
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब निक्षेप संकलन गर्दैNepal Rastra Bank to Mop Up NPR 25 Billion to Manage Excess Liquidity
वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले १६ दिनका लागि २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। अनलाइन बोलकबोलमार्फत गरिने यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप बाँडफाँट गरिनेछ र संकलित रकमको सावाँ तथा ब्याज २०८२ पुष २५ गते भुक्तानी गरिनेछ।Nepal Rastra Bank has announced that it will absorb NPR 25 billion from the banking system for a period of 16 days to manage excess liquidity. The deposit collection will be conducted through an online bidding process, with participation limited to Class A, B, and C banks and financial institutions. The interest rate will be determined through bidding, and the principal along with interest will be repaid on Poush 25, 2082.


















