NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 86 / 186Next
    • एसवाई प्यानेल नेपाल लिमिटेडले चितवनका आयोजना प्रभावित स्थानीयका लागि आईपीओ आज बन्द गर्दै
      Investor

      एसवाई प्यानेल नेपाल लिमिटेडले चितवनका आयोजना प्रभावित स्थानीयका लागि आईपीओ आज बन्द गर्दैSY Panel Nepal Limited Closes IPO for Project-Affected Locals of Chitwan Today

      एसवाई प्यानेल नेपाल लिमिटेडले चितवनका आयोजना प्रभावित स्थानीयका लागि आईपीओ आज बन्द गर्दै चितवन — एसवाई प्यानेल नेपाल लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) आज असोज २१ गते बन्द गर्दैछ। कम्पनीले असोज ७ गतेदेखि चितवन जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि कुल २ लाख ६१ हजार ६२७ कित्ता आईपीओ सेयर जारी गरेको थियो। कम्पनीको जारी पूँजी रु. १ अर्ब ३० करोड रहेको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो। सो मध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता (रु. २ करोड ६१ लाख ६२७ हजार) सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको हो। बाँकी ३८ प्रतिशत अर्थात् ४९ लाख ७० हजार ९२० कित्ता सेयर सर्वसाधारणका लागि पछि निष्कासन गरिनेछ।SY Panel Nepal Limited Closes IPO for Project-Affected Locals of Chitwan Today Chitwan — SY Panel Nepal Limited is closing the issue of 2,61,627 units of Initial Public Offering (IPO) shares for project-affected locals of Chitwan District today, 21st Ashwin, 2082. The IPO had opened on 7th Ashwin, 2082. The company’s issued capital is Rs. 1.30 Arba (Rs. 1.3 billion). Of this, 40% or 5,232,548 unit shares will be issued to the public. Out of the total issue, 2% (2,61,627 units worth Rs. 2.61 crores) has been allocated for project-affected locals of Chitwan District. The remaining 38% (49,70,920 units) will be offered to the general public later.

      NEPSE TRADING·7 Oct, 2025·1 min read
    • सुनको मूल्यले फेरि तोड्यो रेकर्ड — तोलाको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँमा
      Investor

      सुनको मूल्यले फेरि तोड्यो रेकर्ड — तोलाको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँमाGold Price Hits New Record — Reaches Rs. 235,400 Per Tola

      सुनको मूल्यले फेरि तोड्यो रेकर्ड — तोलाको मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँमा काठमाडौं । लगातार बढ्दै आएको सुनको मूल्य आज मंगलबार फेरि नयाँ कीर्तिमानमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो। महासंघका अनुसार आज सुनको मूल्य हिजो सोमबारको तुलनामा तोलामा २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो। सोमबारको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँ थियो।Gold Price Hits New Record — Reaches Rs. 235,400 Per Tola Kathmandu — The price of gold in Nepal reached a new record high on Tuesday, continuing its upward momentum. According to the Federation of Nepal Gold and Silver Dealers’ Association (FENEGOSIDA), the price of hallmark gold has climbed to Rs. 235,400 per tola, the highest ever recorded in the country’s market history. Compared to Monday, when the price stood at Rs. 233,100 per tola, today’s rate marks an increase of Rs. 2,300 per tola.

      NEPSE TRADING·7 Oct, 2025·1 min read
    • भारी वर्षाबाट ३२ जलविद्युत आयोजना प्रभावित — इलाममा सबैभन्दा बढी क्षति
      Investor

      भारी वर्षाबाट ३२ जलविद्युत आयोजना प्रभावित — इलाममा सबैभन्दा बढी क्षति32 Hydropower Projects Affected by Heavy Rainfall — Ilam Hit the Hardest

      भारी वर्षाबाट ३२ जलविद्युत आयोजना प्रभावित — इलाममा सबैभन्दा बढी क्षति असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाले देशभरका जलविद्युत आयोजना प्रभावित पारेका छन्। ऊर्जा उत्पादकहरूको संस्था इप्पान (IPPAN) का अनुसार, हालसम्म संकलित प्रारम्भिक विवरणअनुसार १० जिल्लामा ३२ वटा जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्।32 Hydropower Projects Affected by Heavy Rainfall — Ilam Hit the Hardest Continuous rainfall from October 3 to 5 (Ashoj 17–19) has caused severe damage to hydropower projects across Nepal. According to the Independent Power Producers’ Association of Nepal (IPPAN), a total of 32 hydropower projects in 10 districts have been affected by floods and landslides.

      NEPSE TRADING·7 Oct, 2025·2 min read
    • सरकारी बिदा फिर्ता भए पनि सेयर बजार आज नखुल्ने
      Investor

      सरकारी बिदा फिर्ता भए पनि सेयर बजार आज नखुल्नेNepal Stock Market Remains Closed Today Despite Holiday Withdrawal

      सरकारी बिदा फिर्ता भए पनि सेयर बजार आज नखुल्ने काठमाडौं । सोमबारका लागि गृह मन्त्रालयले सार्वजनिक बिदा फिर्ता लिए पनि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार नहुने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार, बिदा घोषणा भएपछि अधिकांश कर्मचारी कार्यालय बाहिर भएकाले बजार सञ्चालन गर्न सम्भव नभएको हो। “बिदा भन्ने भएपछि सबै कर्मचारी बाहिर छन्। कार्यालय खुले पनि आज बजार खुला हुन सकेन,” उनले बताए। दसैँ बिदाका कारण नेप्से परिसूचक गत सोमबारदेखि बन्द रहेको थियो। बिदा सकिएसँगै आइतबारदेखि बजार खुल्ने भनिए पनि अविरल वर्षा र यातायात अवरुद्धका कारण सरकारले आइतबार र सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो।Nepal Stock Market Remains Closed Today Despite Holiday Withdrawal Kathmandu — Although the Ministry of Home Affairs has withdrawn the public holiday announced for Monday, the Nepal Stock Exchange (NEPSE) will remain closed today. According to NEPSE spokesperson Murahari Parajuli, most employees had already left after the holiday announcement, making it impossible to operate the market today. “Since it was declared a holiday, all employees are out of the office. Even though the office has technically opened, trading could not resume today,” Parajuli said. The stock market had remained closed since last Monday due to the Dashain festival holidays. Trading was expected to resume on Sunday; however, continuous rainfall and disruptions in highways and air routes led the government to declare public holidays on Sunday and Monday.

      NEPSE TRADING·6 Oct, 2025·1 min read
    • बिटक्वाइनको मूल्य कीर्तिमानी उचाइमा — अमेरिकी नीतिले बजारमा सकारात्मक असर
      Investor

      बिटक्वाइनको मूल्य कीर्तिमानी उचाइमा — अमेरिकी नीतिले बजारमा सकारात्मक असरBitcoin Reaches Record-Breaking Price Amid Pro-Crypto U.S. Policies and Institutional Demand

      बिटक्वाइनको मूल्य कीर्तिमानी उचाइमा — अमेरिकी नीतिले बजारमा सकारात्मक असर काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार अमेरिकी बजारमा यसको मूल्य झण्डै २.७ प्रतिशतले बढ्दै १ लाख २५ हजार २४५.५७ अमेरिकी डलर पुगेको छ, जुन हालसम्मकै उच्चतम स्तर हो। बिटक्वाइनको मूल्यवृद्धिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको क्रिप्टो–मैत्री नीति र संस्थागत लगानीकर्ताहरूको उच्च माग मुख्य कारणका रूपमा देखिएको छ। अगस्ट महिनाको मध्यतिर पनि बिटक्वाइन १ लाख २४ हजार ४८० डलरसम्म पुगेको थियो, जसपछि बजारमा पुनः उत्साह देखिएको हो।Bitcoin Reaches Record-Breaking Price Amid Pro-Crypto U.S. Policies and Institutional Demand Kathmandu — The world’s largest cryptocurrency, Bitcoin, has reached a new all-time high, continuing its bullish rally in the global market. On Sunday, Bitcoin surged by 2.7%, hitting a record price of $125,245.57, according to U.S. market data. The sharp rise marks the highest valuation in the cryptocurrency’s history. The rally has been largely driven by the pro-crypto regulatory environment under U.S. President Donald Trump’s administration and strong institutional investor demand. In mid-August, Bitcoin had already touched around $124,480, fueled by optimism over favorable government decisions.

      NEPSE TRADING·6 Oct, 2025·1 min read
    • ३० दिनभित्र कर कार्यालयलाई क्षतिको जानकारी दिनुपर्ने — जेनजी आन्दोलनका पीडित उद्योगीलाई सरकारको सूचना
      Investor

      ३० दिनभित्र कर कार्यालयलाई क्षतिको जानकारी दिनुपर्ने — जेनजी आन्दोलनका पीडित उद्योगीलाई सरकारको सूचनाBusinesses Affected by Gen-Z Protests Must Report Damages to Tax Office Within 30 Days

      ३० दिनभित्र कर कार्यालयलाई क्षतिको जानकारी दिनुपर्ने — जेनजी आन्दोलनका पीडित उद्योगीलाई सरकारको सूचना २४ भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा लुटपाटबाट क्षति बेहोरेका उद्योगी–व्यवसायीलाई ३० दिनभित्र कर कार्यालयमा क्षतिको विवरण दिन सरकारको निर्देशन आएको छ। मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ३९क अनुसार आगजनी, चोरी, दुर्घटना वा ध्वंसात्मक गतिविधिका कारण सम्पत्तिमा हानि नोक्सानी भएमा करदाताले त्यस वस्तुमा तिरेको कर कट्टी गर्न पाउने व्यवस्था छ। तर, सो प्रयोजनका लागि घटना भएको ३० दिनभित्र सम्बन्धित कर अधिकृत समक्ष निवेदन दिनुपर्ने कानुनी प्रावधान छ।Businesses Affected by Gen-Z Protests Must Report Damages to Tax Office Within 30 Days Kathmandu — Businesses and industries that suffered losses due to arson, vandalism, and looting during the Gen-Z movement on Bhadra 24 (September 9, 2025) are required to report those damages to their respective tax offices within 30 days, as per government regulations. According to Rule 39Ka of the Value Added Tax (VAT) Regulations, taxpayers can claim deductions on VAT paid for goods or properties that were damaged or destroyed due to incidents such as fire, theft, accidents, or destructive activities. However, to be eligible for such deductions, they must file an application to the concerned tax officer within 30 days of the incident.

      NEPSE TRADING·5 Oct, 2025·1 min read
    • सिटी होटलको ८०% हकप्रद शेयर आवेदन अवधि असोज २६ सम्म थप
      Investor

      सिटी होटलको ८०% हकप्रद शेयर आवेदन अवधि असोज २६ सम्म थपCity Hotel Extends Deadline for 80% Rights Offering

      सिटी होटलको ८०% हकप्रद शेयर आवेदन अवधि असोज २६ सम्म थप सिटी होटल लिमिटेड (CITY) ले भदौ २३ गतेदेखि बिक्रीमा राखेको ८०% हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। प्रारम्भिक रूपमा असोज १२ गते बन्द हुने समय तोकिए पनि, नयाँ सूचना अनुसार अब आवेदन अवधि असोज २६ गतेसम्म कायम हुनेछ। कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड रुपैयाँमा आधारित रही १:०.८० अनुपातमा १ करोड ३१ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ। यसमार्फत १ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन हुनेछ। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ। सिडिएससीको विवरण अनुसार हालसम्म ४६ हजार ७५४ आवेदकले १० लाख १९७ कित्ता (१० करोड रुपैयाँ बराबर) हकप्रद शेयरका लागि आवेदन दिएका छन्। यस हकप्रद निष्काशनको इश्यू म्यानेजर प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यसअघि साउन २७ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार सो मितिभन्दा अघि शेयरधनी रहेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन्।City Hotel Extends Deadline for 80% Rights Offering City Hotel Limited (CITY) has extended the application deadline for its ongoing 80% rights offering. Initially set to close on Ashwin 12, 2082, the issue will now remain open until Ashwin 26, 2082. The company is issuing 13,192,000 right shares at a ratio of 1:0.80, amounting to Rs. 1.67 Arba. Based on the company’s existing paid-up capital of Rs. 1.67 Arba, its capital will increase to Rs. 3.01 Arba after the adjustment of the proposed right shares. According to CDSC, a total of 46,754 applicants have applied for 10,00,197 units of rights shares, equivalent to Rs. 10 crore. Prabhu Capital Limited is the issue manager for this offering. The company had set its book closure date on Shrawan 27, 2082, meaning only shareholders who held shares before that date are eligible to apply.

      NEPSE TRADING·28 Sep, 2025·1 min read
    • मुक्तिनाथ विकास बैंकले १८.२०% लाभांशका लागि बुकक्लोज मिति तोक्यो
      Investor

      मुक्तिनाथ विकास बैंकले १८.२०% लाभांशका लागि बुकक्लोज मिति तोक्योMuktinath Bikas Bank Announces Book Closure Date for 18.20% Dividend

      मुक्तिनाथ विकास बैंकले १८.२०% लाभांशका लागि बुकक्लोज मिति तोक्यो मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले आगामी कार्तिक १५ गते १९औं वार्षिक साधारण सभा (AGM) गर्ने भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको १८.२० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। बैंकको ३५८औं सञ्चालक समिति बैठक भदौ ३१ गते बसेर हाल कायम चुक्ता पुँजी ७ अर्ब ४ करोड रुपैयाँबाट १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। साधारण सभामा अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने एजेन्डा पनि रहेको छ। बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि असोज ३१ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। सो मितिभन्दा अघि नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन्।Muktinath Bikas Bank Announces Book Closure Date for 18.20% Dividend Muktinath Bikas Bank Limited (MNBBL) has scheduled its 19th Annual General Meeting (AGM) for Kartik 15, 2082. The AGM will endorse the board’s proposal of an 18.20% dividend for the fiscal year 2081/82. The decision was made during the bank’s 358th board meeting held on Bhadra 31, 2082. Based on the paid-up capital of Rs. 7.04 Arba, the dividend proposal includes 13.53% bonus shares and 4.67% cash dividend (including tax). Other agendas include endorsing the auditor’s report along with the profit and loss account, financial statements, and cash flow statements, as well as appointing an auditor for the fiscal year 2082/83. The bank has set Ashwin 31 as the book closure date. Shareholders recorded before this date will be eligible for the dividend payout and are also entitled to participate in the upcoming AGM.

      NEPSE TRADING·28 Sep, 2025·1 min read
    • सगर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी १ लाख १९ हजार ६४ जनाले पाए १०/१० कित्ता
      Investor

      सगर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी १ लाख १९ हजार ६४ जनाले पाए १०/१० कित्ताSagar Distillery IPO Allotment Concludes: 1,19,064 Applicants Receive 10 Units Each

      सगर डिष्टिलरीको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी १ लाख १९ हजार ६४ जनाले पाए १०/१० कित्ता सगर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँट आज इश्यू म्यानेजर मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ। कम्पनीले भदौ ३० देखि असोज ५ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर सार्वजनिक निष्काशन गरेको थियो। कम्पनीको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात १४ लाख ५२ हजार कित्ता (१४ करोड ५२ लाख रुपैयाँ बराबर) सर्वसाधारणका लागि निष्काशन गरिएको हो। यस मध्ये १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता विदेशमा रहेका नेपालीका लागि, ३ प्रतिशत अर्थात ४३ हजार ५६० कित्ता कम्पनीका कर्मचारीका लागि, र ५ प्रतिशत अर्थात ७२ हजार ६०० कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको थियो। बाँकी ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।Sagar Distillery IPO Allotment Concludes: 1,19,064 Applicants Receive 10 Units Each The IPO allotment of Sagar Distillery Limited (SDL) was completed today at the premises of the issue manager, Muktinath Capital Limited, Naxal, Kathmandu. The company had issued 11,90,640 units of shares to the general public from Bhadra 30 to Ashwin 5, 2082. Sagar Distillery’s paid-up capital stands at Rs. 72.60 crores, of which 20% (14,52,000 unit shares worth Rs. 14.52 crores) was allocated for public issuance. Out of this, 10% (1,45,200 units) were set aside for Nepali citizens working abroad, 3% (43,560 units) for employees, and 5% (72,600 units) for mutual funds. The remaining 11,90,640 units were available to the general public.

      NEPSE TRADING·28 Sep, 2025·1 min read
    • आरएसडीसी लघुवित्तले ८% नगद लाभांश प्रस्ताव गर्‍यो
      Top

      आरएसडीसी लघुवित्तले ८% नगद लाभांश प्रस्ताव गर्‍योRSDC Laghubitta Proposes 8% Cash Dividend

      आरएसडीसी लघुवित्तले ८% नगद लाभांश प्रस्ताव गर्‍यो आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले आर्थिक वर्ष २०८१/८२ का लागि ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको १७६औं बैठक असोज ११ गते बसेर हाल कायम चुक्ता पुँजी १ अर्ब ३ करोड रुपैयाँबाट ८ प्रतिशत दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार कम्पनीले नगद लाभांश (कर सहित) ८ करोड २७ लाख रुपैयाँ बराबर वितरण गर्ने प्रस्ताव गरेको छ। यस लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन्। हाल बजारमा आरएसडीसी लघुवित्तको अन्तिम कारोबार मूल्य (LTP) ६५९.९० रुपैयाँ कायम रहेको छ।RSDC Laghubitta Proposes 8% Cash Dividend RSDC Laghubitta Bittiya Sanstha Limited (RSDC) has proposed an 8% cash dividend for the fiscal year 2081/82. The proposal was decided during the 176th meeting of the Board of Directors (BOD) held on Ashwin 11. Based on the company’s paid-up capital of Rs. 1.03 Arba, the proposed dividend amounts to around Rs. 8.27 Crores (including tax).

      NEPSE TRADING·28 Sep, 2025·<1 min read
    • रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन अवधि असोज २६ सम्म थप
      Investor

      रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन अवधि असोज २६ सम्म थपRiver Falls Power Extends Rights Share Application Deadline Until Ashoj 26

      रिभर फल्स पावरको हकप्रद शेयरमा आवेदन अवधि असोज २६ सम्म थप रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले जानकारी गराएअनुसार अब यस हकप्रदमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले प्रति शेयर रु १०० अंकित मूल्यका ७० लाख कित्ता, अर्थात ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरिरहेको छ। हकप्रद प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।River Falls Power Extends Rights Share Application Deadline Until Ashoj 26 River Falls Power Limited has extended the deadline for its 100% rights share issuance, which opened on Bhadra 23. Investors can now apply until Ashoj 26. The company is issuing rights shares at the ratio of 1:1, meaning one new share for every one existing share. In total, the company is offering 7 million rights shares at a par value of NPR 100 per share, amounting to NPR 700 million. For this rights offering, the company had set its book closure date on Shrawan 26. Therefore, only shareholders who held shares traded on NEPSE up to Shrawan 25 are eligible to apply.

      NEPSE TRADING·28 Sep, 2025·1 min read
    • जेनजी आन्दोलनका कारण बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो
      Investor

      जेनजी आन्दोलनका कारण बीमा दाबी २३ अर्ब ३९ करोड पुग्योInsurance Claims from Gen Z Protests Reach NPR 23.39 Billion

      जेनजी आन्दोलनका कारण बीमा दाबी २३ अर्ब ३९ करोड पुग्यो गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनका कारण मुलुकभरका भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो। यसका लागि बीमा कम्पनीहरूमा हालसम्म रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको बीमा दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। बीमा दाबीको आवेदन आउने क्रम अझै जारी रहेकाले यो रकम थप बढ्ने अनुमान गरिएको छ। बीमा प्राधिकरणको तथ्यांकअनुसार, हालसम्म कुल २,९८८ वटा बीमा दाबीका आवेदन दर्ता भएका छन्। तीमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा दाबी परेको छ। प्रदेशगत हिसाबले सबैभन्दा बढी बीमा दाबी बागमती प्रदेशमा दर्ता भएको छ, जहाँ १,६०८ वटा आवेदन परेको छ। त्यसपछि कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटा बीमा दाबी दर्ता भएका छन्।Insurance Claims from Gen Z Protests Reach NPR 23.39 Billion The Gen Z protests of Bhadra 23 and 24 caused widespread destruction of physical infrastructure across Nepal. According to the Nepal Insurance Authority, insurance claims related to these damages have already reached NPR 23.39 billion, and the number is expected to rise further as applications continue to be filed. So far, a total of 2,988 insurance claims have been registered. These include 594 property insurance claims, 2,209 motor insurance claims, 144 engineering and contractor risk insurance claims, 11 transport insurance claims, and 30 other categories of insurance claims. In terms of provincial distribution, the highest number of claims has come from Bagmati Province, with 1,608 applications. Following that, Koshi Province reported 377 claims, Madhesh 323, Gandaki 219, Lumbini 254, Karnali 25, and Sudurpaschim 182.

      NEPSE TRADING·28 Sep, 2025·1 min read
    • नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता बुझाउन अल्टिमेटम
      Investor

      नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता बुझाउन अल्टिमेटमNEA Issues Ultimatum to Clear Dedicated & Trunk Line Dues

      नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता बुझाउन अल्टिमेटम नेपाल विद्युत प्राधिकरण (नेपा) ले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत लिएका उपभोक्ताहरुलाई बक्यौता बुझाउन कात्तिक १७ गतेसम्मको अन्तिम म्याद तोकेको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आइतबार सूचना प्रकाशित गर्दै बक्यौता महशुल तोकिएको समयमा नबुझाउने उपभोक्तामाथि कारबाही हुने चेतावनी दिएको हो। सो सूचना प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको निर्णयअनुसार प्रकाशित गरिएको उल्लेख छ।NEA Issues Ultimatum to Clear Dedicated & Trunk Line Dues Kathmandu, Sept 28 – The Nepal Electricity Authority (NEA) has given an ultimatum to consumers using electricity through dedicated feeders and trunk lines to clear their outstanding dues by Kartik 17. In a public notice issued on Sunday, NEA’s Distribution and Consumer Services Directorate warned that action would be taken against those failing to settle dues within the given timeframe. The authority stated that the notice was published as per the decision of the NEA Board of Directors on Asoj 10.

      NEPSE TRADING·28 Sep, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकको भदौ महिनाको मासिक Balance Sheet सार्वजनिक
      Investor

      नेपाल राष्ट्र बैंकको भदौ महिनाको मासिक Balance Sheet सार्वजनिकNepal Rastra Bank Publishes Monthly Balance Sheet for Bhadra 2082

      नेपाल राष्ट्र बैंकको भदौ महिनाको मासिक बैलेन्ससिट सार्वजनिक नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८२ को भदौ महिनाको मासिक वित्तीय विवरण (बैलेन्ससिट) सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, भदौ मसान्तसम्म बैंकको जम्मा सम्पत्ति रु. २८ खर्ब ४६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो असार मसान्तमा यो रकम रु. २६ खर्ब ५९ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।Nepal Rastra Bank Publishes Monthly Balance Sheet for Bhadra 2082 Nepal Rastra Bank (NRB) has published its monthly financial statement (provisional balance sheet) for the month of Bhadra 2082. According to the report, NRB’s total assets stood at Rs. 28.46 trillion at the end of Bhadra, compared to Rs. 26.59 trillion at the end of Ashadh.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बोलकबोलको बोलपत्र असोज १० गते खुल्ने
      Top

      एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बोलकबोलको बोलपत्र असोज १० गते खुल्नेAsian Life Insurance to Open Bids for Unsold Right Shares on Ashwin 10

      एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर बोलकबोलको बोलपत्र असोज १० गते खुल्ने एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो हकप्रद शेयरमध्ये बाँकी रहेका सेयरहरू बोलकबोल (गोप्य शिल्ड टेन्डर) मार्फत विक्री गर्न लागेको छ। कम्पनीले १:०.४२ अनुपातमा जारी गरेको हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेपछि संस्थापक समूहका ३०,०३८.५७ कित्ता र सर्वसाधारण समूहका ३,२८,४७३.९१ कित्ता हकप्रद शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको हो। यसका लागि आवेदन असोज ५ गतेसम्म माग गरिएको थियो। प्राप्त सबै बोलपत्रहरू असोज १० गते, शुक्रबार बिहान ८ बजे खोलिने भएका छन्। बोलपत्र खोल्ने स्थान मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं तोकिएको छ। लगानीकर्ताले बोलपत्र खोलिएको प्रक्रिया प्रत्यक्ष हेर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडको Facebook Live मार्फत प्रसारण गरिने कम्पनीले जनाएको छ। यस बोलकबोल प्रक्रियाको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।Asian Life Insurance to Open Bids for Unsold Right Shares on Ashwin 10 Asian Life Insurance Company Limited has announced that it will open the bids for its unsold right shares through a sealed-bid (closed tender) process. The company had earlier issued right shares in the ratio of 1:0.42, but due to insufficient applications, 30,038.57 promoter right shares and 328,473.91 ordinary right shares remain unsubscribed. These shares are now being sold through the auction process. Applications were invited until Ashwin 5, 2082, and all received bids will be opened on Ashwin 10, 2082 (Friday) at 8:00 AM at the office of Muktinath Capital Limited, Naxal, Kathmandu. To ensure transparency, the company has stated that the bid opening will also be broadcast live via Muktinath Capital’s official Facebook page. The issue and sales manager for this auction is Muktinath Capital Limited, a subsidiary of Muktinath Bikas Bank Limited.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते हुने
      Investor

      नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते हुनेNepal Lube Oil Limited to Hold 34th Annual General Meeting on Ashwin 31

      नेपाल ल्यूब आयल लिमिटेडको ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते हुने नेपाल ल्यूब आयल लिमिटेड ले आफ्नो ३४औँ वार्षिक साधारण सभा असोज ३१ गते (अक्टोबर १७, २०२५, शुक्रबार) बिहान ११:३० बजे ललितपुरको द प्लाजामा गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको ३८३औँ बैठकले गरेको निर्णयअनुसार साधारण सभामा विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ।Nepal Lube Oil Limited to Hold 34th Annual General Meeting on Ashwin 31 Nepal Lube Oil Limited has announced that its 34th Annual General Meeting (AGM) will be held on Ashwin 31, 2082 (October 17, 2025, Friday) at 11:30 AM at The Plaza, Pulchowk, Lalitpur. The decision was made in the company’s 383rd board meeting, and several key agendas will be discussed and endorsed during the AGM.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • बरुण हाइड्रोपावरको अविक्रीत हकप्रद शेयर बोलकबोलमा, २ दिन मात्रै बाँकी
      Investor

      बरुण हाइड्रोपावरको अविक्रीत हकप्रद शेयर बोलकबोलमा, २ दिन मात्रै बाँकीBarun Hydropower’s Unsold Right Shares on Auction; Only 2 Days Left

      बरुण हाइड्रोपावरको अविक्रीत हकप्रद शेयर बोलकबोलमा, २ दिन मात्रै बाँकी बरुण हाइड्रोपावर कम्पनी लिमिटेड ले आफ्ना अविक्रीत हकप्रद शेयरहरू बोलकबोल (गोप्य शिलबन्दी टेन्डर) मार्फत बिक्री गर्न लागेको छ। कम्पनीले बिक्रीका लागि आह्वान गरेको २,३८,४४३ कित्ता साधारण शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघसंस्था आदिबाट आवेदन माग गरेको हो। यो शेयर खरिदका लागि आवेदन दिने अवधि भदौ २९ गतेदेखि असोज १२ गतेसम्म रहेको छ। अब आवेदन दिनका लागि २ दिन मात्र बाँकी छ। इच्छुक आवेदकहरूले न्यूनतम प्रति शेयर मूल्य रु. १०० अंकित दरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र आवेदन फाराम आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौं तथा राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू (वीरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, विराटनगर, पोखरा लगायत) बाट प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ। बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड ले संकलित बोलपत्रहरूलाई पछि तोकिएको मिति, समय र स्थान सार्वजनिक सूचना मार्फत जानकारी दिई राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशित गरी खोलिने जनाएको छ। यसरी बोलकबोल मार्फत अविक्रीत शेयर बिक्री भएपछि कम्पनीको स्वामित्व संरचनामा नयाँ संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको प्रवेश हुने अपेक्षा गरिएको छ।Barun Hydropower’s Unsold Right Shares on Auction; Only 2 Days Left Barun Hydropower Company Limited has announced the ongoing auction of its unsold right shares through a sealed-bid (closed tender) process. The company has put up 238,443 units of ordinary shares for sale to interested individuals, companies, and institutions. The auction period began on Bhadra 29, 2082 and will close on Ashwin 12, 2082. Now, only 2 days remain for interested applicants to submit their bids. The minimum bid price has been set at Rs. 100 per share.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • एनएमबि सरल बचत फण्ड–ई को नेभ सार्वजनिक, भदौ मसान्तमा १०.३४ रुपैयाँ कायम
      Investor

      एनएमबि सरल बचत फण्ड–ई को नेभ सार्वजनिक, भदौ मसान्तमा १०.३४ रुपैयाँ कायमNMB Saral Bachat Fund–E Publishes NAV Report for Bhadra; Stands at Rs. 10.34

      एनएमबि सरल बचत फण्ड–ई को नेभ सार्वजनिक, भदौ मसान्तमा १०.३४ रुपैयाँ कायम एनएमबि क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–ई ले आर्थि‍क वर्ष २०८२ को भदौ मसान्तसम्मको शुद्ध सम्पत्ति मूल्य (NAV) सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, भदौ मसान्तमा फण्डको नेभ प्रतिइकाई रु. १०.३४ कायम भएको छ। अघिल्लो साउन महिनामा फण्डको नेभ रु. १०.५० रहेको थियो।NMB Saral Bachat Fund–E Publishes NAV Report for Bhadra; Stands at Rs. 10.34 NMB Capital Limited has published the Net Asset Value (NAV) of its mutual fund scheme “NMB Saral Bachat Fund–E” as of the end of Bhadra, 2082. According to the published report, the NAV per unit stood at Rs. 10.34 at the end of Bhadra, compared to Rs. 10.50 in the previous month of Shrawan. The total fund size exceeds Rs. 1.10 Arba, of which Rs. 53.19 crores have been invested in listed company shares, Rs. 49.35 crores in bank deposits, and Rs. 8.05 crores in bank balance.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • पियोर इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको शेयर लक–इन अवधि समाप्त हुँदै
      Investor

      पियोर इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको शेयर लक–इन अवधि समाप्त हुँदैPure Energy Limited Announces Expiry of Mutual Fund Lock-In Period

      पियोर इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको शेयर लक–इन अवधि समाप्त हुँदै पियोर इनर्जी लिमिटेड ले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको लक–इन अवधि समाप्त हुने सूचना प्रकाशित गरेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीले आ.व. २०८२ साल वैशाख ११ गते सार्वजनिक निष्काशनमार्फत १६ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसमध्ये बाँके जिल्लाका आयोजना प्रभावित स्थानीयलाई २ प्रतिशत (१ लाख ६० हजार कित्ता) र सामूहिक लगानी कोषलाई ५ प्रतिशत (७२ हजार कित्ता) शेयर वितरण गरिएको थियो। कम्पनीले जनाएको अनुसार, यी सामूहिक लगानी कोषका लागि छुट्याइएका शेयरहरूको लक–इन अवधि निष्काशन मितिले ६ महिना पूरा भएसँगै आगामी कार्तिक ११ गते (२०२५ अक्टोबर २८) मा समाप्त हुनेछ। यससम्बन्धी जानकारीका लागि कम्पनीले सम्पूर्ण नियामक निकाय, शेयरधनी तथा सरोकारवालाहरुलाई अवगत गराएको छ।Pure Energy Limited Announces Expiry of Mutual Fund Lock-In Period Pure Energy Limited has published a notice regarding the expiry of the lock-in period of ordinary shares allotted to mutual funds. As per the directive of the Securities Board of Nepal (SEBON), the company had issued 1.6 million ordinary shares through its IPO on Baisakh 11, 2082. Out of this, 2% (160,000 shares) were allotted to project-affected locals of Banke District, while 5% (72,000 shares) were reserved for mutual funds.

      NEPSE TRADING·26 Sep, 2025·1 min read
    • श्रीनगर एग्रीटेक इन्डष्ट्रीजले उद्योग प्रभावित क्षेत्रका लागि जारी साधारण शेयर बाँडफाँड सम्पन्न
      Investor

      श्रीनगर एग्रीटेक इन्डष्ट्रीजले उद्योग प्रभावित क्षेत्रका लागि जारी साधारण शेयर बाँडफाँड सम्पन्नShreenagar Agritech Industries Completes IPO Allotment for Project-Affected Locals

      श्रीनगर एग्रीटेक इन्डष्ट्रीजले उद्योग प्रभावित क्षेत्रका लागि जारी साधारण शेयर बाँडफाँड सम्पन्न श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड ले रुपन्देही र पाल्पा जिल्लाका उद्योग प्रभावित स्थानीय बासिन्दाहरूका लागि जारी गरिएको साधारण शेयरको बाँडफाँड सम्पन्न गरेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले १,६३,१२५ कित्ता साधारण शेयर प्रति कित्ता रु. १०० अंकित दरमा निष्काशन गरेको थियो। यो शेयर २०८२ भदौ ११ गतेदेखि भदौ २५ गतेसम्म आवेदनका लागि खुला गरिएको थियो। तर, भदौ २३ गते Gen-Z आन्दोलनका कारण स्थानीय प्रशासनले निषेधाज्ञा/कर्फ्यु जारी गरेपछि दुई दिन संकलन केन्द्र बन्द हुन पुगेको थियो। त्यसपछि आवेदन दिने अवधि भदौ ३० र ३१ गतेसम्म थप गरिएको थियो।Shreenagar Agritech Industries Completes IPO Allotment for Project-Affected Locals Shreenagar Agritech Industries Limited has completed the allotment of ordinary shares issued for project-affected locals of Rupandehi and Palpa districts. Under the issuance and sales management of Nabil Investment Banking Limited, the company had floated 163,125 units of ordinary shares at a par value of Rs. 100 each. The IPO for locals was open from Bhadra 11 to Bhadra 25, 2082. However, due to the Gen-Z movement and subsequent prohibitory orders/curfews imposed by the local administration on Bhadra 23, collection centers remained closed for two days. The application deadline was therefore extended until Bhadra 30 and 31.

      NEPSE TRADING·26 Sep, 2025·1 min read