NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 33 / 143Next
    • स्वाबलम्बन लघुवित्तको २४औँ वार्षिक साधारण सभा पुस २५ गते, १० प्रतिशत लाभांश प्रस्ताव
      Investor

      स्वाबलम्बन लघुवित्तको २४औँ वार्षिक साधारण सभा पुस २५ गते, १० प्रतिशत लाभांश प्रस्तावSwabalamban Laghubitta to Hold 24th AGM on January 9, Proposes 10% Dividend

      स्वाबलम्बन लघुवित्तको २४औँ वार्षिक साधारण सभा पुस २५ गते, १० प्रतिशत लाभांश प्रस्ताव काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले आफ्नो २४औँ वार्षिक साधारण सभा पुस २५ गते आयोजना गर्ने भएको छ । साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । साधारण सभामा गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको ४६७औँ बैठकले हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा लाभांश प्रस्ताव गरेको हो ।Swabalamban Laghubitta to Hold 24th AGM on January 9, Proposes 10% Dividend Kathmandu — Swabalamban Laghubitta Bittiya Sanstha Limited (SWBBL) has announced its 24th Annual General Meeting (AGM), scheduled to be held on January 9 (Poush 25, 2082) at Lisara Receptions in Naxal, Kathmandu. The meeting will commence at 11:00 AM. One of the key agendas of the AGM is to endorse a 10 percent dividend from the profit of fiscal year 2021/22 (FY 2081/82). The dividend proposal was approved by the company’s 467th meeting of the Board of Directors held on December 18 (Mangsir 3, 2082), based on the paid-up capital of Rs 1.65 billion.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • नेप्सेमा लक्ष्मी सनराइज र कालिञ्चोक दर्शनको सेयर मूल्य समायोजन
      Top

      नेप्सेमा लक्ष्मी सनराइज र कालिञ्चोक दर्शनको सेयर मूल्य समायोजनNEPSE Adjusts Share Prices of Laxmi Sunrise Bank and Kalinchok Darshan

      नेप्सेमा लक्ष्मी सनराइज र कालिञ्चोक दर्शनको सेयर मूल्य समायोजन काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले लक्ष्मी सनराइज बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले बोनस सेयर समायोजन गर्दै नयाँ सेयर मूल्य निर्धारण गरेको हो । नेप्सेले लक्ष्मी सनराइज बैंकको १० प्रतिशत र कालिञ्चोक दर्शन लिमिटेडको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको जनाएको छ । समायोजनपश्चात लक्ष्मी सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २१३ रुपैयाँ ६४ पैसा कायम भएको छ भने कालिञ्चोक दर्शनको सेयर मूल्य ८६० रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।NEPSE Adjusts Share Prices of Laxmi Sunrise Bank and Kalinchok Darshan Kathmandu — The Nepal Stock Exchange (NEPSE) has adjusted the share prices of two listed companies following their book closure for annual general meetings and dividend distribution. NEPSE adjusted the share prices of Laxmi Sunrise Bank Limited and Kalinchok Darshan Limited after both companies closed their books for bonus share distribution. The exchange made the adjustment in line with the announced bonus share ratios. According to NEPSE, the share price of Laxmi Sunrise Bank was adjusted by 10 percent to reflect its bonus share issue, while the share price of Kalinchok Darshan was adjusted by 5 percent. After the adjustment, Laxmi Sunrise Bank’s share price has been fixed at Rs 213.64 per share, while Kalinchok Darshan’s share price stands at Rs 860.95 per share.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१७८० प्रतिशत नगद लाभांश घोषणा
      Investor

      सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१७८० प्रतिशत नगद लाभांश घोषणाSanima Reliance Life Insurance Announces 10.1780% Cash Dividend

      सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १०.१७८० प्रतिशत नगद लाभांश घोषणा काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।Sanima Reliance Life Insurance Announces 10.1780% Cash Dividend Kathmandu — Sanima Reliance Life Insurance Company Limited has announced a cash dividend for its shareholders. A meeting of the company’s Board of Directors held on December 15 (Mangsir 29) decided to distribute a cash dividend of 10.1780 percent of the company’s current paid-up capital from the accumulated profit of the previous fiscal year. The dividend amount includes applicable taxes. According to the company, the dividend will be distributed to shareholders only after receiving approval from the Nepal Insurance Authority and following endorsement at the company’s upcoming Annual General Meeting.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, २ हजार ३११ जनाले पाए सेयर
      Investor

      रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, २ हजार ३११ जनाले पाए सेयरReliance Spinning Mills IPO Allotment Completed for Migrant Nepalis

      रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड सम्पन्न, २ हजार ३११ जनाले पाए सेयर काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म आईपीओ खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । कम्पनीका अनुसार प्राप्त भएका सबै आवेदनहरू स्वीकृत भएका छन् । मागभन्दा धेरै आवेदन परेपछि कम्पनीले गोलाप्रथा (लटरी) प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरेको हो । बाँडफाँडअनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।Reliance Spinning Mills IPO Allotment Completed for Migrant Nepalis Kathmandu — Reliance Spinning Mills Limited has completed the allotment of its Initial Public Offering (IPO) issued for Nepalis working abroad. The company had issued 115,596 shares at a price of Rs 820.80 per share between December 8 and December 11 (Mangsir 22–25). During the subscription period, a total of 35,102 applicants applied for 1,944,330 shares. All applications were approved, the company said. As the issue was oversubscribed, the IPO was allotted through a lottery process. Under the allotment, 2,311 applicants were allotted 50 shares each.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • प्रभु बैंक प्रकरणमा प्रहरी हस्तक्षेपपछि बैंकिङ क्षेत्र तरंगित, क्षेत्राधिकारमाथि प्रश्न
      Investor

      प्रभु बैंक प्रकरणमा प्रहरी हस्तक्षेपपछि बैंकिङ क्षेत्र तरंगित, क्षेत्राधिकारमाथि प्रश्नBanking Sector Shaken After Police Intervention in Prabhu Bank Case, Jurisdictional Concerns Raised

      प्रभु बैंक प्रकरणमा प्रहरी हस्तक्षेपपछि बैंकिङ क्षेत्र तरंगित, क्षेत्राधिकारमाथि प्रश्न काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकको क्षेत्राधिकार मिचेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रभु बैंकको कथित वित्तीय अपचलन प्रकरणमा हस्तक्षेप गरेपछि समग्र बैंकिङ क्षेत्र तरंगित बनेको छ । राष्ट्र बैंकको औपचारिक राय र प्रक्रिया बिना नै उच्च तहका बैंक अधिकारीहरूलाई पक्राउ गरिएको घटनापछि प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठ्न थालेका छन् । प्रभु बैंकमा वित्तीय अपचलन भएको आरोपमा दुई साताअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब कार्यकारी अधिकृत मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई कार्यकक्षबाटै पक्राउ गरी अनुसन्धान सुरु गरिएपछि बैंकिङ क्षेत्र सशंकित बनेको हो । सिआइबीले बैंक परिसरमै पुगेर उच्च व्यवस्थापन तहका अधिकारीलाई नियन्त्रणमा लिएपछि राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकार मिचिएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।Banking Sector Shaken After Police Intervention in Prabhu Bank Case, Jurisdictional Concerns Raised Kathmandu — Nepal’s banking sector has been thrown into turmoil after the Central Investigation Bureau (CIB) of Nepal Police intervened in an alleged financial embezzlement case involving Prabhu Bank, reportedly bypassing the regulatory jurisdiction of Nepal Rastra Bank (NRB). The controversy escalated two weeks ago when the CIB arrested Prabhu Bank’s Chief Executive Officer Ashok Sherchan, Deputy Chief Executive Officer Maniram Pokhrel, and Chief Risk Officer Rivas Shrestha directly from their offices while investigating allegations of financial misconduct. The arrests without prior consultation or clearance from the central bank have raised serious questions about the role and authority of law enforcement agencies in regulating the banking sector.

      NEPSE TRADING·16 Dec, 2025·2 min read
    • मंसिरसम्म राजस्व संकलन लक्ष्यको ७८.७५ प्रतिशतमा सीमित
      Investor

      मंसिरसम्म राजस्व संकलन लक्ष्यको ७८.७५ प्रतिशतमा सीमितRevenue Collection Falls Short of Target, Only 78.75% Achieved by Mid-December

      मंसिरसम्म राजस्व संकलन लक्ष्यको ७८.७५ प्रतिशतमा सीमित काठमाडौं । चालु आर्थिक वर्षमा सरकारको राजस्व संकलन लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । मंसिर मसान्तसम्म कुल लक्ष्यको ७८.७५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जबकि सो अवधिसम्म कुल वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँमध्ये ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन हुनुपर्ने थियो ।Revenue Collection Falls Short of Target, Only 78.75% Achieved by Mid-December Kathmandu — Government revenue collection has remained below target in the current fiscal year, with only 78.75 percent of the projected amount collected by mid-December (Mangsir-end). According to official data, total revenue collection during the period reached Rs 409.78 billion. However, based on the annual revenue target of Rs 1.48 trillion, the government was expected to collect Rs 520.44 billion by mid-December.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद दुवै वितरण गर्ने
      Investor

      छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद दुवै वितरण गर्नेChhimek Laghubitta Announces 25% Dividend for Shareholders

      छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद दुवै वितरण गर्ने काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको हो । घोषित लाभांशमध्ये १२.५ प्रतिशत बोनस सेयरका रूपमा वितरण गरिनेछ भने बाँकी १२.५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थसहित प्रदान गरिनेछ ।Chhimek Laghubitta Announces 25% Dividend for Shareholders Kathmandu — Chhimek Laghubitta Bittiya Sanstha Limited has decided to distribute dividends to its shareholders from the profits earned in the previous fiscal year. The microfinance institution has announced a total dividend of 25 percent of its paid-up capital. Of the total, 12.5 percent will be distributed in the form of bonus shares, while the remaining 12.5 percent will be paid as cash dividend, including applicable taxes.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित
      Investor

      कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारितAgricultural Development Bank Holds AGM, Approves 13% Dividend

      कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश प्रस्ताव पारित भक्तपुर । कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सोमबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीहरूलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट बैंकले शेयरधनीलाई चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश उपलब्ध गराउने प्रस्ताव स्वीकृत भएको हो । यसअनुसार बैंकले कुल १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।Agricultural Development Bank Holds AGM, Approves 13% Dividend Bhaktapur — Agricultural Development Bank Limited successfully concluded its Annual General Meeting (AGM) for fiscal year 2021/22 (FY 2081/82) on Monday at the bank’s Central Training Institute in Bode, Bhaktapur. The meeting approved the distribution of bonus shares and cash dividends to shareholders. The AGM endorsed a proposal to distribute a total dividend of 13 percent of the bank’s paid-up capital. This includes 3.25 percent bonus shares and 9.75 percent cash dividend (inclusive of tax) from the profit earned in the previous fiscal year.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • बन्दीपुर होटल लेमन ट्री ब्रान्डअन्तर्गत सञ्चालन हुने, १५ वर्षे फ्रेन्चाइजी सम्झौता
      Investor

      बन्दीपुर होटल लेमन ट्री ब्रान्डअन्तर्गत सञ्चालन हुने, १५ वर्षे फ्रेन्चाइजी सम्झौताBandipur Hotel to Operate Under Lemon Tree Brand Following 15-Year Franchise Agreement

      बन्दीपुर होटल लेमन ट्री ब्रान्डअन्तर्गत सञ्चालन हुने, १५ वर्षे फ्रेन्चाइजी सम्झौता काठमाडौं । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अग्रणी अन्तर्राष्ट्रिय होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि बन्दीपुरस्थित होटल लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालनमा आउने भएको छ । सम्झौतामा हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्स लिमिटेडको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका तर्फबाट मुख्य कार्यकारी अधिकृत विलास पवारले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।Bandipur Hotel to Operate Under Lemon Tree Brand Following 15-Year Franchise Agreement Kathmandu — Bandipur Cable Car and Tourism Limited has signed a 15-year franchise and management agreement with India’s leading international hotel chain, Lemon Tree Hotels Limited, to operate its hotel in Bandipur under the Lemon Tree brand. Following the agreement, the Bandipur-based hotel will be operated under Lemon Tree Hotels’ international branding, marking a significant step toward positioning Bandipur as a global tourism destination.

      Marketminds Investment Group·16 Dec, 2025·1 min read
    • बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्यो
      Investor

      बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्योBanks Accelerate Dividend Distribution, Most Commercial Banks Cut Payouts

      बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्यो काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरणको प्रक्रिया तीव्र बनाएका छन् । केही बैंकले घोषणा गरेको लाभांश वार्षिक साधारण सभाबाट पारित गरिसकेका छन् भने केहीले अझै लाभांश घोषणा गर्न बाँकी छ । हालसम्म २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरिसकेका छन् । यस्तै, ८ वटा विकास बैंकले पनि शेयरधनीलाई लाभांश दिने निर्णय सार्वजनिक गरेका छन् । तर वाणिज्य बैंकहरूको लाभांश अघिल्लो वर्षको तुलनामा प्रायः सबैको घटेको देखिएको छ । बैंकहरूले निक्षेप संकलन, कर्जा प्रवाह तथा अन्य वित्तीय सेवाबाट आर्जन गरेको मुनाफाको एक हिस्सा नियमानुसार शेयरधनीलाई लाभांशका रूपमा वितरण गर्नुपर्ने व्यवस्था छ । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा बढी लाभांश दिनेमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ भने सबैभन्दा कम लाभांश दिनेमा सिटिजन्स बैंक रहेको छ । कुमारी बैंकले भने यस वर्ष लाभांश नदिने निर्णय गरेको छ ।Banks Accelerate Dividend Distribution, Most Commercial Banks Cut Payouts Kathmandu — Banks and financial institutions have begun distributing dividends to shareholders from the profits earned in the last fiscal year, with many commercial banks either approving or announcing dividend payouts. While several banks have already secured approval from their annual general meetings, others are yet to declare dividends. So far, 13 out of 20 commercial banks have announced dividends. In addition, eight development banks have also declared dividend payouts. However, compared to the previous year, dividend rates of most commercial banks have declined, reflecting pressure on profitability.

      NEPSE TRADING·16 Dec, 2025·2 min read
    • सातबुँदे मागसहित नेपाल बीमा प्राधिकरणका कर्मचारी हड्तालमा
      Investor

      सातबुँदे मागसहित नेपाल बीमा प्राधिकरणका कर्मचारी हड्तालमाNepal Insurance Authority Employees Go on Strike with Seven-Point Demands

      सातबुँदे मागसहित नेपाल बीमा प्राधिकरणका कर्मचारी हड्तालमा काठमाडौं । नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग राख्दै हड्तालमा उत्रिएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै पुस १ गते मंगलबारदेखि हड्ताल सुरु गरेका हुन् । कर्मचारी संघ र युनियनले प्राधिकरणका अध्यक्षसमक्ष पटक–पटक लिखित तथा मौखिक रूपमा मागहरू प्रस्तुत गर्दै आएका थिए । तर ती मागहरूबारे प्राधिकरणको सञ्चालक समितिका अध्यक्षले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिनु परेको युनियनका अध्यक्ष प्रेमहरी पोखरेलले जानकारी दिए । मंगलबार युनियनका अध्यक्ष पोखरेल र कर्मचारी संघका अध्यक्ष दीपक ज्ञवालीले प्राधिकरणका अध्यक्षलाई पत्र लेख्दै आन्दोलन सुरु गरिएको औपचारिक जानकारी गराएका छन् । उनीहरूका अनुसार अबका चार दिनसम्म कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्ने योजना बनाएका छन् । त्यसपछि पनि माग पूरा नभए कार्यालय परिसरमै कालो ब्यानर टाँस्ने र हालसम्मको उपलब्धिको समीक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रम तय गरिने पत्रमा उल्लेख गरिएको छ ।Nepal Insurance Authority Employees Go on Strike with Seven-Point Demands Kathmandu — Employees of the Nepal Insurance Authority have gone on strike starting Tuesday, Poush 1, pressing seven key demands related to service conditions, organizational restructuring, and institutional reform. The protest has been organized jointly by the Nepal Insurance Authority Employees’ Association and the Nepal Insurance Authority Employees’ Union.

      NEPSE TRADING·16 Dec, 2025·2 min read
    • पाँच महिनामा सरकारको आम्दानी–खर्च निरासाजनक, विकास खर्च १० प्रतिशत पनि पुगेन
      Investor

      पाँच महिनामा सरकारको आम्दानी–खर्च निरासाजनक, विकास खर्च १० प्रतिशत पनि पुगेनGovernment Revenue and Spending Remain Weak in First Five Months, Capital Expenditure Below 10%

      पाँच महिनामा सरकारको आम्दानी–खर्च निरासाजनक, विकास खर्च १० प्रतिशत पनि पुगेन काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना पूरा हुन लाग्दा सरकारको आम्दानी र खर्च दुवै पक्ष कमजोर देखिएको छ । मंसिर मसान्तसम्म सरकारले राजस्व संकलन लक्ष्यको ३० प्रतिशत समेत पुर्‍याउन सकेको छैन भने कुल खर्च २८ प्रतिशतमा सीमित रहेको छ । अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउनदेखि मंसिर मसान्तसम्म सरकारको विकास (पुँजीगत) खर्च अत्यन्तै न्यून रहेको छ । मंसिर २९ गतेसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च जम्मा ८ प्रतिशतमा सीमित भएको छ, जसले विकास निर्माणका काम सुस्त गतिमा अघि बढिरहेको संकेत गर्छ ।Government Revenue and Spending Remain Weak in First Five Months, Capital Expenditure Below 10% Kathmandu — As the first five months of the current fiscal year draw to a close, both government revenue collection and expenditure have remained disappointing. By mid-December (Mangsir-end), the government has failed to collect even 30 percent of its annual revenue target, while total expenditure has been limited to around 28 percent. According to data published by the Office of the Financial Comptroller General under the Ministry of Finance, capital expenditure has been particularly weak. From mid-July to mid-December, development spending stood at just 8 percent of the annual allocation, highlighting the sluggish pace of infrastructure and development activities.

      NEPSE TRADING·16 Dec, 2025·2 min read
    • अमेरिकी डलर ऐतिहासिक उच्चमा, नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा
      Investor

      अमेरिकी डलर ऐतिहासिक उच्चमा, नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामाUS Dollar Hits Record High, Nepali Rupee Slips to Historic Low

      अमेरिकी डलर ऐतिहासिक उच्चमा, नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेसँगै नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यो नेपाली मुद्राका लागि हालसम्मकै कमजोर विनिमय दर हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा बाँधिएकाले भारतीय रुपैयाँ अमेरिकी डलरसँग कमजोर बन्दा त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा परेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर लगातार बलियो बन्दै जाँदा नेपाली मुद्रा समेत दबाबमा परेको देखिन्छ ।US Dollar Hits Record High, Nepali Rupee Slips to Historic Low Kathmandu — The Nepali rupee has fallen to its weakest level in history as the US dollar surged to a record high. According to Nepal Rastra Bank, the exchange rate on Tuesday was fixed at Rs 144.88 per US dollar for buying and Rs 145.48 for selling, marking the lowest point ever for the domestic currency. The sharp depreciation of the Nepali rupee is largely attributed to its fixed exchange rate arrangement with the Indian rupee. As the Indian currency weakens against the US dollar, the Nepali rupee is automatically affected. In recent weeks, the strengthening of the dollar in the global market has intensified pressure on the Nepali currency as well.

      NEPSE TRADING·16 Dec, 2025·3 min read
    • सूर्यकुण्ड हाइड्रोको आईपीओ पुस ९ देखि, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन
      Investor

      सूर्यकुण्ड हाइड्रोको आईपीओ पुस ९ देखि, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशनSuryakund Hydro to Issue IPO from December 25 for Project-Affected Locals and Migrant Nepalis

      सूर्यकुण्ड हाइड्रोको आईपीओ पुस ९ देखि, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले पुस ९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबरको १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ मूल्यको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।Suryakund Hydro to Issue IPO from December 25 for Project-Affected Locals and Migrant Nepalis Kathmandu — Suryakund Hydroelectric Limited has announced that it will issue its Initial Public Offering (IPO) starting December 25 (Poush 9). The IPO will be offered to residents of the project-affected areas as well as Nepalis working abroad. With approval from the Securities Board of Nepal, the company is authorized to issue 20 percent of its issued capital, amounting to Rs 137.94 million, through the issuance of 1,379,350 ordinary shares at a face value of Rs 100 per share. The company’s total issued capital stands at Rs 689.67 million.

      NEPSE TRADING·16 Dec, 2025·2 min read
    • सोल्टी होटलको ५१औँ वार्षिक साधारण सभा सम्पन्न, दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त
      Investor

      सोल्टी होटलको ५१औँ वार्षिक साधारण सभा सम्पन्न, दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्तSoltee Hotel Holds 51st AGM, Dinesh Bahadur Bista Appointed Executive Chairman

      सोल्टी होटलको ५१औँ वार्षिक साधारण सभा सम्पन्न, दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । पाँचतारे डिलक्स सोल्टी होटल लिमिटेडले विगत ६ दशकभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको उल्लेख गर्दै सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा एकीकृत आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । साधारण सभाले सोही आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने र १५५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि स्वीकृत गरेको छ । यससँगै, आर्थिक वर्ष २०८२/८३ का लागि जे.बी. राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ ।Soltee Hotel Holds 51st AGM, Dinesh Bahadur Bista Appointed Executive Chairman Kathmandu — Soltee Hotel Limited successfully concluded its 51st Annual General Meeting (AGM) on Sunday in Kathmandu. The meeting approved the formation of a new Board of Directors and appointed Dinesh Bahadur Bista as the company’s Executive Chairman. A five-star deluxe hotel, Soltee Hotel Limited has been contributing to the development of Nepal’s tourism industry for more than six decades. The AGM unanimously approved the Board of Directors’ annual report for fiscal year 2021/22 (FY 2081/82), along with the audited financial statements and consolidated financial report.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • चन्द्रागिरी हिल्सको साधारण सभा पुस २३ गते, ५ प्रतिशत बोनस सेयर प्रस्ताव
      Investor

      चन्द्रागिरी हिल्सको साधारण सभा पुस २३ गते, ५ प्रतिशत बोनस सेयर प्रस्तावChandragiri Hills to Hold AGM on January 7, Proposes 5% Bonus Shares

      चन्द्रागिरी हिल्सको साधारण सभा पुस २३ गते, ५ प्रतिशत बोनस सेयर प्रस्ताव चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते बुधबार चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन परिसर, थानकोट, काठमाडौंमा साधारण सभा आयोजना गर्न लागेको हो । सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । साधारण सभामा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।Chandragiri Hills to Hold AGM on January 7, Proposes 5% Bonus Shares Chandragiri Hills Limited has announced its 16th Annual General Meeting (AGM) to approve the dividend proposed from the profit of the previous fiscal year. The company has scheduled the AGM for January 7 (Poush 23), Wednesday, at the Bottom Station premises of Chandragiri Hills Limited in Thankot, Kathmandu. The meeting will commence at 11:00 AM. The AGM will consider and approve a special resolution to distribute bonus shares at the rate of 5 percent of the company’s current paid-up capital. In addition, the company has also proposed a cash dividend of 0.2632 percent for tax purposes related to the issuance of bonus shares.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • चार महिनामा १० फाइनान्स कम्पनी घाटामा, ७ ले कमाए १७ करोड नाफा
      Investor

      चार महिनामा १० फाइनान्स कम्पनी घाटामा, ७ ले कमाए १७ करोड नाफा10 Finance Companies Post Losses While 7 Earn Profits in First Four Months of FY 2082/83

      चार महिनामा १० फाइनान्स कम्पनी घाटामा, ७ ले कमाए १७ करोड नाफा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनामा फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था मिश्रित देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार १७ वटा फाइनान्स कम्पनीमध्ये १० वटा कम्पनी घाटामा रहेका छन् भने ७ वटा कम्पनीले खुद नाफा आर्जन गरेका छन् । घाटामा रहेका कम्पनीहरूले कुल ४५ करोड १६ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेका छन् । सबैभन्दा धेरै घाटा व्यहोर्ने कम्पनीमा रिलायन्स फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनी चार महिनामा १८ करोड १९ लाख रुपैयाँ घाटामा पुगेको छ । त्यसपछि पोखरा फाइनान्सले ६ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ भने नेपाल फाइनान्स ५ करोड ४० लाख रुपैयाँ घाटामा रहेको छ । बेस्ट फाइनान्सको घाटा ५ करोड २७ लाख रुपैयाँ पुगेको छ भने समृद्धि फाइनान्स ४ करोड ३० लाख रुपैयाँ घाटामा रहेको देखिन्छ ।10 Finance Companies Post Losses While 7 Earn Profits in First Four Months of FY 2082/83 The financial performance of finance companies during the first four months of the current fiscal year 2082/83 has remained mixed. According to data published by Nepal Rastra Bank, out of 17 finance companies in operation, 10 have reported losses while only 7 companies have managed to post profits. Collectively, the loss-making finance companies incurred a total loss of Rs 451.6 million during the review period. Reliance Finance emerged as the worst-performing institution, posting a loss of Rs 181.9 million in just four months. Pokhara Finance followed with a loss of Rs 63.06 million, while Nepal Finance reported a loss of Rs 54.89 million. Best Finance also remained under pressure, recording a loss of Rs 52.79 million. Similarly, Samriddhi Finance incurred losses amounting to Rs 43.83 million during the period.

      NEPSE TRADING·16 Dec, 2025·1 min read
    • विदेशी विनिमय सञ्चिति ऐतिहासिक उच्च तहमा, बाह्य क्षेत्र अझ सुरक्षित
      Top

      विदेशी विनिमय सञ्चिति ऐतिहासिक उच्च तहमा, बाह्य क्षेत्र अझ सुरक्षितForeign Exchange Reserves Reach Record High, Strengthening External Stability

      विदेशी विनिमय सञ्चिति ऐतिहासिक उच्च तहमा, बाह्य क्षेत्र अझ सुरक्षित काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) मा नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढ्दै ऐतिहासिक उच्च तहमा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बलियो शोधनान्तर बचत र तीव्र विप्रेषण आप्रवाहका कारण विदेशी मुद्रा सञ्चिति थप मजबुत बनेको हो। २०८२ असार मसान्तमा रु. २,६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा रु. ३,०५५ अर्ब ५२ करोड पुगेको छ। अमेरिकी डलरमा हेर्दा, असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति कात्तिक मसान्तमा १०.३ प्रतिशतले बढेर २१ अर्ब ५२ करोड डलर पुगेको छ।Foreign Exchange Reserves Reach Record High, Strengthening External Stability Nepal’s foreign exchange reserves rose sharply in the first four months of fiscal year 2082/83 (up to mid-November 2025), reaching a historic high and significantly strengthening the country’s external position. According to data released by Nepal Rastra Bank, strong remittance inflows and a large balance of payments surplus have provided a solid cushion against external risks. As of mid-November 2025, total foreign exchange reserves stood at Rs 3,055.52 billion, up 14.1 percent from Rs 2,677.68 billion recorded at the end of mid-July 2025. In US dollar terms, reserves increased by 10.3 percent, rising from USD 19.50 billion to USD 21.52 billion over the same period.

      NEPSE TRADING·16 Dec, 2025·2 min read
    • चालु खाता र शोधनान्तर दुवैमा बलियो सुधार, बाह्य क्षेत्र थप सुदृढ
      Top

      चालु खाता र शोधनान्तर दुवैमा बलियो सुधार, बाह्य क्षेत्र थप सुदृढCurrent Account and Balance of Payments Record Strong Surplus, Backed by Remittance Inflows

      चालु खाता र शोधनान्तर दुवैमा बलियो सुधार, बाह्य क्षेत्र थप सुदृढ काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) मा नेपालको बाह्य क्षेत्र उल्लेखनीय रूपमा सुदृढ भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा चालु खाता र शोधनान्तर दुवैमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार आएको छ, जसले देशको बाह्य वित्तीय स्थितिमा सकारात्मक संकेत दिएको छ। समीक्षा अवधिमा चालु खाता २७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १४७ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा, अघिल्लो वर्ष १ अर्ब १० करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोड डलर बचतमा पुगेको छ। यसले चालु खातामा दोहोरो अंकको मजबुत सुधार भएको स्पष्ट गर्छ। अर्थविद्हरूका अनुसार चालु खातामा आएको यो सुधारको मुख्य आधार विप्रेषण आप्रवाहमा भएको तीव्र वृद्धि हो। यद्यपि व्यापार घाटा र सेवा खातामा दबाब कायमै रहे पनि विप्रेषण र द्वितीय आयका कारण चालु खाता सन्तुलनमा बलियो अवस्थामा पुगेको देखिन्छ।Current Account and Balance of Payments Record Strong Surplus, Backed by Remittance Inflows Nepal’s external sector strengthened significantly in the first four months of fiscal year 2082/83 (up to mid-November 2025), with both the current account and the balance of payments posting substantially higher surpluses than last year. Latest figures released by Nepal Rastra Bank indicate that strong remittance inflows and higher secondary income have outweighed pressures from trade and service deficits, improving the country’s overall external position. During the review period, the current account recorded a surplus of Rs 279.65 billion, almost double the Rs 147.78 billion surplus seen in the same period last year. In US dollar terms, the current account surplus widened from USD 1.10 billion to USD 1.99 billion. Economists view this sharp improvement as a reflection of robust foreign currency inflows, particularly from migrant workers, at a time when import demand remains high.

      NEPSE TRADING·16 Dec, 2025·2 min read
    • चार महिनामा विप्रेषण आप्रवाह ३१ प्रतिशतले उछाल, बाह्य क्षेत्रलाई बलियो आधार
      Investor

      चार महिनामा विप्रेषण आप्रवाह ३१ प्रतिशतले उछाल, बाह्य क्षेत्रलाई बलियो आधारRemittance Inflows Surge by Over 31 Percent, Strengthening Nepal’s External Position

      चार महिनामा विप्रेषण आप्रवाह ३१ प्रतिशतले उछाल, बाह्य क्षेत्रलाई बलियो आधार काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (२०८२ कात्तिकसम्म) मा नेपालको अर्थतन्त्रलाई विप्रेषण आप्रवाहले मजबुत टेवा दिएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण वृद्धिदर ९.४ प्रतिशत मात्र रहेको थियो।Remittance Inflows Surge by Over 31 Percent, Strengthening Nepal’s External Position Remittance inflows continued to play a crucial stabilizing role in Nepal’s economy during the first four months of fiscal year 2082/83 (up to mid-November 2025), recording a sharp increase compared to last year. According to data released by Nepal Rastra Bank, remittance inflows rose by 31.4 percent to Rs 687.13 billion during the review period. In the same period last year, remittances had increased by just 9.4 percent, highlighting a significant acceleration in inflow growth. The strong performance of remittances has helped cushion the economy against pressures from a widening trade deficit and a growing service account shortfall. Economists note that at a time when imports remain high and service-sector outflows are rising, remittances have emerged as the primary source of external financing stability.

      NEPSE TRADING·16 Dec, 2025·2 min read