
रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबारमा अचम्म: बट प्रयोग भएको आशंका, ३०० मै बिक्रीUnusual Trading in Reliance Spinning Mills Raises Bot Trading Concerns
रिलायन्स स्पिनिङ मिल्सको सेयर कारोबारमा अचम्म: बट प्रयोग भएको आशंका, ३०० मै बिक्री काठमाडौं । Reliance Spinning Mills Limited को सेयर कारोबारमा आज अस्वाभाविक गतिविधि देखिँदा बजारमा चासो बढेको छ। कारोबार सुरु भएको दिनमै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागे पनि केही कारोबार अत्यन्तै कम मूल्यमा भएको पाइएपछि बट प्रयोग भएको आशंका गरिएको छ। आईपीओमा प्रतिकित्ता ८२० रुपैयाँ तिरेका लगानीकर्ताले समेत ३०० रुपैयाँमै सेयर बिक्री गरेको तथ्य सार्वजनिक भएको छ। सर्किट लाग्ने सम्भावना रहेको अवस्थामा समेत जम्मा १०–१० कित्ताका चार चरणमा १३० कित्ता सेयर मात्र किनबेच भएको देखिएको छ। यस अवधिमा करिब ४० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आजको कारोबारमा कम्पनीको जम्मा ११ पटक कारोबार भएको देखिन्छ। तीमध्ये १३० कित्तामध्ये ९० कित्ता सेयर ५८ नम्बर ब्रोकरमार्फत मात्र खरिद गरिएको पाइएको छ। त्यस्तै, बिक्रीतर्फ पनि ११ मध्ये ८ वटा कारोबार सोही ब्रोकरमार्फत भएको देखिएको छ।Unusual Trading in Reliance Spinning Mills Raises Bot Trading Concerns Kathmandu — Unusual trading activity was observed in the shares of Reliance Spinning Mills Limited on Tuesday, raising suspicions of possible bot-based or manipulated transactions in the secondary market. Although the company’s shares hit the positive circuit limit during the trading session, several transactions were recorded at an unusually low price of NPR 300. This is notable as investors had subscribed to the company’s IPO at NPR 820 per share, meaning some shareholders sold their holdings at a significant loss. According to trading data, only 130 shares were traded in four separate transactions of 10 shares each, amounting to approximately NPR 40,000 in total value, despite strong upward price momentum. Additionally, four separate trades were executed at the same NPR 300 level. In total, the company’s shares were traded 11 times during the day. Out of 130 traded shares, 90 shares were purchased through Broker No. 58 alone. Similarly, 8 out of 11 sell transactions were also routed through the same broker, further increasing market suspicion.


















