
बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्योBanks Accelerate Dividend Distribution, Most Commercial Banks Cut Payouts
बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश वितरण गर्दै, अधिकांश वाणिज्य बैंकको लाभांश घट्यो काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरणको प्रक्रिया तीव्र बनाएका छन् । केही बैंकले घोषणा गरेको लाभांश वार्षिक साधारण सभाबाट पारित गरिसकेका छन् भने केहीले अझै लाभांश घोषणा गर्न बाँकी छ । हालसम्म २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले लाभांश घोषणा गरिसकेका छन् । यस्तै, ८ वटा विकास बैंकले पनि शेयरधनीलाई लाभांश दिने निर्णय सार्वजनिक गरेका छन् । तर वाणिज्य बैंकहरूको लाभांश अघिल्लो वर्षको तुलनामा प्रायः सबैको घटेको देखिएको छ । बैंकहरूले निक्षेप संकलन, कर्जा प्रवाह तथा अन्य वित्तीय सेवाबाट आर्जन गरेको मुनाफाको एक हिस्सा नियमानुसार शेयरधनीलाई लाभांशका रूपमा वितरण गर्नुपर्ने व्यवस्था छ । हालसम्म लाभांश घोषणा गर्ने बैंकहरूमध्ये सबैभन्दा बढी लाभांश दिनेमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ भने सबैभन्दा कम लाभांश दिनेमा सिटिजन्स बैंक रहेको छ । कुमारी बैंकले भने यस वर्ष लाभांश नदिने निर्णय गरेको छ ।Banks Accelerate Dividend Distribution, Most Commercial Banks Cut Payouts Kathmandu — Banks and financial institutions have begun distributing dividends to shareholders from the profits earned in the last fiscal year, with many commercial banks either approving or announcing dividend payouts. While several banks have already secured approval from their annual general meetings, others are yet to declare dividends. So far, 13 out of 20 commercial banks have announced dividends. In addition, eight development banks have also declared dividend payouts. However, compared to the previous year, dividend rates of most commercial banks have declined, reflecting pressure on profitability.


















