
पुसमा पनि घट्यो बैंकहरूको निक्षेप ब्याजदर, औसत दर ५ प्रतिशतभन्दा तलDeposit Interest Rates Continue to Fall as Excess Liquidity Weighs on Banks
पुसमा पनि घट्यो बैंकहरूको निक्षेप ब्याजदर, औसत दर ५ प्रतिशतभन्दा तल काठमाडौं — विगत लामो समयदेखि निरन्तर ओरालो लागेको बैंकहरूको निक्षेप ब्याजदर पुस महिनामा पनि थप घटेको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपको ब्याजदर घट्दा निक्षेपकर्ताको प्रतिफल थप खुम्चिने संकेत देखिएको छ। कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा भने निक्षेप बढ्दो क्रममा देखिएको छ। कर्जाको माग कमजोर रहँदा निक्षेप थुप्रिँदै जाँदा बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था सिर्जना भएको छ। यही अतिरिक्त तरलताले बैंकहरूलाई निक्षेप तान्न ब्याज बढाउनुपर्ने दबाब नपरेको देखिन्छ।Deposit Interest Rates Continue to Fall as Excess Liquidity Weighs on Banks Kathmandu — Commercial banks in Nepal have further lowered deposit interest rates for the month of Poush, extending a downward trend that has persisted for several months. The latest revisions indicate that returns for depositors are continuing to shrink, reflecting weak credit demand and sustained excess liquidity in the banking system. Despite steady growth in deposits, banks have struggled to expand lending in line with expectations. Private sector credit growth has remained sluggish, while deposits have continued to accumulate. This imbalance has resulted in surplus liquidity, reducing banks’ need to compete aggressively for deposits and pushing interest rates steadily downward.


















