
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday Is the Last Day to Apply for Shrinagar Agritech Industries IPO
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज (असोज २९ गते) अन्तिम दिन हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्काशन गरेको छ। यसअघि उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि शेयर वितरण गरिसकिएको छ। कम्पनीको कुल जारी पूँजी रु. १ अर्ब ६३ करोड १२ लाख ५० हजार रहेको छ र इक्रा नेपालले उच्च वित्तीय जोखिम संकेत गर्ने रेटिङ दिएको छ। आईपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।Today (October 15, 2025) is the last day to apply for the IPO of Shrinagar Agritech Industries Limited. The company is issuing 2,510,493 shares at a face value of Rs. 100 each for the general public. Earlier, shares were allotted to locals of the industry-affected areas, Nepalis working abroad, mutual funds, and employees. The company’s total issued capital is Rs. 1.63 billion, and ICRA Nepal has rated it as having a high credit risk. Nabil Investment Banking Limited is the issue manager for the IPO.


















