
नेपालको आयात वृद्धिः पेट्रोलियम पदार्थ पहिलो स्थानमा, व्यापार घाटा झनै बढ्दोNepal’s Imports on the Rise: Petroleum Products Dominate, Trade Deficit Widens
नेपालको आयात संरचनाले देशको अर्थतन्त्रका विभिन्न पक्षहरू उजागर गर्छ। ऊर्जा, यातायात, खाद्य, औद्योगिक उपकरण तथा स्वास्थ्य क्षेत्रमा नेपाल ठूलो मात्रामा आयातमा निर्भर देखिन्छ। यदि नेपालले वैकल्पिक ऊर्जा स्रोतहरूको प्रवर्द्धन, उद्योग विस्तार, कृषि उत्पादन वृद्धिलाई प्राथमिकता दिएमा आयातमा निर्भरता घटाउन सकिन्छ। साथै, निर्यात वृद्धि गरी विदेशी मुद्रा सञ्चितिलाई मजबुत बनाउन पनि ध्यान दिनुपर्ने देखिन्छ। नेपालको वर्तमान आर्थिक अवस्था सन्तुलित बनाउन सरकार तथा निजी क्षेत्रले मिलेर नीतिगत सुधार ल्याउनुपर्ने जरुरी देखिन्छ।Nepal’s import patterns reveal key challenges in energy, transportation, food security, industrial production, and infrastructure development. While the government has prioritized policies to reduce import dependency, stronger efforts are needed to enhance domestic production and encourage exports. To achieve sustainable economic growth, Nepal must invest in industrialization, alternative energy sources, and agricultural modernization while promoting local industries to create a self-reliant economy.


















