
नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमैGovernment of Nepal ends token system, labour approval for foreign employment to be granted on the same day
नेपाल सरकार ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ । दीपककुमार साह को उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृतिलाई छिटो र सहज बनाउने, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल बनाउने, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले जनाएको छ । साथै श्रमिकको सुरक्षा, कार्यस्थल स्वास्थ्य तथा सुरक्षा सुधार, आन्तरिक रोजगारी सिर्जना र थप पाँच मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने विषयमा पनि सरकारको योजना रहेको छ ।The Government of Nepal has decided to end the token system for labour approval for foreign employment and provide approval on the same day of application. A meeting held in the presence of Deepak Kumar Sah also decided to digitalize pre-departure orientation training, include all workers in the Social Security Fund, and fully implement the minimum wage, according to the Ministry of Labour, Employment and Social Security. The government also plans to improve worker safety, create more domestic employment opportunities, and expand bilateral labour agreements with additional countries.


















