NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 87 / 186Next
    • एमबिएल इक्विटी फण्डको नेभ घट्दै १०.३६ रुपैयाँमा स्थिर
      Investor

      एमबिएल इक्विटी फण्डको नेभ घट्दै १०.३६ रुपैयाँमा स्थिरMBL Equity Fund NAV Declines to Rs. 10.36

      एमबिएल इक्विटी फण्डको नेभ घट्दै १०.३६ रुपैयाँमा स्थिर एमबिएल इक्विटी फण्ड ले भदौ महिनाको नेभ (नेट एसेट भ्यालु) विवरण सार्वजनिक गरेको छ। माछापुच्छ्रे क्यापिटल लिमिटेडद्वारा सञ्चालित १२ वर्षे बन्द प्रकारको यो म्युचुअल फण्ड योजनाको नेभ भदौ मसान्तसम्म घटेर रु. १०.३६ पुगेको हो। अघिल्लो महिनामा नेभ रु. १०.६० रहेको थियो। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार, रु. १.२१ अर्बको प्रारम्भिक कोष आकार रहेको फण्डले सूचीकृत कम्पनीका सेयरमा रु. ९५.६१ करोड लगानी गरेको छ। त्यस्तै, रु. १२ करोड स्थायी निक्षेप योजनामा र रु. १६.०६ करोड बैंक मौज्दातमा रहेको छ। भदौ महिनामा फण्डले रु. ९५.४८ लाख घाटा ब्यहोरेको छ। तर अघिल्लो साउन महिनामा भने यसले रु. १.९३ करोड नाफा कमाएको थियो। फण्ड व्यवस्थापकका अनुसार, बजारमा देखिएको अस्थिरता र शेयरमूल्यमा आएको गिरावटले नेभमा असर पारेको हो।MBL Equity Fund NAV Declines to Rs. 10.36 MBL Equity Fund has published its Net Asset Value (NAV) report for the month of Bhadra. The 12-year closed-end mutual fund scheme, managed by Machhapuchchhre Capital Limited, recorded a NAV of Rs. 10.36 as of the end of Bhadra, compared to Rs. 10.60 in the previous month. According to the financial report, the fund, which began with a size of Rs. 1.21 Arba, has invested Rs. 95.61 crores in listed company shares, Rs. 12 crores in fixed deposits, and holds Rs. 16.06 crores in bank balance.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा असोज ३१ गते हुने
      Investor

      आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा असोज ३१ गते हुनेChatGPT said: RBB Merchant Banking to Hold 10th AGM on Ashwin 31

      आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारण सभा असोज ३१ गते हुने काठमाडौं, असोज १० – आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको २१३औं बैठकले गरेको निर्णयअनुसार सभा आउँदो असोज ३१ गते, शुक्रबार (अक्टोबर १७, २०२५) का दिन दिउँसो २:०० बजे राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजामा बस्ने भएको हो।RBB Merchant Banking to Hold 10th AGM on Ashwin 31 RBB Merchant Banking Limited has announced its 10th Annual General Meeting (AGM). As per the decision of the company’s 213th Board Meeting held on Ashwin 08, the AGM will be held on Ashwin 31, 2082 (October 17, 2025, Friday) at 2:00 PM at the central office of Rastriya Banijya Bank, Singhadurbar Plaza, Kathmandu.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • मञ्जुश्री फाइनान्सले १५% नगद लाभांशको लागि Book Closure गर्ने घोषणा
      Investor

      मञ्जुश्री फाइनान्सले १५% नगद लाभांशको लागि Book Closure गर्ने घोषणाManjushree Finance Announces Book Closure for 15% Cash Dividend

      मञ्जुश्री फाइनान्सले १५% नगद लाभांशको लागि पुस्तक बन्द गर्ने घोषणा मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले १८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले साधारण सभा आगामी असोज ३१ गते नयाँ बानेश्वर, थापागाउँस्थित थापागाउँ बैंक्वेटमा आयोजना गर्ने जनाएको छ। कम्पनीको सञ्चालक समितिको ३१०औँ बैठकले असोज ७ गते आ.व. २०८१/८२ को नाफाबाट १५% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कायम रहेको रु. १ अर्ब ३५ करोड चुक्ता पुँजीमा सोही लाभांश वितरण गर्न लागिएको हो, जसअनुसार कर सहित रु. २० करोड २७ लाख बराबरको नगद लाभांश शेयरधनीलाई वितरण हुनेछ। साधारण सभामा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान विवरण, वित्तीय विवरण र नगद प्रवाह विवरण अनुमोदन गर्ने, तथा आ.व. २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेका छन्। कम्पनीले असोज २२ गतेलाई पुस्तक बन्द मिति तोकेको छ। यसअघि नामसारी भएका शेयरधनीहरू लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।Manjushree Finance Announces Book Closure for 15% Cash Dividend Manjushree Finance Limited (MFIL) has announced that it will hold its 18th Annual General Meeting (AGM) on Ashwin 31, 2082 at Thapagaun Banquet, New Baneshwor. The 310th meeting of the Board of Directors held on Ashwin 07 decided to distribute a 15% cash dividend (including tax) from the profit of fiscal year 2081/82. The dividend will be distributed on the paid-up capital of Rs. 1.35 Arba, amounting to a total payout of Rs. 20.27 crores. Other agendas of the AGM include endorsing the auditor’s report, profit and loss statements, financial reports, and cash flow reports, as well as appointing an auditor for the fiscal year 2082/83.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • सुनचाँदीको मूल्य नयाँ उच्चमा
      Investor

      सुनचाँदीको मूल्य नयाँ उच्चमाGold and Silver Prices Reach New High

      सुनचाँदीको मूल्य नयाँ उच्चमा आज शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा पुगेको छ। यसैगरी, चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला चाँदीको मूल्य ५५ रुपैयाँले बढेर २ हजार ७४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य भएको बताइएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र मागमा आएको वृद्धि नै सुनचाँदीको मूल्य बढ्नुको प्रमुख कारण हो।Gold and Silver Prices Reach New High The prices of gold and silver increased on Friday, setting new records in the domestic market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of gold, which was traded at Rs. 221,300 per tola on Thursday, rose by Rs. 1,200 today to reach Rs. 222,500 per tola. Similarly, silver also hit a new record high. Its price climbed by Rs. 55 per tola, reaching Rs. 2,740 per tola, the highest level recorded so far.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • पुँजी बजार सुधार सम्बन्धी कार्यदलको प्रतिवेदन
      Investor

      पुँजी बजार सुधार सम्बन्धी कार्यदलको प्रतिवेदनTask Force Submits Report on Capital Market Reforms

      पुँजी बजार सुधार सम्बन्धी कार्यदलको प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको चार सदस्यीय कार्यदलले पुँजी बजार सुधार सम्बन्धी प्रतिवेदन बुझाएको छ। कार्यदलको संयोजकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी रहेका छन्। अन्य सदस्यहरूमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल तथा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्। निरौला सदस्य–सचिव तोकिएका थिए। यो कार्यदल जेनजी आन्दोलनपश्चात एक साताभन्दा बढी समय बन्द भएको र पुनः खुलेको बजार १६० अंकले घटेपछि तत्काल सुधारका लागि गठन गरिएको हो। पाँच दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको कार्यदलले आज आफ्ना सुझावहरू अर्थमन्त्रीलाई बुझाएको हो।Task Force Submits Report on Capital Market Reforms Kathmandu, Sept 25 – The four-member task force formed by Finance Minister Rameshwor Khanal has submitted its report on capital market reforms today. The task force was led by Rupesh KC, Acting Executive Director of the Securities Board of Nepal (SEBON). Other members included Sharan Adhikari, Director of Nepal Rastra Bank, Niranjan Phuyal, Acting Executive Director of Nepal Stock Exchange (NEPSE), and Sharad Neupane, Under-Secretary at the Ministry of Finance, who also served as the member-secretary. The task force was created after the stock market, which had remained closed for over a week following the Gen Z movement, reopened last Thursday and plunged by 160 points. The minister directed the committee to submit recommendations and an implementation plan within five days, which was delivered today.

      NEPSE TRADING·26 Sep, 2025·2 min read
    • एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने अन्तिम दिन आज
      Top

      एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने अन्तिम दिन आजToday is the Last Day to Apply for SY Panel Nepal’s IPO

      साधारण शेयर (IPO) मा आवेदन दिने आज (असोज १०) अन्तिम दिन हो। कम्पनीले १ अर्ब ३० करोड ८९ लाख रुपैयाँ पूँजीको ४० प्रतिशत अर्थात ५२ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। यसमध्ये १० प्रतिशत अर्थात करिब ५ लाख कित्ता शेयर विशेष गरी विदेशमा रहेका नेपालीका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।Today (Ashoj 10) is the final day to apply for SY Panel Nepal Limited’s IPO allocated to Nepalis working abroad. The company is issuing 40% of its paid-up capital, equivalent to 5.23 million shares, of which about 497,000 shares are reserved for migrant workers. Applicants can apply for a minimum of 10 shares and a maximum of 50,000 shares. Prabhu Capital Limited is managing the issue.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • धितोपत्र बोर्ड कर्मचारी संघद्वारा अर्थ मन्त्रालयको हस्तक्षेप विरुद्ध आपत्ति, निर्देशन तत्काल फिर्ता लिन माग
      Investor

      धितोपत्र बोर्ड कर्मचारी संघद्वारा अर्थ मन्त्रालयको हस्तक्षेप विरुद्ध आपत्ति, निर्देशन तत्काल फिर्ता लिन मागSEBON Employee Unions Protest Ministry Interference, Demand Immediate Withdrawal of Directive

      धितोपत्र बोर्ड कर्मचारी संघद्वारा अर्थ मन्त्रालयको हस्तक्षेप विरुद्ध आपत्ति, निर्देशन तत्काल फिर्ता लिन माग काठमाडौं । जेन जेड आन्दोलन (भदौ २३–२४) का उपलब्धिहरूलाई स्मरण गर्दै र देशव्यापी भ्रष्टाचारविरोधी अभियानलाई समर्थन जनाउँदै, नेपाल धितोपत्र बोर्ड (SEBON) का कर्मचारी संघहरूले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। संघहरूले वित्तमन्त्रीको नेतृत्वमा पूँजी बजार टास्कफोर्स गठन भएको अवस्थालाई स्वागत गर्दै पूँजी बजारको विकासका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। तर, स्वायत्त नियामकका रूपमा काम गर्ने SEBON पछिल्ला दिनमा अर्थ मन्त्रालयको अति हस्तक्षेपका कारण समस्यामा परेको कर्मचारी संघको आरोप छ। भदौ ३१ गते राजस्व सचिवमार्फत् आएको निर्देशनअनुसार बोर्डले स्थापना कालदेखि प्राप्त गर्दै आएको कर्मचारी सुविधा खारेज गर्ने र भुक्तानी भइसकेका रकम समेत फिर्ता गर्नुपर्ने आदेशले संघहरूलाई आक्रोशित बनाएको छ।SEBON Employee Unions Protest Ministry Interference, Demand Immediate Withdrawal of Directive Kathmandu. Acknowledging the achievements of the Gen Z movement of Bhadra 23–24, 2082, and supporting the nationwide anti-corruption campaign, the employee unions of the Securities Board of Nepal (SEBON) paid tribute to the martyrs and wished for the speedy recovery of the injured. They welcomed the formation of a capital market task force under the Finance Minister and reiterated their commitment to capital market development.

      NEPSE TRADING·25 Sep, 2025·2 min read
    • १२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा
      Investor

      १२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा12 Construction Companies and Suppliers Blacklisted

      १२ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा सरकारले १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले असोज ८ गतेको निर्णय अनुसार जारी गरेको सूचनामार्फत यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो। कार्यालयले जनाएको अनुसार, कालोसूचीमा परेका कम्पनीहरूले अबदेखि सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।12 Construction Companies and Suppliers Blacklisted The government has blacklisted 12 construction companies and suppliers. The Public Procurement Monitoring Office announced through a notice that, as per the decision made on Ashoj 8 (September 24, 2025), the blacklist has come into effect from the date of publication.

      NEPSE TRADING·25 Sep, 2025·<1 min read
    • इष्टर्न हाइड्रोपावरको ५५ लाख बढी सेयर लकइन अवधि खुल्दै
      Investor

      इष्टर्न हाइड्रोपावरको ५५ लाख बढी सेयर लकइन अवधि खुल्दैEastern Hydropower’s 5.5 Million Shares to Be Free from Lock-In

      इष्टर्न हाइड्रोपावरको ५५ लाख बढी सेयर लकइन अवधि खुल्दै इष्टर्न हाइड्रोपावर लिमिटेडको ठूलो परिमाणमा रहेको सेयरको लकइन अवधि अब समाप्त हुन लागेको छ । २०८२ साल कार्तिक १६ गतेदेखि कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीसँग रहेका कुल ५५ लाख ४१ हजार २९५ कित्ता सेयर बजारमा बिक्री गर्न मिल्नेछ। कम्पनीका संस्थापकले धारण गरेका ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको नाममा रहेको ५ लाख ६९ हजार ६९५ कित्ता, र कर्मचारीसँग रहेको ११ हजार ६०० कित्ता सेयर यसअघि तीन वर्षका लागि लकइनमा राखिएका थिए। नेपालको सेयर बजार नियमअनुसार सार्वजनिक निष्काशनमार्फत बाँडफाँड भएको सेयरको ३ वर्षसम्म संस्थापक र कर्मचारीले सेयर बिक्री गर्न नपाउने व्यवस्था छ। तर, लकइन अवधि सकिएपछि उनीहरूले आफ्ना सेयर बिक्री गर्न पाउनेछन्। यद्यपि, कम्पनीका सञ्चालकले भने आफ्ना सेयर तत्काल बिक्री गर्न पाउने छैनन्।Eastern Hydropower’s 5.5 Million Shares to Be Free from Lock-In Eastern Hydropower Limited is set to see the end of the lock-in period for a large portion of its shares. Starting from Kartik 16, 2082 (November 1, 2025), a total of 5,541,295 shares held by founders, project-affected locals, and company employees will become tradable in the secondary market. Out of this, 4.96 million shares are held by the company’s founders, 569,695 shares by project-affected locals, and 11,600 shares by employees. These shares had been under a mandatory three-year lock-in period after the company’s IPO allotment.

      NEPSE TRADING·25 Sep, 2025·1 min read
    • दशैंअघि बैंकमा निक्षेप उकालो, लगानीयोग्य रकम १० खर्ब नाघ्यो
      Investor

      दशैंअघि बैंकमा निक्षेप उकालो, लगानीयोग्य रकम १० खर्ब नाघ्योDeposits Surge Ahead of Dashain, Investable Funds Cross Rs. 1 Trillion

      दशैंअघि बैंकमा निक्षेप उकालो, लगानीयोग्य रकम १० खर्ब नाघ्यो काठमाडौं । दशैं–तिहार नजिकिँदै गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप तीव्रगतिमा बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज ५ गतेसम्म कुल निक्षेप ७३ खर्ब ७१ अर्ब नाघेको छ। वाणिज्य बैंकहरुको निक्षेप ६६ खर्ब २१ अर्ब तथा अन्य वित्तीय संस्थाहरुको निक्षेप ७ खर्ब ५१ अर्ब पुगेको छ। यस अवधिमा बैंकिङ प्रणालीमार्फत कुल ५६ खर्ब २९ अर्ब कर्जा प्रवाह भएको छ। वाणिज्य बैंकहरुले ५० खर्ब ६ अर्ब तथा अन्य वित्तीय संस्थाले ६ खर्ब २४ अर्ब कर्जा वितरण गरेका छन्। तर निक्षेप वृद्धिसँगै कर्जा लगानी सुस्त हुँदा सीडी रेसियो ७५.४२ प्रतिशतमा झरेको छ। यसरी करिब १० खर्ब ४ अर्ब रुपैयाँ लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको देखिन्छ।Deposits Surge Ahead of Dashain, Investable Funds Cross Rs. 1 Trillion Kathmandu — With Dashain and other major festivals approaching, deposits in banks and financial institutions have surged to record highs. According to the latest data from Nepal Rastra Bank (NRB), total deposits reached Rs. 7.371 trillion as of Ashoj 5. Commercial banks hold Rs. 6.621 trillion, while other financial institutions account for Rs. 751 billion.

      NEPSE TRADING·25 Sep, 2025·2 min read
    • गुराँस लघुवित्तले १५% लाभांश घोषणा, १४.२५% बोनस र ०.७५% नगद
      Stock

      गुराँस लघुवित्तले १५% लाभांश घोषणा, १४.२५% बोनस र ०.७५% नगदGurans Laghubitta Announces 15% Dividend: 14.25% Bonus Shares, 0.75% Cash

      गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।Gurans Laghubitta Bittiya Sanstha Limited (GLBSL) has announced a 15% dividend distribution to its shareholders from the profit of the previous fiscal year. The Board of Directors, in its meeting held on Ashoj 8, decided to provide a 14.25% bonus share and 0.75% cash dividend (for tax purposes), making a total of 15%.

      Nepse trading·25 Sep, 2025·<1 min read
    • शेयर बजार फेरि दबाबमा
      Investor

      शेयर बजार फेरि दबाबमाStock Market Under Pressure Again

      शेयर बजार फेरि दबाबमा काठमाडौं । जेनजी आन्दोलनपछि केही दिन आंशिक सुधार देखिएको शेयर बजार बुधबार पुनः दबाबमा परेको छ। मंगलबारसम्म १७० अंकको सुधार गर्दै लगानीकर्तामा आशा जगाएको नेप्से परिसूचक बुधबार भने २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झ¥यो। यस दिन कारोबार रकम पनि घट्यो। मंगलबार ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ४ अर्ब १२ करोड रुपैयाँबराबरको मात्र किनबेच भयो। विश्लेषकहरूका अनुसार नाफा सुरक्षित गर्ने प्रवृत्ति र दशैं खर्च व्यवस्थापनका कारण बजारमा बिक्रीको चाप बढेको हो।Stock Market Under Pressure Again After showing some recovery in the last two trading days following the Gen-Z protests, Nepal’s stock market once again came under pressure on Wednesday. The NEPSE index, which had climbed by 170 points until Tuesday, slipped by 27.89 points to close at 2654.35. Trading volume also declined. While turnover had crossed NPR 5 billion on Tuesday, Wednesday’s transactions amounted to only NPR 4.12 billion. Analysts say that profit-booking and the need to manage Dashain festival expenses led to increased selling pressure.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • ओईसिडीको प्रतिवेदन : विश्व आर्थिक वृद्धिदर क्रमशः घट्दै
      Investor

      ओईसिडीको प्रतिवेदन : विश्व आर्थिक वृद्धिदर क्रमशः घट्दैOECD Report: Global Economic Growth Projected to Decline Gradually

      ओईसिडीको प्रतिवेदन : विश्व आर्थिक वृद्धिदर क्रमशः घट्दै काठमाडौं । आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले विश्व अर्थतन्त्रको वृद्धिदर क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ। प्रतिवेदनअनुसार सन् २०२४ मा ३.३ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०२५ मा ३.२ प्रतिशतमा झर्नेछ भने सन् २०२६ मा झनै घटेर २.९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। ओईसिडीका अनुसार वृद्धिदरमा आएको यस गिरावटका मुख्य कारणहरूमा अग्रिम व्यापार आपूर्ति प्रणालीको अन्त्य, भन्सार दरमा वृद्धि र नीतिगत अनिश्चितता रहेका छन्, जसले लगानी र अन्तर्राष्ट्रिय व्यापारलाई कमजोर बनाएको छ। यद्यपि दीर्घकालीन अनुमान कमजोर देखिए पनि सन् २०२५ को पहिलो छ महिनामा केही उदाउँदो अर्थतन्त्रहरूले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेका छन्। भन्सार बढ्नुअघि व्यापारीहरूले आपूर्ति तीव्र पारेका कारण उत्पादन र व्यापारमा अस्थायी वृद्धि देखिएको हो।OECD Report: Global Economic Growth Projected to Decline Gradually Kathmandu – The Organisation for Economic Co-operation and Development (OECD) has projected that global economic growth will continue to decline in the coming years. According to its latest report, the world economy, which grew by 3.3% in 2024, is expected to slow down to 3.2% in 2025 and further fall to 2.9% in 2026. The OECD highlighted several key reasons behind this slowdown, including the end of advanced trade supply mechanisms, rising tariffs, and policy uncertainty, all of which have weakened investment and international trade. Despite the weak long-term outlook, some emerging economies showed stronger-than-expected performance in the first half of 2025. This was mainly due to businesses accelerating shipments before tariff hikes, leading to a temporary boost in production and trade.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
      Investor

      झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्नIPO Allotment of Jhapa Energy Limited Completed

      झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओमा आवेदक मध्ये ४७ हजार ३ सय २७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर प्राप्त गरेका छन्। बाँडफाँटको नतिजा हिमालयन क्यापिटल, मेरोसेयर एकाउन्ट, सीडीएस एण्ड क्लियरिङको वेबसाइट (https://iporesult.cdsc.com.np/) र कम्पनीको आधिकारिक वेबसाइट बाट हेर्न सकिनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्काशन गर्न गत असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसअघि जारी पूँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बिक्री गरी बाँडफाँट सम्पन्न भइसकेको छ।IPO Allotment of Jhapa Energy Limited Completed Kathmandu – The IPO allotment of Jhapa Energy Limited, which was issued to the general public from Bhadra 20 to Bhadra 30, has been completed today. According to the issue manager, Himalayan Capital Limited, a total of 47,327 applicants received 10 shares each, while 6 applicants received 11 shares each. Investors can check the IPO results through Himalayan Capital, their MeroShare accounts, the CDS and Clearing website (https://iporesult.cdsc.com.np/), and the company’s official website. Jhapa Energy had received approval from the Securities Board of Nepal (SEBON) on Ashad 31 to issue a total of 950,475 shares at a par value of Rs. 100 per share.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • नेप्सेमा कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन
      Investor

      नेप्सेमा कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजनNEPSE Adjusts Share Prices of Kamana Sewa Bikas Bank and Universal Power Company

      नेप्सेमा कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन गरिएको छ। नेप्सेले कामना सेवा विकास बैंक र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ बुकक्लोज भएपछि समायोजन गरेको हो। नेप्सेका अनुसार, कामना सेवा विकास बैंकले १० प्रतिशत बोनस सेयर र युनिभर्सल पावर कम्पनीले ९ प्रतिशत बोनस सेयर घोषणा गरेपछि सेयर मूल्य समायोजन गरिएको हो। समायोजनपश्चात कामना सेवा विकास बैंकको सेयर मूल्य रु ४७७.७३ कायम भएको छ भने युनिभर्सल पावर कम्पनीको सेयर मूल्य रु ३८०.२८ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कामना सेवा विकास बैंकको सेयर प्रतिकित्ता रु ५२५.५० र युनिभर्सल पावरको सेयर रु ४१४.५० मा अन्तिम कारोबार भएको थियो। सोही मूल्यलाई आधार मानेर नेप्सेले समायोजन गरेको हो। यसरी समायोजित मूल्यलाई आधार बनाएर आजदेखि दोस्रो बजारमा यी कम्पनीहरूको कारोबार सुरु हुनेछ।NEPSE Adjusts Share Prices of Kamana Sewa Bikas Bank and Universal Power Company Kathmandu – The Nepal Stock Exchange (NEPSE) has adjusted the share prices of Kamana Sewa Bikas Bank and Universal Power Company following their book closure for the purpose of dividend distribution and annual general meeting (AGM). According to NEPSE, the adjustment was made after the companies declared bonus shares — 10 percent for Kamana Sewa Bikas Bank and 9 percent for Universal Power Company.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज
      Investor

      सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेजGovernment Scraps Personal Secretary Facility for Lawmakers and Political Office Bearers

      सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिव सुविधा खारेज काठमाडौं । सरकारले सांसद र राजनीतिक पदाधिकारीलाई दिइँदै आएको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत यस्तो सुविधा हटाइने भएको हो। यस निर्णय अनुसार अबदेखि सांसदसहित अन्य राजनीतिक पदाधिकारीले स्वकीय सचिव राख्न पाउने छैनन्। तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख तथा संघ–प्रदेश सरकारका मन्त्रीहरू भने स्वकीय सचिव राख्न सक्नेछन्। त्यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष बाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीका लागि सल्लाहकार नियुक्ति गर्न पनि रोक लगाइने भएको छ।Government Scraps Personal Secretary Facility for Lawmakers and Political Office Bearers Kathmandu – The Government of Nepal has decided to abolish the facility of personal secretaries for lawmakers and political office bearers. According to the Ministry of Finance, the decision was made at the ministerial level as part of a cost-cutting measure. With this decision, Members of Parliament and other political office holders will no longer be entitled to personal secretaries. However, the facility will still be available to the President, Vice President, Prime Minister, Speaker of the House of Representatives, Chairperson of the National Assembly, Provincial Chiefs, and ministers of both the federal and provincial governments.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • शिव श्री हाइड्रोपावरले हकप्रद सेयर आवेदन अवधि असोज २३ गतेसम्म थप
      Top

      शिव श्री हाइड्रोपावरले हकप्रद सेयर आवेदन अवधि असोज २३ गतेसम्म थपShiv Shree Hydropower Extends Rights Share Application Deadline till Ashwin 23

      शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले आफ्नो शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि असोज २३ गतेसम्म थप गरेको छ। कम्पनीले १:१ अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर प्रतिशेयर रू. १०० दरमा जारी गर्दैछ, जसले कम्पनीको चुक्ता पूँजी २ अर्ब ९५ करोड रुपैयाँ पुग्नेछ। संकलित रकम बैंक ऋण भुक्तानीमा प्रयोग गरिनेछ।Shiv Shree Hydropower Limited (SSHL) has extended the application deadline for its 100% rights issue until Ashwin 23. The company is issuing 14.76 million units of rights shares at Rs. 100 each in a 1:1 ratio, which will raise its paid-up capital to Rs. 2.95 billion. The proceeds will be used to repay bank loans.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • मञ्जुश्री फाइनान्सले १५% नगद लाभांश घोषणा
      Investor

      मञ्जुश्री फाइनान्सले १५% नगद लाभांश घोषणाManjushree Finance Declares 15% Cash Dividend

      मञ्जुश्री फाइनान्सले १५% नगद लाभांश घोषणा काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीको असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित नाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीले प्रष्ट पारे अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिएपछि मात्र कार्यान्वयन हुनेछ। त्यसपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नगद लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।Manjushree Finance Declares 15% Cash Dividend Kathmandu – Manjushree Finance Limited has announced a dividend payout for its shareholders from the profits of the fiscal year 2081/82. The company has proposed to distribute 15 percent cash dividend on the current paid-up capital. The decision was made during the Board of Directors’ meeting held on Tuesday, Aswin 7. The dividend proposal is based on the company’s accumulated profit and audited financial statements of the fiscal year.

      NEPSE TRADING·24 Sep, 2025·1 min read
    • नेपाललाई जर्मनीदेखि रुससम्म व्यापारमा नाफा, नाफा हुने देश कुन कुन हुन ?
      Top

      नेपाललाई जर्मनीदेखि रुससम्म व्यापारमा नाफा, नाफा हुने देश कुन कुन हुन ? From Germany to Russia, Nepal Records Trade Surplus: Which Countries Brought Profits?

      नेपालले केही मुलुकसँग नाफा कमायो, तर समग्र घाटा यथावत काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले धेरैजसो मुलुकसँग व्यापार घाटा खेप्दा पनि केही मुलुकसँग भने नाफा (Trade Surplus) कमाएको छ। भन्सार विभागका तथ्याङ्कअनुसार, १२६ देशहरूमध्ये करिब डेढ दर्जन मुलुकसँग नेपालको व्यापार नाफामा देखिएको छ। नेपालले सबैभन्दा ठूलो नाफा जर्मनीसँग कमाएको छ। यस अवधिमा जर्मनीसँगको आयात ७ अर्ब १६ करोड रुपैयाँमा सीमित रहँदा निर्यात भने ८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यसरी जर्मनीसँग मात्रै १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी नाफा भएको छ। जर्मनीतर्फ नेपाली कर्पेट, गार्मेन्ट्स, हस्तकलाका सामान र चिया–कफी जस्ता वस्तु प्रमुख निर्यात बनेका छन्।From Germany to Russia, Nepal Records Trade Surplus: Which Countries Brought Profits? Kathmandu – In the first two months of the current fiscal year 2082/83, while Nepal faced trade deficits with most countries, it still managed to record a trade surplus with a handful of nations. According to data from the Department of Customs, Nepal enjoyed positive trade balances with about a dozen countries out of 126 trading partners. The largest surplus came from Germany. Imports from Germany amounted to Rs. 7.16 billion, while exports surged to Rs. 8.72 billion, leaving Nepal with a surplus of more than Rs. 1.56 billion. Major exports to Germany included handmade carpets, garments, handicrafts, and tea and coffee products. Nepal also posted a notable surplus with Russia. Imports during the two-month period were just Rs. 9 million, while exports crossed Rs. 310 million, generating a surplus of over Rs. 220 million.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • भारतसँग मात्र १ खर्ब ३५ अर्ब घाटा : आयातमा निर्भरता झन् बढ्यो
      Investor

      भारतसँग मात्र १ खर्ब ३५ अर्ब घाटा : आयातमा निर्भरता झन् बढ्योTrade Deficit with India Crosses Rs. 135 Billion: Import Dependence Deepens

      भारतसँग मात्र १ खर्ब ३५ अर्ब घाटा : आयातमा निर्भरता झन् बढ्यो काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले भारतसँगको व्यापारमा मात्रै १ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा भारतबाट १ खर्ब ७३ अर्ब ५४ करोड रुपैयाँको सामान आयात गरिएको छ भने निर्यात भने ३८ अर्ब ३५ करोड रुपैयाँमा सीमित रह्यो। भारतसँगको व्यापारिक सम्बन्ध परम्परागत रूपमा घनिष्ठ भए पनि नेपाल लगातार आयात–निर्भर बन्दै गएको तथ्याङ्कले देखाउँछ। पेट्रोलियम पदार्थ, गाडी, खाद्यान्न, औषधि, लत्ता कपडा लगायतका वस्तुमा भारत मुख्य आपूर्तिकर्ता बनेको छ। यता, नेपालले भारततर्फ प्रमुख रूपमा सोयाबिन तेल, चिया, अदुवा, मसला र कर्पेट निर्यात गरेको छ। तर निर्यात वृद्धिको गति आयात वृद्धिको तुलनामा न्यून रहँदा कुल घाटा अझै बढेको छ। विशेषज्ञहरूको भनाइमा, भारतसँगको व्यापार घाटा घटाउन नेपालले आयात प्रतिस्थापन गर्ने उत्पादनमा लगानी, निर्यात विविधीकरण र गुणस्तरीय उत्पादनमार्फत भारतीय बजारमा प्रवेश बढाउनुपर्ने आवश्यकता छ। नत्र, भारतसँगको निर्भरता अझ बढ्दै जाने र विदेशी मुद्रा सञ्चितिमा थप दबाब पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।Trade Deficit with India Crosses Rs. 135 Billion: Import Dependence Deepens Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal recorded a massive trade deficit of more than Rs. 135 billion with India alone. According to the Department of Customs, imports from India reached Rs. 173.54 billion, while exports stood at just Rs. 38.35 billion. Although Nepal and India share a traditionally close trade relationship, the data shows that Nepal has become increasingly dependent on India for essential goods. Petroleum products, vehicles, food grains, medicines, and textiles are among the major items imported from India.

      NEPSE TRADING·23 Sep, 2025·1 min read