
१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु सकियो, बंगलादेशी अडिटरद्वारा गहिरो मूल्यांकनLoan Portfolio Review of 10 Major Commercial Banks Completed, Bangladeshi Auditors Conduct In-Depth Assessment
१० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु सकियो, बंगलादेशी अडिटरद्वारा गहिरो मूल्यांकन नेपालका १० ठूला वाणिज्य बैंकहरूको लोन पोर्टफोलियो परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ। नेपाल राष्ट्र बैंकको पहलमा सुरु गरिएको यो परीक्षण बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीले सम्पन्न गरेको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)सँगको विस्तारित कर्जा सुविधा सम्झौताअनुसार नेपालले बैंकिङ क्षेत्रको सम्पत्ति गुणस्तर मूल्यांकन गर्नुपर्ने प्रतिबद्धता जनाएपछि सो प्रक्रिया अघि बढाइएको हो। अडिटरको टोली नेपालमै आई सबै बैंकको स्थलगत निरीक्षणमा जुटेको थियो। टोलीमा राष्ट्र बैंकका प्रतिनिधिहरू समेत सहभागी भइरहेका थिए। संयुक्त टिमले हरेक बैंकमा कर्जा फाइलहरूको अध्ययन, कोर बैंकिङ प्रणालीको परीक्षण, परियोजना लगानीको वास्तविक अवस्था र कर्जा भुक्तानी प्रक्रियाको अवलोकनसहित विस्तृत मूल्यांकन गरेको बताइएको छ। यो प्रक्रियामा करिब साढे दुई दर्जन सूचकका आधारमा सम्पत्तिको गुणस्तर नापजाँच गरिएको स्रोतका भनाइ छ।Loan Portfolio Review of 10 Major Commercial Banks Completed, Bangladeshi Auditors Conduct In-Depth Assessment The loan portfolio review of Nepal’s 10 major commercial banks has been completed. The initiative, led by Nepal Rastra Bank, was carried out by the Bangladeshi audit firm Howlader Yunus & Co., which visited Nepal to conduct on-site examinations of the selected banks. The review process followed Nepal’s commitment under the International Monetary Fund’s Extended Credit Facility (ECF) to assess the quality of assets within the banking sector. The audit team, which also included representatives from Nepal Rastra Bank, conducted detailed field inspections at each bank. The reviewers examined loan files, tested core banking systems, assessed the actual progress of financed projects, and evaluated repayment mechanisms. According to sources, the assessment was based on nearly two dozen indicators designed to measure the overall quality of the banks’ assets.


















