
रास्वपाको पक्षमा जनलहर, स्थिर सरकारको संकेतसँगै शेयर बजारमा सकारात्मक अपेक्षाWave of Public Support for Rastriya Swatantra Party Signals Political Shift; Investors Expect Positive Impact on Stock Market
रास्वपाको पक्षमा जनलहर, स्थिर सरकारको संकेतसँगै शेयर बजारमा सकारात्मक अपेक्षा काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा उल्लेखनीय जनसमर्थन देखिएको छ। करिब तीन वर्षअघि मात्रै स्थापना भएको रास्वपाले यस निर्वाचनमा अप्रत्याशित रूपमा बलियो उपस्थिति देखाउँदै बहुमत मात्र होइन, दुईतिहाइ नजिकको समर्थन समेत प्राप्त गर्ने सम्भावना देखिएको विश्लेषकहरूले बताएका छन्। प्रारम्भिक परिणाम र विभिन्न अनुमानहरूले रास्वपाको पक्षमा स्पष्ट जनलहर देखिएको संकेत गरेका छन्। विशेषगरी काठमाडौँ महानगरपालिकाको नेतृत्व गरिरहेका बालेन शाहलाई वरिष्ठ नेताका रूपमा अघि सार्दै भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेपछि युवापुस्तामा रास्वपाप्रति आकर्षण झनै बढेको देखिएको छ। सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक बहसहरूमा युवाहरूको उल्लेखनीय समर्थन देखिँदा निर्वाचन परिणाममा पनि त्यसको प्रभाव परेको विश्लेषण गरिएको छ। पछिल्लो मत परिणाम अनुसार पनि रास्वपा परम्परागत राजनीतिक दलहरूभन्दा अगाडि देखिएको छ।Wave of Public Support for Rastriya Swatantra Party Signals Political Shift; Investors Expect Positive Impact on Stock Market Preliminary results from the House of Representatives election indicate a strong wave of public support for the Rastriya Swatantra Party (RSP), a political party that was established only three years ago. Early vote trends suggest that the party is not only moving toward a majority but may even secure a two-thirds majority in parliament, according to political observers analyzing the ongoing vote count.


















