
अब ५ लाख रुपैयाँभन्दा बढीको कारोबार अनिवार्य बैंकमार्फत गर्नुपर्ने; नगद सीमा घटाएर पारदर्शिता बढाउने सरकारको तयारीCash Transactions Above Rs. 500,000 Must Now Be Done Through Banks Only; Government Tightens Rules to Promote Transparency
अब ५ लाख रुपैयाँभन्दा बढीको कारोबार अनिवार्य बैंकमार्फत गर्नुपर्ने; नगद सीमा घटाएर पारदर्शिता बढाउने सरकारको तयारी सरकारले अब ५ लाख रुपैयाँभन्दा बढीको कारोबार अनिवार्य रूपमा बैंक, वित्तीय संस्था वा डिजिटल माध्यममार्फत मात्रै गर्नुपर्ने व्यवस्था लागू गरेको छ। सम्पत्ति शुद्धीकरण (Money Laundering) नियन्त्रण र Financial Action Task Force (FATF) को ग्रे–लिस्टबाट नेपाललाई मुक्त गराउन नगद कारोबारको सीमा घटाइएको नेपाल सरकारका प्रवक्ता तथा सूचना–सञ्चार मन्त्री जगदीश खरेलले जानकारी दिए। यसअघि १० लाख रुपैयाँसम्मको कारोबार नगद माध्यमबाट गर्न पाइन्थ्यो। नयाँ व्यवस्था अनुसार अब एकपटकमा ५ लाख वा सोभन्दा बढी रकम बुझ्दा वा बुझाउँदा पोख्ता बैंकिङ च्यानल वा डिजिटल भुक्तानीमार्फत मात्र कारोबार गर्नुपर्नेछ।Cash Transactions Above Rs. 500,000 Must Now Be Done Through Banks Only; Government Tightens Rules to Promote Transparency The Government of Nepal has enforced a new provision requiring that any transaction worth Rs. 500,000 or more must be conducted strictly through banks, financial institutions, or digital payment channels. This decision was made to strengthen anti–money laundering measures and help Nepal get removed from the FATF grey list, according to Government Spokesperson and Minister for Information and Communications, Jagdish Kharel.


















