
भोटेकोशी बाढी: उद्धार र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग ओइरिँदै, प्रधानमन्त्री कोषमा साढे ४ अर्ब जम्माBhotekoshi Flood: International Aid Pours In; Over NPR 4.38 Billion Collected in PM's Relief Fund
अहिले दाताहरूबाट प्राप्त सहयोग परम्परागत खाद्यान्न वितरणमा मात्र सीमित छैन। दातृ निकायहरूले अस्थायी आवास, शुद्ध खानेपानी, सरसफाइ, स्वास्थ्य उपचार, जेनेरेटरमार्फत सञ्चार सेवाको पुनःसञ्चालन तथा मनोसामाजिक परामर्शजस्ता बहुआयामिक क्षेत्रमा राहत केन्द्रित गरेका छन्। स्वदेश र विदेशबाट जुटिरहेको यो अभूतपूर्व सहयोगले सरकारलाई विपद्पछिको पुनर्निर्माण र नागरिकलाई सुरक्षित स्थानमा सार्ने चुनौतीपूर्ण दायित्व पूरा गर्न ठूलो आड मिलेको छ।The aid currently being received extends beyond traditional food distribution. Donors are focusing on multidimensional needs such as temporary housing, clean drinking water, sanitation, healthcare, restoration of communication services, and psychosocial counseling. This unprecedented domestic and international support serves as a crucial backbone for the government's challenging task of post-disaster recovery and citizen relocation.
















