
शिवम् सिमेन्ट्सले २.५% बोनस र १०% नगद लाभांश घोषणा, मंसिर २५ गते साधारण सभाShivam Cements Announces 2.5% Bonus Shares and 10% Cash Dividend; AGM Scheduled for December 10
शिवम् सिमेन्ट्सले २.५% बोनस र १०% नगद लाभांश घोषणा, मंसिर २५ गते साधारण सभा शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर तथा बोनसको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोही बैठकले कम्पनीको साधारण सभा मंसिर २५ गते, बिहान १०:३० बजे बोलाउने निर्णय पनि गरेको छ।Shivam Cements Announces 2.5% Bonus Shares and 10% Cash Dividend; AGM Scheduled for December 10 Shivam Cements Limited (SHIVM) has announced the dividend it will distribute to shareholders from the profit of the previous fiscal year. The company has proposed a 2.5% bonus share distribution along with a 10% cash dividend, which also includes the amount required for tax on the bonus shares. The decision was approved by the company’s Board of Directors meeting held on Kartik 30. The same meeting also decided to convene the company’s Annual General Meeting (AGM) on Mangsir 25 (December 10) at 10:30 AM.


















