NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 61 / 143Next
    • ईदी हाइड्रोपावरको प्रथम वार्षिक साधारणसभा असोज ३० गते हुने
      Investor

      ईदी हाइड्रोपावरको प्रथम वार्षिक साधारणसभा असोज ३० गते हुनेIdi Hydropower to Hold Its First AGM on October 16

      ईदी हाइड्रोपावरको प्रथम वार्षिक साधारणसभा असोज ३० गते हुने ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा यही असोज ३० गते (सन् २०२५ अक्टोबर १६, बिहीबार) आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा पोखरा, कास्कीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुने जनाएको छ।Idi Hydropower to Hold Its First AGM on October 16 Pokhara, Kaski – Idi Hydropower Company Limited has announced that it will hold its first Annual General Meeting (AGM) on Ashwin 30, 2082 (October 16, 2025, Thursday). The decision was made in the board meeting held on Ashwin 4, 2082. The AGM will take place at the company’s registered office in Pokhara, Kaski, starting at 11:00 AM.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आज बन्द हुँदै
      Investor

      खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आज बन्द हुँदैKhani Khola Hydropower Rights Offering Closing Today

      खानी खोला हाइड्रोपावरको हकप्रद शेयर आज बन्द हुँदै खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले जारी गरेको हकप्रद शेयर आज (असोज ५, २०८२) बन्द हुँदैछ। कम्पनीले भदौ ३ गतेदेखि हकप्रद शेयर निष्कासन सुरु गरेको थियो भने यसअघि भदौ ३१ गतेसम्म बन्द हुने भनिए पनि पछिल्लो सूचनाअनुसार आजबाट नै बन्द हुने भएको हो। कम्पनीले १०० प्रतिशत हकप्रद शेयर अन्तर्गत १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता शेयर जारी गरेको हो। यसमार्फत ४६ करोड ५७ लाख रुपैयाँ बराबरको पुँजी संकलन हुनेछ। हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेकोमा हकप्रद शेयरपछि चुक्ता पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ।Khani Khola Hydropower Rights Offering Closing Today Kathmandu — Khani Khola Hydropower Company Limited (KKHC) is closing its rights offering today, Ashwin 5, 2082. The issue, which opened on Bhadra 3, 2082, was initially scheduled to close on Bhadra 31, 2082, but as per the latest notice, it will officially close today. The company has been issuing 100% rights shares at a ratio of 1:1, amounting to 4,657,143 units worth NPR 46.57 crores, for its existing shareholders. With this issuance, the company’s current paid-up capital of NPR 46.57 crores will double and reach NPR 93.14 crores.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु
      Investor

      ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरुInternational Card Payment Enabled for E-Visa and Government Revenue in Nepal

      ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु काठमाडौं । अब नेपालमा ई–भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन) तथा भिसा–अन–अरलाइभ सेवाको भुक्तानी अन्तर्राष्ट्रिय कार्डमार्फत गर्न सकिने भएको छ। नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु गरिएको हो। यसका लागि महालेखा नियन्त्रक कार्यालय (FCGO), प्रवासन विभाग (DOI) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच समन्वय गरिएको छ। यस प्रणालीमार्फत अन्तर्राष्ट्रिय पर्यटकहरूले प्रवासन विभागको अनलाइन पोर्टल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिसा शुल्क सहजै भुक्तानी गर्न सक्नेछन्।Kathmandu — Nepal has introduced international card payment facilities for Electronic Travel Authorization (e-visa) and visa-on-arrival services through the Government of Nepal’s Revenue Management Information System (RMIS). The initiative is a collaboration between the Financial Comptroller General Office (FCGO), the Department of Immigration (DOI), and Nepal Clearing House Ltd. (NCHL). With this integration, international tourists can now pay visa fees directly via the DOI’s online portal and at Tribhuvan International Airport using multiple international cards.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलाम, आज अन्तिम दिन
      Investor

      एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलाम, आज अन्तिम दिनAuction of Unsubscribed Rights Shares of Asian Life Insurance — Final Day Today

      एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर लिलाम, आज अन्तिम दिन काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर लिलाममा ल्याएको छ। उक्त लिलाममा बोलपत्र पेश गर्ने आज (असोज ५) अन्तिम दिन रहेको कम्पनीले जनाएको छ। कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेका शेयरलाई लिलामी बिक्रीमा ल्याएको हो। यसअन्तर्गत संस्थापक समूहतर्फबाट ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फबाट ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर लिलाममा राखिएको छ। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन गर्दा संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्यामा भने कुनै सीमा तोकिएको छैन।Auction of Unsubscribed Rights Shares of Asian Life Insurance — Final Day Today Kathmandu — Asian Life Insurance Company has put its unsubscribed rights shares up for auction, with today (Ashoj 5) being the final day to submit bids. The company had earlier issued rights shares at a ratio of 1:0.42 from Asar 25 to Shrawan 20. Shares that remained unsubscribed during that issuance are now being auctioned. This includes 30,038.57 shares from the promoter group and 328,473.91 shares from the general public group.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Sagar Distillery Limited’s IPO

      सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (असोज ५ गते) अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ३० गतेदेखि आईपीओ निष्कासन सुरु गरेको थियो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख ५२ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको हो। यो कम्पनीको जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत हो। इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले कम्पनीलाई ‘बी प्लस’ क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ।Last Day to Apply for Sagar Distillery Limited’s IPO Kathmandu — Today (Ashoj 5) is the final day for investors to apply for the Initial Public Offering (IPO) of Sagar Distillery Limited, which opened for subscription on Bhadra 30. The company has issued 1,452,000 shares at a face value of NPR 100 per share, allocated for the general public. This represents 20 percent of the company’s issued capital of NPR 726 million.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • ट्रेजरी बिलमा प्रतिस्पर्धा बढ्दा डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल
      Investor

      ट्रेजरी बिलमा प्रतिस्पर्धा बढ्दा डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तलTreasury Bill Discount Rate Falls Below 2%, NPR 19.49 Billion Renewal Today

      ट्रेजरी बिलमा प्रतिस्पर्धा बढ्दा डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल काठमाडौं । पछिल्ला दिनमा बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहँदा सरकारी ऋणपत्र (ट्रेजरी बिल) खरिदमा अभूतपूर्व प्रतिस्पर्धा देखिएको छ। माग भन्दा कैयौँ गुणा बढी आवेदन परेपछि डिस्काउन्ट रेट २ प्रतिशतभन्दा तल झरेको छ। गत भदौ २३ गते बोलकबोल भएको ९१ दिने ट्रेजरी बिलमा डिस्काउन्ट रेट १.९९ प्रतिशत कायम भएको थियो। सो ८ अर्ब ५० करोड बराबरको बिल खरिदका लागि ६३ अर्ब ६० करोड बराबरको आवेदन परेको थियो, जसले प्रतिस्पर्धा झनै तीव्र भएको प्रमाणित गर्‍यो।Treasury Bill Discount Rate Falls Below 2%, NPR 19.49 Billion Renewal Today Kathmandu — With excess liquidity in the banking system, demand for government securities (treasury bills) has surged sharply, pushing discount rates to historic lows. The intense competition among banks has driven the discount rate below 2 percent. On September 8 (Bhadra 23), the 91-day treasury bill auction recorded a discount rate of just 1.99 percent. Although the government had issued bills worth NPR 8.5 billion, total bids submitted reached NPR 63.6 billion — nearly eight times the issuance amount. In this context, the Public Debt Management Office is set to renew treasury bills worth NPR 19.49 billion today (Monday, Ashoj 5). Of this, NPR 5 billion will be for the 28-day maturity and NPR 14.49 billion for the 91-day maturity. The auction will be held online between 10 AM and 3 PM on Sunday, while the issuance date is scheduled for Tuesday, Ashoj 7.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • कमलपोखरीमा लगानीकर्ताको तनावग्रस्त भेला, नियामक नीतिमा तीव्र असन्तुष्टि
      Investor

      कमलपोखरीमा लगानीकर्ताको तनावग्रस्त भेला, नियामक नीतिमा तीव्र असन्तुष्टिInvestor Gathering in Kamal Pokhari Reflects Growing Market Frustration

      कमलपोखरीमा लगानीकर्ताको तनावग्रस्त भेला, नियामक नीतिमा तीव्र असन्तुष्टि शेयर बजारमा आएको निरन्तर गिरावट र जेन–जेड आन्दोलनपछि बनेको नयाँ अन्तरिम सरकारलाई बजारले नपत्याउँदा लगानीकर्ताको असन्तुष्टि सडकदेखि भेलासम्म फैलिएको छ। शनिबार काठमाडौंको कमलपोखरीमा विभिन्न समूहका लगानीकर्ताहरू भेला भएर बजारको सुधारका विषयमा छलफल गरेका थिए। बजार घट्दा लगानीकर्ताको निद्रा हराम लगानीकर्ताहरूले लामो समयदेखि बजारमा आएको गिरावटलाई नियामक निकायका केही नीतिसँग जोडेर असन्तुष्टि पोखिरहेका छन्। उनीहरूका अनुसार ३ हजार बिन्दु नाघिसकेको बजार अहिले निरन्तर खस्किँदा लगानीकर्ताको निद्रा हराम भएको छ। जेन–जेड आन्दोलनपछि दस दिनसम्म बजार बन्द रह्यो। सो अवधि सकिएपछि बिहीबार बजार खुले पनि सुरुको दिनमै नकारात्मक सर्किट लागेर कारोबार स्थगित भयो। यस घटनाले लगानीकर्ताको मनोबल थप कमजोर बनाएको छ।Investor Gathering in Kamal Pokhari Reflects Growing Market Frustration Kathmandu – Continuous decline in the stock market, coupled with the Gen-Z movement and the newly formed interim government’s inability to gain investor confidence, has pushed investor frustration from the streets to organized gatherings. On Saturday, groups of investors met in Kamal Pokhari, Kathmandu, to discuss possible solutions for reviving the market.

      NEPSE TRADING·20 Sep, 2025·1 min read
    • शेयर बजारमा ‘पहिरो’ थाम्न अर्थमन्त्रीको प्रयास
      Investor

      शेयर बजारमा ‘पहिरो’ थाम्न अर्थमन्त्रीको प्रयासFinance Minister’s Efforts to Contain the Stock Market “Landslide”

      शेयर बजारमा ‘पहिरो’ थाम्न अर्थमन्त्रीको प्रयास काठमाडौं । जेनजी आन्दोलनका कारण दस दिनसम्म बन्द भएको शेयर बजार बिहीबार (असोज २) खुलेपछि १६० अंकले ओरालो लाग्यो। बजार खुलेको पहिलो दिन नै तीन पटक नकारात्मक सर्किट लागेपछि कारोबार स्थगित भयो। इतिहासमै पहिलो पटक नेप्सेले एकैदिन १६० अंक गुमाउँदै २,५११.९१ बिन्दुमा झरेको हो।Finance Minister’s Efforts to Contain the Stock Market “Landslide” Kathmandu. After remaining closed for ten days due to the Gen Z movement, the stock market reopened on Thursday (Ashwin 2) with a sharp fall of 160 points. On the very first day of trading, the market faced three consecutive negative circuits, leading to a complete halt in transactions. For the first time in history, NEPSE lost 160 points in a single day, plunging to 2,511.91 points.

      NEPSE TRADING·20 Sep, 2025·1 min read
    • कमलपोखरीमा लगानीकर्ता भेला हुने
      Investor

      कमलपोखरीमा लगानीकर्ता भेला हुनेInvestors’ Gathering to Discuss Capital Market Reforms

      कमलपोखरीमा लगानीकर्ता भेला हुने काठमाडौं, असोज ४ – पुँजीबजार सुधार तथा आगामी कार्यदिशाबारे बृहत्तर छलफल गर्न लगानीकर्ताहरूको भेला आज हुने भएको छ। पुँजी बजारमा सक्रिय पाँचवटा लगानीकर्ताहरूको संघको पहलमा असोज ४ गते दिउँसो २ बजे कमलपोखरीमा कार्यक्रम आयोजना गरिने निर्णय गरिएको हो। आयोजक संघहरूले पुँजीबजारमा देखिएका चुनौती, सुधारका सम्भावना र भविष्यमा अपनाउनुपर्ने रणनीतिबारे विस्तृत छलफल हुने जानकारी दिएका छन्। भेलाले लगानीकर्ताको आवाजलाई एकजुट पार्दै बजार सुधारतर्फ ठोस पहल गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सबै सरोकारवाला, लगानीकर्ता तथा पुँजीबजारसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न व्यक्तिहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ। Investors’ Gathering to Discuss Capital Market Reforms Kathmandu, Sept 20 – A broad discussion on capital market reforms and future directions is set to take place today in Kathmandu. According to the organizers, five active investors’ associations in the capital market have jointly decided to hold a gathering on Ashwin 4 (September 20) at 2:00 PM in Kamalpokhari. The event will focus on identifying current challenges in the capital market, exploring reform possibilities, and setting strategies for the future. Organizers believe that the gathering will play a vital role in unifying investors’ voices and initiating concrete steps toward improving the market. All stakeholders, investors, and individuals directly or indirectly associated with the capital market have been warmly invited to attend the program.

      NEPSE TRADING·20 Sep, 2025·1 min read
    • सेबनको ढिलाइले ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए एक खर्बभन्दा बढी
      Investor

      सेबनको ढिलाइले ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए एक खर्बभन्दा बढीInvestors in Nepal’s Energy Sector Lose Over NPR 108 Billion Due to SEBON Delays

      सेबनको ढिलाइले ऊर्जा क्षेत्रका लगानीकर्ताले गुमाए एक खर्बभन्दा बढी धितोपत्र बोर्ड नेपाल (सेबन) ले शेयर निष्काशनमा ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र करिब एक खर्ब आठ अर्ब ५० करोड रुपैयाँ गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले दाबी गरेको छ। इप्पानले आज सेबनलाई पठाएको पत्रमा २०८० साल जेठपछि आईपीओ र राइट शेयर निष्काशनमा ढिलाइ हुँदा ९७५ मेगावाट क्षमताका ४३ वटा आईपीओ र ७ वटा राइट शेयरसहित ५० कम्पनी प्रभावित भएको उल्लेख छ। यसै कारण २३ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर निष्काशन हुन नसकेको, १२ अर्ब ४० करोडभन्दा बढी ब्याज थपिएको, २४ अर्ब ३० करोड बराबरको लागत बढेको र ७१ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी राजस्व गुमाएको दाबी गरिएको छ।Investors in Nepal’s Energy Sector Lose Over NPR 108 Billion Due to SEBON Delays The Independent Power Producers’ Association of Nepal (IPPAN) has claimed that investors in Nepal’s energy sector have lost nearly NPR 108.5 billion because the Securities Board of Nepal (SEBON) delayed the approval process for issuing shares. According to a letter sent by IPPAN to SEBON, after May 2023 (2080 Jestha), delays in approving IPOs and rights share issuances affected 50 companies — 43 preparing IPOs and 7 preparing rights offerings, representing projects with a combined capacity of 975 MW. Because of these delays, IPOs worth NPR 23.27 billion could not be issued, NPR 12.40 billion in additional interest costs were incurred, NPR 24.30 billion in project costs escalated, and NPR 71.78 billion in potential government revenue was lost.

      NEPSE TRADING·19 Sep, 2025·1 min read
    • राष्ट्रिय बाणिज्य बैंक नयाँ बानेश्वरबाट लुटिएको सुन पब्लीकको भएको खुलासा
      Stock

      राष्ट्रिय बाणिज्य बैंक नयाँ बानेश्वरबाट लुटिएको सुन पब्लीकको भएको खुलासाThe Gold Stolen from Nepal Rastra Bank's New Baneshwor Branch Revealed as Public Property

      नेपाली राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो मात्रामा सुन चोरी भएको घटना सार्वजनिक भएको छ। सुन कर्जा राखेका ग्राहकहरू अहिले चिन्तित छन्, र बैंकले लुटिएको सुनको बजार मूल्यमा क्षतिपूर्ति दिने भने पनि गहना बनाउँदा हुने ज्याल र जर्तीको मूल्यको विषयमा अझै स्पष्टता छैन। १८ केजी सुन र ५ करोड रकम चोरी भएको जानकारी प्राप्त भएको छ। यस घटनाले बैंकका ग्राहकहरू र जनतामा ठूलो असन्तोष र चिन्ता उत्पन्न गरेको छ।A large amount of gold was stolen from the New Baneshwor branch of Nepal Rastra Bank. Customers who had pledged gold for loans are now distressed, and while the bank has promised compensation based on the market value of the stolen gold, there is still no clarity on the compensation for the workmanship and design of the jewelry. The theft involved 18 kg of gold and 50 million rupees. This incident has created significant dissatisfaction and concern among the bank's customers and the public.

      Nepse trading·18 Sep, 2025·1 min read
    • एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको राजीनामा, सन्तोष राठी नियुक्त कामु सीईओ
      Latest

      एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेको राजीनामा, सन्तोष राठी नियुक्त कामु सीईओNIC Asia Bank CEO Roshan Kumar Neupane Resigns, Santosh Rathi Appointed as Acting CEO

      एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपानेले स्वास्थ्य समस्याका कारण राजीनामा दिएका छन्। उनी २०७९ कात्तिकमा दोस्रो पटक सीईओ नियुक्त भएका थिए, तर स्वास्थ्य कारणले उनले अपेक्षाभन्दा अगाडि राजीनामा दिएका हुन्। उनका राजीनामालाई सञ्चालक समितिले स्वीकृत गरेको छ। बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई दिइएको छ। राठी अस्थायी रूपमा सीईओको भूमिका सम्हाल्नेछन्।Roshan Kumar Neupane, the CEO of NIC Asia Bank, resigned due to health issues affecting both him and his wife. He had been appointed for a second term in November 2022 but stepped down earlier than expected, with his resignation approved by the board. Santosh Rathi, the Deputy CEO, has been appointed as the Acting CEO of the bank. Rathi will temporarily manage the bank’s operations until a permanent replacement is found.

      Nepse trading·18 Sep, 2025·1 min read
    • नेप्सेमा तेस्रो सर्किटपछि कारोबार बन्द
      Investor

      नेप्सेमा तेस्रो सर्किटपछि कारोबार बन्दNEPSE Halts Trading After Third Circuit Break

      नेप्सेमा तेस्रो सर्किटपछि कारोबार बन्द काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएपछि आज (बिहीबार) दिनभरको लागि शेयर कारोबार बन्द भएको छ। बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो। सोही स्थगनपछि ११ बजेर २२ मिनेटमा बजार खुलेको एक मिनेटमै फेरि १ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको हो। त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको बजार १२ बजेर ६ मिनेटमै फेरि १ प्रतिशत घट्दा तेस्रो सर्किट ब्रेक लागेको छ। नियमअनुसार तेस्रो सर्किट लागेपछि सो दिनको लागि शेयर कारोबार पूर्ण रूपमा बन्द हुन्छ। यससँगै आज दिनभर लगानीकर्ताले कारोबार गर्ने अवसर गुमाएका छन् भने बजारमा लगातारको गिरावटले साना लगानीकर्ता थप चिन्तित बनेका छन्।NEPSE Halts Trading After Third Circuit Break Kathmandu – The Nepal Stock Exchange (NEPSE) has been forced to shut down trading for the entire day after a series of consecutive declines triggered three circuit breaks on Thursday. Within just two minutes of market opening, the NEPSE index plunged by 4 percent, activating the first circuit break and halting trading for 20 minutes. When the market reopened at 11:22 AM, it dropped by an additional 1 percent within a minute, leading to the second circuit break and a 40-minute suspension. Trading resumed at 12:03 PM, but within three minutes, the index slipped by yet another 1 percent. This triggered the third circuit break at 12:06 PM, resulting in a full closure of trading for the rest of the day, as per the exchange rules. With today’s shutdown, investors were left without trading opportunities, and the continuous plunge has further heightened concerns among small investors.

      NEPSE TRADING·18 Sep, 2025·1 min read
    • नेप्सेमा दोस्रो पटक नेगेटिभ सर्किट
      Investor

      नेप्सेमा दोस्रो पटक नेगेटिभ सर्किटSecond Negative Circuit in Nepse

      नेप्सेमा दोस्रो पटक नेगेटिभ सर्किट काठमाडौं । बिहीबार शेयर बजारमा लगातार दोस्रो पटक नकारात्मक सर्किट लागेको छ। बजार खुलेको दोस्रो मिनेटमै नेप्से परिसूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेपछि पहिलो नकारात्मक सर्किट लागेर कारोबार २० मिनेटका लागि रोकिनु परेको थियो। २० मिनेटपछि पुनः खुलेको बजार केही मिनेटमै फेरि १३३.६३ अंक अर्थात् ५ प्रतिशतले घट्दा दोस्रो नकारात्मक सर्किट लागेको हो। यसपछि अब बजार ४० मिनेटका लागि रोकिएको छ। नियम अनुसार, बजार खुलेको पहिलो घण्टाभित्र परिसूचक ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटका लागि रोकिन्छ भने दोस्रो घण्टाभित्र ५ प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि रोकिने व्यवस्था छ। यस्तै, ६ प्रतिशतभन्दा बढी उतारचढाव भएमा सो दिनका लागि बजार पूर्ण रूपमा बन्द हुने प्रावधान छ।Second Negative Circuit in Nepse Kathmandu – The Nepal Stock Exchange (Nepse) has faced its second negative circuit on Thursday. Within just the second minute of trading, the benchmark index dropped by 107.04 points, or 4 percent, triggering the first negative circuit and halting transactions for 20 minutes. When the market reopened after the break, it again plunged sharply—this time by 133.63 points, or 5 percent—leading to the second negative circuit. As a result, trading has now been suspended for 40 minutes. According to Nepse rules, if the index rises or falls by 4 percent within the first hour of trading, the market halts for 20 minutes. If it moves by 5 percent within the second hour, trading is suspended for 40 minutes. Similarly, if the index fluctuates by 6 percent or more in a single day, the market closes for the rest of that session.

      NEPSE TRADING·18 Sep, 2025·1 min read
    • बजार खुलेको २ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट
      Investor

      बजार खुलेको २ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किटNEPSE Hits Negative Circuit Within 2 Minutes of Market Opening

      बजार खुलेको २ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट जेनेरेसन–जेड (Gen Z) आन्दोलनपछि देशमा भएको राजनीतिक परिवर्तनको सीधा प्रभाव शेयर बजारमा देखिएको छ। आज बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। बजार ४ प्रतिशत अर्थात १0७.०४ अंकले घटेपछि स्वचालित प्रणालीअनुसार कारोबार रोकिएको हो। यस अप्रत्याशित गिरावटसँगै साना लगानीकर्ताहरू आत्तिएका देखिएका छन्। बजारमा आएको अस्थिरता पछिल्लो राजनीतिक अनिश्चितता र लगानीकर्ताको मनोबलमा परेको नकारात्मक असरको परिणाम भएको विश्लेषकहरूले बताएका छन्।NEPSE Hits Negative Circuit Within 2 Minutes of Market Opening The political changes following the Generation Z (Gen Z) movement have shown a direct impact on Nepal’s stock market. Within just two minutes of today’s opening, the NEPSE index plunged sharply. The market fell by 4 percent, equivalent to 107.04 points, triggering an automatic trading halt. This sudden decline has left small investors in panic. Analysts say the market turbulence is largely a result of political uncertainty and shaken investor confidence.

      NEPSE TRADING·18 Sep, 2025·<1 min read
    • महासंघद्वारा आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण
      Top

      महासंघद्वारा आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षणFNCCI Inspects Damaged Private Properties During Protests

      महासंघद्वारा आन्दोलनमा क्षतिग्रस्त संरचनाको निरीक्षण नेपाल उद्योग वाणिज्य महासंघले भदौ २३ र २४ गतेको आन्दोलनमा क्षतिग्रस्त निजी क्षेत्रका संरचनाको स्थलगत निरीक्षण गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलीले होटल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा ग्रुप, भाटभटेनी सुपरमार्केट र व्यवसायी उपेन्द्र महतोको सम्पत्तिको अवलोकन गरेको हो । निरीक्षणपछि अध्यक्ष ढकालले निजी लगानी सुरक्षित गर्ने वातावरण निर्माण तत्कालीन प्राथमिकता भएको बताउँदै दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरे । उनले यस्ता घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पार्ने भएकाले शान्ति–सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । निरीक्षण टोलीमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठलगायतको सहभागिता थियो ।FNCCI Inspects Damaged Private Properties During Protests The Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) has conducted an on-site inspection of private properties damaged during the protests on Bhadra 23 and 24. A team led by FNCCI President Chandra Prasad Dhakal visited Hotel Hilton, Kantipur Media Group, Golchha Group, Bhatbhateni Supermarket, and businessman Upendra Mahato’s properties to assess the extent of the damage. After the inspection, President Dhakal stressed that creating an environment where private investments remain secure should be a top priority. He urged the government to take strict action against those responsible and provide fair compensation to the victims. Dhakal warned that such incidents could negatively affect the overall business environment and called for strong peace and security measures. The inspection team included former FNCCI President Shekhar Golchha, Senior Vice President Anjan Shrestha, Vice Presidents Surkrishna Vaidya, Hemraj Dhakal, Jyotsna Shrestha, and Treasurer Bharat Raj Acharya, among others.

      NEPSE TRADING·18 Sep, 2025·1 min read
    • दक्षिण सुडानमा तेल आम्दानीको अर्बौँ डलर हिनामिना भएको संयुक्त राष्ट्रसंघको खुलासा
      Investor

      दक्षिण सुडानमा तेल आम्दानीको अर्बौँ डलर हिनामिना भएको संयुक्त राष्ट्रसंघको खुलासाUN Report Reveals Billions of Dollars Embezzled from South Sudan’s Oil Revenue

      दक्षिण सुडानमा तेल आम्दानीको अर्बौँ डलर हिनामिना भएको संयुक्त राष्ट्रसंघको खुलासा काठमाडौं । संयुक्त राष्ट्रसंघको एक ताजा रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि तेलबाट कमाएको २५।२ अर्ब अमेरिकी डलरमध्ये अर्बौँ डलर हिनामिना गरेको तथ्य सार्वजनिक गरेको छ। मानवअधिकार आयोगको उक्त रिपोर्टअनुसार, जनताको स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च गर्नुपर्ने रकम व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग गरिएको हो। रिपोर्टमा उल्लेख छ, “देशको लुटकै कारण जनताले भोक, रोग र मृत्युलाई भोग्नुपरेको छ।” सबैभन्दा ठूलो अनियमितता ‘ओइल फोर रोड्स’ कार्यक्रममा देखिएको छ। सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब नभएको रिपोर्टमा उल्लेख छ। सो रकम उपराष्ट्रपति तथा सम्भावित राष्ट्रपति उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीमार्फत खर्च भएको दाबी गरिएको छ। हालै उनी राष्ट्रिय सुरक्षा सेवामा जनरल पदमा बढुवा भएका छन्।UN Report Reveals Billions of Dollars Embezzled from South Sudan’s Oil Revenue Kathmandu – A United Nations report has revealed that South Sudanese government officials have embezzled billions of dollars out of the country’s $25.2 billion oil earnings since independence. According to the Human Rights Commission’s report, funds that should have been spent on health, education, and infrastructure development were instead diverted for personal gain and political networks. The report states, “Because of the looting of the country, people are being forced to endure hunger, disease, and death.”

      NEPSE TRADING·17 Sep, 2025·1 min read
    • सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
      Investor

      सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफरSun Nepal Life Insurance Introduces Cashback Offer on Premium Payments

      सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि क्यासब्याक अफर सार्वजनिक गरेको छ। अब बीमाशुल्क भुक्तानी ई–सेवा र खल्तीमार्फत गर्ने ग्राहकले विशेष सुविधा पाउने भएका छन्। कम्पनीका अनुसार, बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम भुक्तानी गर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्। यो अफर असोज १ गतेदेखि मंसिर २९ गते, २०८२ सम्म लागू हुने छ। कम्पनीले यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने विश्वास व्यक्त गरेको छ।Sun Nepal Life Insurance Introduces Cashback Offer on Premium Payments Kathmandu – Sun Nepal Life Insurance has launched a cashback offer for its customers who make premium payments through eSewa or Khalti. According to the company, customers who pay their premiums before the renewal date or within seven days after the renewal date will receive 0.5% of the premium amount or up to a maximum of NPR 1,000 as cashback. The offer will remain valid from Ashoj 1 to Mangsir 29, 2082. The company stated that this scheme is expected to promote digital payments while making insurance services more convenient, secure, and customer-friendly.

      NEPSE TRADING·17 Sep, 2025·<1 min read
    • बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड बिहीबार हुने
      Investor

      बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड बिहीबार हुनेBungad Hydropower Limited IPO Allotment on Thursday

      बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड बिहीबार हुने काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड आउँदो बिहीबार हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड प्रक्रिया सम्पन्न गरिनेछ। कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा करिब १ लाख ७० हजार १ सय ५० जनालाई मात्र शेयर प्राप्त हुने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ। बुङ्गल हाइड्रो लिमिटेडले बझांगमा अवस्थित १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० साल भदौ २ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् भने अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ललगायत रहेका छन्। बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुपअन्तर्गतको कम्पनी हो।Bungad Hydropower Limited IPO Allotment on Thursday Kathmandu – The IPO allotment of Bungad Hydropower Limited is scheduled for Thursday. According to the issue manager Himalayan Capital, the allotment will take place at 9:00 AM on Thursday. The company had issued 1,701,500 shares to the general public from Bhadra 16 to Bhadra 19. Out of the total applicants, only about 170,150 investors will receive shares in the allotment. Earlier, the company had already issued and allotted shares to project-affected locals and Nepali citizens working abroad.

      NEPSE TRADING·17 Sep, 2025·1 min read
    • भदौ मसान्तसम्म सरकारको बजेट खर्च ९.१७ प्रतिशत
      Investor

      भदौ मसान्तसम्म सरकारको बजेट खर्च ९.१७ प्रतिशतGovernment Spends 9.17% of Budget by End of Bhadra

      भदौ मसान्तसम्म सरकारको बजेट खर्च ९.१७ प्रतिशत काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा सरकारको बजेट खर्च ९ दशमलव १७ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म कुल १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरिएको बजेटमध्ये १ खर्ब ८० अर्ब १७ करोड ४ लाख खर्च भएको हो। खर्च संरचना हेर्दा, चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरिएकोमध्ये १ खर्ब १४ अर्ब १८ करोड ७२ लाख खर्च भएको छ, जुन ९ दशमलव ६७ प्रतिशत हो। त्यस्तै, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड विनियोजन भए पनि अहिलेसम्म ६ अर्ब ३५ करोड ३३ लाख मात्र खर्च भएको छ, जसको प्रतिशत १ दशमलव ५६ पर्छ। वित्तीय व्यवस्थातर्फ भने ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएकोमा ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भइसकेको छ, जुन १५ दशमलव ८९ प्रतिशत हो।Government Spends 9.17% of Budget by End of Bhadra Kathmandu – In the first two months of the current fiscal year 2082/83, the government’s budget expenditure has reached 9.17 percent. According to the Office of the Financial Comptroller General, out of the total budget of NPR 1.964 trillion, the government has spent NPR 180.17 billion by the end of Bhadra. Looking at the breakdown, the current expenditure stands at NPR 114.18 billion out of the allocated NPR 1.180 trillion, which is 9.67 percent. The capital expenditure, however, remains very low with only NPR 6.35 billion spent out of NPR 407.88 billion, equivalent to just 1.56 percent. On the other hand, under financial management, NPR 59.62 billion has been spent out of the NPR 375.24 billion allocation, accounting for 15.89 percent.

      NEPSE TRADING·17 Sep, 2025·1 min read