
नेपाली शेयर बजारमा ४६ अंकको गिरावट: हायर लो अझै सपोर्टमा, लगानीकर्ता अन्योलमाNepali Stock Market Drops by 46 Points: Technical Support at Higher Low Amid Investor Uncertainty
नेपाली शेयर बजारमा ४६ अंकको गिरावट: हायर लो अझै सपोर्टमा, लगानीकर्ता अन्योलमा साताको पहिलो कारोबार दिन नेपाली शेयर बजार सूचक नेप्से ४६ अंकले घटेको छ। केहि ट्रेडरले नाफा बुक गर्नु र बजारमा अन्योलपूर्ण अवस्था रहनुले नेप्सेमा गिरावट आएको विश्लेषण गरिएको छ। बजारमा सरकार परिवर्तनको चर्चा, अमेरिकी उप विदेशमन्त्रीको आगमन, र एमसीसी तथा बीआरआईको बहसले पनि लगानीकर्तामा असर गरेको देखिन्छ। नेप्से सूचक लगातार तेस्रो दिन घटेर ४५.९३ अंकले ओरालो लाग्दै २६८९.०० मा बन्द भएको छ। पछिल्लो ८ कारोबार दिनपछि पहिलोपटक नेप्से २७०० अंकभन्दा तल झरेको हो। यसअघि मंसिर १० गते नेप्से २६८३.२४ मा बन्द भएको थियो। यस दिन सेन्सेटिभ इन्डेक्स ६.९६ अंकले, फ्लोट इन्डेक्स ३.०५ अंकले, र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२७ अंकले घटेका छन्।Nepali Stock Market Drops by 46 Points: Technical Support at Higher Low Amid Investor Uncertainty On the first trading day of the week, the NEPSE index, the benchmark of the Nepali stock market, saw a sharp decline. Analysts attribute the fall to profit-booking by some traders, coupled with broader market uncertainty. Key concerns among investors include political instability, discussions about government changes, the arrival of the U.S. Undersecretary of State, and ongoing debates around MCC (Millennium Challenge Corporation) and BRI (Belt and Road Initiative).


















