
कालोसूचीमा परे एक लाखभन्दा बढी: २०८१ मा अझै बढ्ने अनुमान Over One Lakh Blacklisted: Expected to Rise Further in 2081
बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा फिर्ता गर्न नसक्ने व्यक्तिहरूको सङ्ख्या हरेक वर्ष उकालो लाग्दै गएको छ। कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार पछिल्ला साढे छ वर्षमा १ लाख ५ हजार ६ सयभन्दा बढी ऋणीहरू कालोसूचीमा समावेश भएका छन्। वि.सं. २०७५ देखि २०८१ फागुन २५ गतेसम्म यो सङ्ख्या कायम भएको हो। कर्जाको साँवा र ब्याज भुक्तानी गर्न नसक्दा ठूलो सङ्ख्यामा व्यक्तिहरू कालोसूचीमा परेका छन्।The number of individuals unable to repay loans taken from banks and financial institutions has been increasing every year. According to the Credit Information Center, more than 105,600 borrowers have been blacklisted in the past six and a half years. This figure spans from the fiscal year 2075 (2018/19) to Falgun 25, 2081 (March 9, 2025). A significant number of people have ended up on the blacklist due to their inability to pay the principal and interest on their loans.


















