
सेन्ट्रल फाइनान्सको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीमा, संस्थापकहरूलाई प्राथमिकताCentral Finance Promoter to Sell 12,421 Shares; Priority Given to Existing Promoters
सेन्ट्रल फाइनान्सको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीमा, संस्थापकहरूलाई प्राथमिकता काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेड का एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। कम्पनीले उक्त शेयर खरिदका लागि हालका संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै सूचना सार्वजनिक गरेको हो। कम्पनीका अनुसार संस्थापक शेयर बिक्रीका लागि आएको निवेदन सञ्चालक समितिमा पेश भई आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ। यसअनुसार हाल कायम रहेका संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिदका लागि आवेदन दिन सक्नेछन्।Central Finance Promoter to Sell 12,421 Shares; Priority Given to Existing Promoters Kathmandu — Central Finance Limited has announced that one of its existing promoter shareholders is planning to sell 12,421 units of promoter shares. The company has initiated the process following a decision by its board of directors.


















