
गोक्यो ल्याब्सले ‘RAPID’ प्लेटफर्म सार्वजनिक गर्यो, अब एकै सिस्टमबाट सबै बैंकिङ सेवाGokyo Labs Launches ‘RAPID’, Nepal’s Unified API Banking Platform for Corporates
गोक्यो ल्याब्सले ‘RAPID’ प्लेटफर्म सार्वजनिक गर्यो, अब एकै सिस्टमबाट सबै बैंकिङ सेवा गोक्यो ल्याब्सले ‘RAPID’ नामक एकीकृत एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ, जसले कार्पोरेट ग्राहकलाई एउटै सिस्टमबाट विभिन्न बैंकिङ सेवा प्रयोग गर्न सुविधा प्रदान गर्छ। अब कम्पनीहरूले ब्यालेन्स चेक, स्टेटमेन्ट, फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी, तलब वितरणजस्ता कार्यहरू छुट्टाछुट्टै बैंक पोर्टल वा सफ्टवेयर प्रयोग नगरी RAPID मार्फत सजिलै गर्न सक्नेछन्। यसअघि व्यवसायहरूलाई विभिन्न बैंकका छुट्टाछुट्टै पोर्टल तथा सिस्टम प्रयोग गर्नुपर्ने भएकाले समय, खर्च र व्यवस्थापन कठिनाइ बढ्ने गरेको थियो। RAPID बैंक वा कम्पनीको ERP/सफ्टवेयरमा एकीकृत भएपछि सबै बैंकिङ सेवा एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सकिन्छ।Gokyo Labs Launches ‘RAPID’, Nepal’s Unified API Banking Platform for Corporates Gokyo Labs has launched RAPID, a unified open-banking API platform that enables corporate users to access multiple banking services from a single system. With RAPID, businesses can perform balance checks, view statements, make fund transfers, process EMI payments, and manage salary disbursement—all without switching between different bank portals or software. Previously, companies had to rely on separate banking systems for each service, increasing both operational time and cost. With RAPID integrated into a bank or a company’s ERP/software, all banking functions can be handled from one centralized interface.


















