the need for prior approval of trading lists.


















