
राष्ट्र बैंकले २० अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै तरलता व्यवस्थापनमा केन्द्रितNepal Rastra Bank Issues NPR 20 Billion One-Year Bond, Focusing on Liquidity Management
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज’ जारी गरेको छ। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थाहरूले न्यूनतम पाँच करोड र अधिकतम आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। हालका वर्षमा राष्ट्र बैंक ऋणपत्रलाई तरलता व्यवस्थापनको प्रमुख उपकरणको रूपमा प्रयोग गर्दै आएको छ।Nepal Rastra Bank has issued a one-year bond, "Nepal Rastra Bank Bond 2083 Ja," worth NPR 20 billion. Only Class A, B, and C licensed banks and financial institutions can apply for the bond. Interested institutions can apply for a minimum of NPR 50 million up to the total offered amount. In recent years, the central bank has increasingly used bonds as a key instrument for liquidity management.


















