
तनहुँ जलविद्युत् आयोजनाबाट बेलबास जोखिममा, मुआब्जाको मागBelbas Locals Demand Compensation over Tanahu Hydropower Project Risks
तनहुँ जलविद्युत् आयोजनाबाट बेलबास जोखिममा, मुआब्जाको माग तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलबासका स्थानीयले उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै आवाज उठाएका छन्। आयोजनाका कारण बस्ती नै जोखिममा परेको दाबी गर्दै उनीहरूले तत्काल समाधानको माग गरेका हुन्। स्थानीयका अनुसार ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रत्यक्ष असर बेलबास क्षेत्रमा पर्ने देखिएको छ। आयोजना सञ्चालनमा आएपछि बस्ती डुबानको जोखिममा पर्ने भएपछि स्थानीय आन्दोलित बनेका छन्। सरोकार समितिका सदस्य मेघनाथ आचार्यले आयोजनाका कारण बेलबास डुबानमा पर्ने निश्चित जस्तै भएकाले प्रभावित बासिन्दालाई उचित मुआब्जा उपलब्ध गराउनुपर्ने बताए। उनका अनुसार जोखिम न्यूनीकरणका नाममा गरिएको संरचनाले उल्टै बस्तीलाई थप संकटमा पारेको छ।Belbas Locals Demand Compensation over Tanahu Hydropower Project Risks Tanahu. Residents of Belbas in Byas Municipality–13 have demanded proper compensation, claiming that their settlement has been put at serious risk by the Tanahu Hydropower Project. Locals say the 140-megawatt hydropower project under construction at Jhaputar in Rishing Rural Municipality–1 will directly affect Belbas once it comes into operation. Fearing inundation and long-term safety threats, residents have intensified their protests and called for immediate intervention. Member of the Concern Committee, Meghnath Acharya, said Belbas is certain to face flooding due to the project and that affected residents must be compensated fairly. He argued that structures built in the name of project safety have instead increased the vulnerability of the settlement.


















