
नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनामा सरकारको प्राथमिकता, वैकल्पिक वित्त र सम्पत्ति व्यवस्थापनमा समेत ध्यानGovernment Prioritizes NEPSE Restructuring Over Establishing New Stock Exchange; Focus on Alternative Financing and Asset Management
नेपाल स्टक एक्सचेन्जको पुनर्संरचनामा सरकारको प्राथमिकता, वैकल्पिक वित्त र सम्पत्ति व्यवस्थापनमा समेत ध्यान सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्नेभन्दा पनि हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्संरचना गर्न प्राथमिकता दिने स्पष्ट पारेको छ। शुक्रवार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत पूँजी बजारको क्षमता र पारदर्शिता वृद्धिका लागि नेप्से पुनर्संरचना गरिने घोषणा गरिएको हो। धितोपत्र बोर्डको सुदृढीकरण, वैकल्पिक वित्त तथा बस्तु विनिमय सम्बन्धी कानुन निर्माण गरिने योजना पनि प्रस्तुत गरिएको छ। राष्ट्रपति पौडेलले सम्भावनायुक्त पूर्वाधार परियोजनामा निजी लगानी भित्र्याउन नयाँ वित्तीय उपकरण प्रयोग गरिने बताएका छन्।Government Prioritizes NEPSE Restructuring Over Establishing New Stock Exchange; Focus on Alternative Financing and Asset Management The government has prioritized the restructuring of the existing Nepal Stock Exchange (NEPSE) over establishing a new stock exchange. In the policy and program speech for the fiscal year 2082/83 presented in the Federal Parliament on Friday, President Ram Chandra Paudel announced that NEPSE will be restructured to enhance the capacity and transparency of the capital market.


















