
सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ मा साधारण सभा बोलायो, १०.३५८३% लाभांश पारित गर्न तयारीShangrila Development Bank Calls AGM on Poush 7 to Approve 10.3583% Dividend Distribution
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले पुस ७ गते काठमाडौँस्थित अमृतभोग क्याटरर्समा एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले ५% बोनस शेयर र कर प्रयोजनका लागि ५.३५८३% नगद लाभांश पारित गर्नेछ। साथै, नियमावली संशोधन, मर्जर/एक्विजिशन गर्ने अधिकार प्रदान गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछन्। बैंकले मंसिर २३ देखि पुस ७ सम्म बुक–क्लोज गर्ने भएकाले मंसिर २२ सम्म नेप्सेमा कारोबार भएका शेयरधनी लाभांश र सभामा सहभागी हुन योग्य रहनेछन्।Shangrila Development Bank Limited (SADBL) has scheduled its 21st AGM for Poush 7 at Amritbhog Caterers, Kathmandu. The AGM will endorse a 5% bonus share and an additional 5.3583% cash dividend for tax purposes. It will also discuss amendments to internal regulations, authorize the board for potential mergers and acquisitions, and appoint an auditor. The bank has declared a book closure from Mangsir 23 to Poush 7, making shareholders who trade until Mangsir 22 eligible for the dividend and AGM participation.


















