
‘गरिमा सुवर्ण योजना’को आवेदन म्याद चैत १२ सम्म थपियोGarima Capital Extends Deadline for ‘Garima Subarna Yojana’ Mutual Fund
‘गरिमा सुवर्ण योजना’को आवेदन म्याद चैत १२ सम्म थपियो काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले “गरिमा सुवर्ण योजना” नामक म्युचुअल फन्ड योजनामा आवेदन दिने म्याद चैत १२ गतेसम्म थप गरेको छ। उक्त योजना फागुन २८ गतेदेखि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरिएको थियो र सुरुमा चैत २ गतेसम्म मात्र आवेदन दिने समय तोकिएको थियो। तर पर्याप्त आवेदन नपरेकाले आवेदन म्याद बढाइएको कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गत कुल १० करोड इकाइ युनिट सेयरमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ आरक्षित गरिएको छ। जसमा योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडका लागि ६० लाख इकाइ (६ प्रतिशत) र फन्ड प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेडका लागि ९० लाख इकाइ (९ प्रतिशत) छुट्याइएको छ।Garima Capital Extends Deadline for ‘Garima Subarna Yojana’ Mutual Fund Kathmandu — Garima Capital Limited has extended the application deadline for its mutual fund scheme “Garima Subarna Yojana” until Chaitra 12, 2082. The scheme had initially opened for subscription on Falgun 28, 2082, and was scheduled to close on Chaitra 2, 2082, but the deadline was extended after the fund did not receive sufficient applications within the original period.


















