
दार्चुला पावर लिमिटेडको साधारणसभा सम्पन्न, आइपिओ निष्काशनदेखि आयोजनाको प्रगतिसम्मका सबै प्रस्ताव पारितDarchula Power Limited Concludes AGM; Approves IPO Issuance and Key Project Decisions
दार्चुला पावर लिमिटेडको साधारणसभा सम्पन्न, आइपिओ निष्काशनदेखि आयोजनाको प्रगतिसम्मका सबै प्रस्ताव पारित दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभा मंसिर १२ गते, शुक्रबार सम्पन्न भयो। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि आइपिओ (प्रारम्भिक सार्वजनिक निष्काशन) जारी गर्ने प्रस्तावसम्मका सबै सामान्य तथा विशेष एजेन्डाहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जानकारी दिएको छ। अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दार्चुला पावर हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब रु. ५६६ करोड लागत अनुमान गरिएको आयोजनाको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीको दाबी छ।Darchula Power Limited Concludes AGM; Approves IPO Issuance and Key Project Decisions Darchula Power Limited successfully concluded its Annual General Meeting (AGM) on Friday, Mangsir 12. The company announced that the AGM unanimously approved all general and special resolutions, including the adoption of financial statements for FY 2081/82 and the decision to move forward with its Initial Public Offering (IPO). Darchula Power Limited, a subsidiary of Api Power Company Limited, is currently constructing the 28.304 MW Mid Chameliya Hydropower Project in Darchula district. The project, estimated to cost around Rs. 5.66 billion, is progressing rapidly, according to the company.


















