
चैतमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घट्योCommercial Banks’ Average Interest Rate Declines in Chaitra
वाणिज्य बैंकहरूले चैत २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। फागुन महिनामा ४.५६ प्रतिशत रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर चैतमा घटेर ४.४९ प्रतिशतमा पुगेको छ, जुन ०.०७ प्रतिशत बिन्दुले कमी हो। २० वाणिज्य बैंकमध्ये ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ।Commercial banks in Nepal have published new interest rates for Chaitra 2082. The maximum average interest rate on individual fixed deposits has decreased from 4.56 percent in Falgun to 4.49 percent in Chaitra, a decline of 0.07 percentage points. Among the 20 commercial banks, six banks have reduced their interest rates while 14 banks have maintained the previous month’s rate. Nepal Bank has reduced the interest rate the most.


















