
एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Last Day to Apply for Everest Color IPO for Nepalis Abroad
एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले बैशाख १६ गतेदेखि खुला गरेको उक्त आईपीओमा तोकिएको समयसीमाभित्रै आवेदन दिनुपर्नेछ। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँको ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर निष्काशन गरिएको हो।Last Day to Apply for Everest Color IPO for Nepalis Abroad Today (May 5 / Baisakh 22) is the final day to apply for the Initial Public Offering (IPO) of Everest Color Limited, which has been opened specifically for Nepalis working abroad. The company had opened the issue on April 29 (Baisakh 16), and eligible applicants must submit their applications within the deadline.


















