
सूचना समयमा नपठाएपछि अपर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार स्थगनNEPSE Suspends Trading of Upper Syange Hydropower Shares for Delay in Disclosure
सूचना समयमा नपठाएपछि अपर स्याङ्गे हाइड्रोपावरको सेयर कारोबार स्थगन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको सेयर कारोबार स्थगन गरेको छ। कम्पनीले सेयर मूल्यमा प्रत्यक्ष असर पार्ने सूचना समयमा सार्वजनिक नगरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै यस्तो निर्णय गरेको हो। कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर सो निर्णय कम्पनीले नेप्सेमा भदौ १६ गते मात्र पठाएको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) अनुसार सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने निर्णय वा सूचना सोही दिन वा भोलिपल्ट बजार खुल्नुअघि नेप्सेमा अनिवार्य पठाउनुपर्ने व्यवस्था छ। यस प्रावधान उल्लंघन गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरी ३ कार्यदिनभित्र कारण स्पष्ट गर्न निर्देशन दिएको छ।NEPSE Suspends Trading of Upper Syange Hydropower Shares for Delay in Disclosure The Nepal Stock Exchange (NEPSE) has suspended trading of Upper Syange Hydropower Limited after the company failed to disclose price-sensitive information on time. NEPSE has sought clarification from the company while halting its trading activities. The company’s board meeting held on Bhadra 11 (August 27) had decided to hold its 9th Annual General Meeting on Ashoj 9 (September 25) with an agenda to issue 100% rights shares. However, the company only submitted this decision to NEPSE on Bhadra 16 (September 1).


















