
बाढीले जलविद्युत् आयोजनामा क्षति पुगेपछि धितोपत्र बोर्डको एक्सन: प्रभावित कम्पनीको विवरण माग्दै कारोबारमा कडा निगरानी गर्न निर्देशनSEBON Directs NEPSE to Monitor Trading of Flood-Affected Hydropower Companies and Ensure Full Disclosure
यसैगरी, भविष्यमा आउन सक्ने यस्तै प्रकृतिका बाढी, पहिरो, आगलागी वा अन्य असाधारण विपद्का बेला सूचीकृत कम्पनीहरूमा पर्ने असरलाई सम्बोधन गर्न बोर्डले दीर्घकालीन कदम पनि चालेको छ । यस्ता परिस्थितिमा सूचना कसरी प्रवाह गर्ने, कारोबार कुन अवस्थामा रोक्का गर्ने र पुनः कसरी सुचारु गर्ने भन्ने विषयमा छुट्टै स्पष्ट कार्यविधि बनाउन नेप्सेलाई निर्देशन दिइएको छ । यसका साथै, बजार अनुगमनको अवस्था र यस सम्बन्धी प्रगतिको नियमित प्रतिवेदन बोर्डमा पेस गर्न पनि सेबोनले नेप्सेलाई सचेत गराएको छ ।Looking ahead, SEBON has also taken long-term steps to address the impact of future natural disasters, fires, or other extraordinary events on listed companies. NEPSE has been instructed to formulate a clear and separate set of procedures detailing how information should be disseminated, under what circumstances trading should be halted, and the protocols for resuming trading during such crises. Additionally, SEBON has mandated NEPSE to submit regular progress updates and market surveillance reports to the board.


















