NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 88 / 186Next
    • गार्मेन्ट्स र कर्पेट अझै निर्यातको आधार, तर प्रतिस्पर्धा कडा
      Investor

      गार्मेन्ट्स र कर्पेट अझै निर्यातको आधार, तर प्रतिस्पर्धा कडाGarments and Carpets Still the Backbone of Exports, but Competition Intensifies

      गार्मेन्ट्स र कर्पेट अझै निर्यातको आधार, तर प्रतिस्पर्धा कडा काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले गरेको कुल निर्यातमा परम्परागत वस्तु गार्मेन्ट्स र कर्पेट अझै पनि प्रमुख आधार बनेका छन्। भन्सार विभागका तथ्याङ्कअनुसार नन–निटेड गार्मेन्ट्स १४ अर्ब ९५ करोड रुपैयाँ, निटेड गार्मेन्ट्स ९ अर्ब १८ करोड रुपैयाँ, र मानव निर्मित फाइबर २० अर्ब रुपैयाँभन्दा बढी निर्यात भएको छ। त्यस्तै, हस्तनिर्मित कर्पेटको निर्यात १७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यी परम्परागत वस्तुहरूले अझै पनि ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरिरहेका छन्। विशेष गरी युरोपेली मुलुकतर्फ कर्पेटको माग स्थिर रहेको छ भने गार्मेन्ट्स र कपडा दक्षिण एशिया र पश्चिमी मुलुकतर्फ निर्यात भइरहेको छ। तर, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा झन् कडा हुँदै गएको छ। बंगलादेश, भियतनाम र क्याम्बोडिया जस्ता मुलुकहरूले सस्तो मूल्यमा ठूलो मात्रामा कपडा उत्पादन गर्ने भएकाले नेपालका गार्मेन्ट्स उद्योग दबाबमा परेका छन्। उत्पादन लागत उच्च हुनु, प्रविधिगत आधुनिकीकरण नहुनु र आपूर्ति शृंखला कमजोर हुनु नेपालका गार्मेन्ट्स उद्योगका चुनौती मानिएका छन्।Garments and Carpets Still the Backbone of Exports, but Competition Intensifies Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal’s traditional export items, garments and carpets, continue to be the backbone of the country’s foreign trade. According to the Department of Customs, exports of non-knitted garments stood at Rs. 14.95 billion, knitted garments at Rs. 9.18 billion, and man-made staple fibers at more than Rs. 20 billion. Similarly, handmade carpet exports reached Rs. 17.33 billion during the same period. These traditional sectors remain major sources of foreign exchange for Nepal. Carpets continue to find stable demand, particularly in European countries, while garments and textiles are exported mainly to South Asia and Western markets.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • ८.५९ प्रतिशतले बढ्यो व्यापार घाटा : आत्मनिर्भरता कसरी सम्भव?
      Investor

      ८.५९ प्रतिशतले बढ्यो व्यापार घाटा : आत्मनिर्भरता कसरी सम्भव?Trade Deficit Rises by 8.59%: How Can Nepal Achieve Self-Reliance?

      ८.५९ प्रतिशतले बढ्यो व्यापार घाटा : आत्मनिर्भरता कसरी सम्भव? काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको व्यापार घाटा ८.५९ प्रतिशतले बढेको छ। भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ३ खर्ब ५ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ भने निर्यात ४७ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। यसरी कुल वैदेशिक व्यापार विस्तार भए पनि आयातको तुलनामा निर्यात न्यून भएकाले व्यापार घाटा अझै चुलिएको हो। गत वर्षको सोही अवधिमा पनि नेपालले ठूलो परिमाणमा आयात गरेको थियो तर यो वर्ष आयातमा १६ प्रतिशतभन्दा बढी वृद्धिसँगै घाटा अझ गहिरिएको विभागले जनाएको छ। निर्यातमा ८८ प्रतिशतको उल्लेख्य वृद्धि देखिए पनि त्यो मुख्यतया भटमासको तेल निर्यातका कारण भएको हो। यसरी एउटै वस्तुमा अत्यधिक निर्भरता कायम रहँदा निर्यात वृद्धिले व्यापार घाटा कम गर्ने क्षमता देखाउन सकेको छैन।Trade Deficit Rises by 8.59%: How Can Nepal Achieve Self-Reliance? Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal’s trade deficit increased by 8.59 percent. According to the Department of Customs, the country imported goods worth over Rs. 305 billion, while exports stood at only Rs. 47.31 billion. Although overall foreign trade expanded, the widening gap between imports and exports has deepened the trade deficit. Compared to the same period last year, imports grew by more than 16 percent, whereas exports, despite recording a strong 88 percent rise, were largely driven by soybean oil shipments. Heavy reliance on a single commodity has limited the capacity of exports to offset the rising import bill, making the trade deficit a persistent challenge.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • पेट्रोलियम आयातमा मात्रै ४५ अर्ब खर्च, वैकल्पिक ऊर्जा अपरिहार्य
      Investor

      पेट्रोलियम आयातमा मात्रै ४५ अर्ब खर्च, वैकल्पिक ऊर्जा अपरिहार्यOver Rs. 45 Billion Spent on Petroleum Imports Alone, Alternative Energy a Must

      पेट्रोलियम आयातमा मात्रै ४५ अर्ब खर्च, वैकल्पिक ऊर्जा अपरिहार्य काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा मात्रै नेपालले ४५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागका अनुसार पेट्रोलियम पदार्थ नै सबैभन्दा ठूलो आयात वस्तु बनेको छ, जसले कुल आयात रकममा ठूलो हिस्सा ओगटेको छ। नेपालको कुल आयात रकम ३ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी पुगेको अवस्थामा पेट्रोलियम पदार्थले मात्र झण्डै १५ प्रतिशत हिस्सा लिएको छ। पेट्रोलियममा यति ठूलो खर्चले विदेशी मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनमा प्रत्यक्ष दबाब परेको विज्ञहरूको भनाइ छ। विकासशील मुलुक नेपालका लागि इन्धन आयातमा निर्भरता दीर्घकालीन रूपमा गम्भीर चुनौती मानिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य उतारचढावले अर्थतन्त्रलाई अस्थिर बनाइरहेको सन्दर्भमा, वैकल्पिक ऊर्जा स्रोततर्फ ध्यान दिन अपरिहार्य देखिएको छ।Over Rs. 45 Billion Spent on Petroleum Imports Alone, Alternative Energy a Must Kathmandu – In just the first two months of the current fiscal year 2082/83, Nepal spent more than Rs. 45.39 billion on the import of petroleum products. According to the Department of Customs, petroleum remains the single largest import item, occupying a significant share of the country’s overall import bill. With Nepal’s total imports crossing Rs. 305 billion in the review period, petroleum alone accounted for nearly 15 percent of the total. Experts warn that such a massive expenditure on fuel is putting direct pressure on the country’s foreign exchange reserves and balance of payments.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • मल र अन्नमा आयात निर्भरता, तर मसला र चियामा निर्यातको सम्भावना
      Investor

      मल र अन्नमा आयात निर्भरता, तर मसला र चियामा निर्यातको सम्भावनाDependence on Fertilizer and Grain Imports, but Growing Potential in Spices and Tea

      मल र अन्नमा आयात निर्भरता, तर मसला र चियामा निर्यातको सम्भावना काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ठूलो परिमाणमा रासायनिक मल र अन्नजन्य वस्तु आयात गरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा मात्र १६ अर्ब १७ करोड रुपैयाँको मल र ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको अन्न बाहिरिनु परेको छ। कृषि प्रधान अर्थतन्त्र भनिए पनि नेपाल अझै खाद्य उत्पादनका आधारभूत साधनमा पूर्णरूपमा आत्मनिर्भर बन्न सकेको छैन। अर्कोतर्फ, नेपालले कृषि उत्पादनकै केही वस्तुमा भने उल्लेख्य निर्यात सम्भावना देखाएको छ। सोही अवधिमा १८ अर्ब ९४ करोड रुपैयाँ बराबरको चिया, कफी र मसला निर्यात भएको छ। इलामको चिया, स्याङ्जा र पाल्पाको कफी, साथै अदुवा र इलाइची जस्ता मसलाहरू अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएका छन्।Dependence on Fertilizer and Grain Imports, but Growing Potential in Spices and Tea Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal spent heavily on the import of chemical fertilizers and cereal grains. According to the Department of Customs, the country imported fertilizers worth Rs. 16.17 billion and cereals worth Rs. 8.79 billion during this short period. Despite being an agrarian economy, Nepal continues to rely significantly on imports for its basic agricultural inputs and food supplies.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • दुई महिनामा नेपालका शीर्ष १० निर्यात वस्तु : भटमासको तेलमै आधा हिस्सा
      Investor

      दुई महिनामा नेपालका शीर्ष १० निर्यात वस्तु : भटमासको तेलमै आधा हिस्साNepal’s Top 10 Export Items in Two Months: Soybean Oil Dominates Half of Total Exports

      दुई महिनामा नेपालका शीर्ष १० निर्यात वस्तु : भटमासको तेलमै आधा हिस्सा काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ८८.५७ प्रतिशतले बढेको छ। तर यो वृद्धिको मुख्य आधार केही सीमित वस्तुहरूमा मात्र केन्द्रित भएको देखिन्छ। विशेषगरी भटमासको तेल नै कुल निर्यातको आधाभन्दा बढी हिस्सामा देखिएको छ।Nepal’s Top 10 Export Items in Two Months: Soybean Oil Dominates Half of Total Exports Kathmandu – In the first two months of the current fiscal year 2082/83 (July–September 2025), Nepal exported goods worth Rs. 47.31 billion, marking an impressive 88.57% increase compared to the same period last year. However, the surge is largely concentrated in a few categories, with soybean oil alone accounting for more than half of total exports.

      NEPSE TRADING·23 Sep, 2025·2 min read
    • शीर्ष १० आयात वस्तु : दुई महिनामै खर्बौँको वस्तु भित्रियो
      Investor

      शीर्ष १० आयात वस्तु : दुई महिनामै खर्बौँको वस्तु भित्रियोNepal’s Top 10 Import Items: Billions Spent in Just Two Months

      शीर्ष १० आयात वस्तु : दुई महिनामै खर्बौँको वस्तु भित्रियो काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ३ खर्ब बढीको वस्तु तथा सेवा आयात गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार कुल आयात रकम ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा आयात वृद्धि दर १६ प्रतिशतभन्दा बढी रहेको छ। यसमध्ये शीर्ष १० आयात वस्तुले मात्रै ठूलो हिस्सा ओगटेका छन्।Nepal’s Top 10 Import Items: Billions Spent in Just Two Months Kathmandu – In the first two months of the current fiscal year 2082/83 (July–September 2025), Nepal imported goods and services worth over Rs. 305 billion. According to the Department of Customs, imports grew by more than 16% compared to the same period last year. Among these, the top 10 import items alone account for the largest share, highlighting Nepal’s heavy reliance on certain goods. Petroleum Products Lead the Chart

      NEPSE TRADING·23 Sep, 2025·2 min read
    • ४८६ वटा ईभी दुई महिनामै आयात, कोरला नाका हुँदै बढ्दै गाडी भित्रिने
      Investor

      ४८६ वटा ईभी दुई महिनामै आयात, कोरला नाका हुँदै बढ्दै गाडी भित्रिने486 EVs Imported in Two Months, Korala Border Emerging as New Gateway

      ४८६ वटा ईभी दुई महिनामै आयात, कोरला नाका हुँदै बढ्दै गाडी भित्रिने चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपालले ४८६ वटा विद्युतिय सवारी साधन (कार, जीप र भ्यान) आयात गरेको छ। भन्सार विभागका अनुसार १ अर्ब २७ करोड ८४ लाख रुपैयाँ बराबरको ईभी आयात हुँदा करिब ८० करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।486 EVs Imported in Two Months, Korala Border Emerging as New Gateway In the first two months of the current fiscal year 2082/83 (July and August), Nepal imported 486 electric vehicles (cars, jeeps, and vans). According to the Department of Customs, the EV imports were worth NPR 1.27 billion, generating NPR 867 million in revenue. Country-wise Import The majority of EVs came from China, with 240 units, followed by India with 207 units. Similarly, 34 units were imported from Thailand, three from the United States, and two from South Korea, the department’s data shows.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • किन बढ्यो होला सुनको मूल्य ? केके छन् कारण ?
      Investor

      किन बढ्यो होला सुनको मूल्य ? केके छन् कारण ? Gold and Silver Prices Hit Record Highs in Nepal

      किन बढ्यो होला सुनको मूल्य ? केके छन् कारण ? नेपालमा सुन र चाँदी दुवैको मूल्य मंगलबार ऐतिहासिक उचाइमा पुगेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन हजार ९०० रुपैयाँले बढेर २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँमा सीमित थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले वृद्धि हुँदै २ हजार ६८० रुपैयाँमा पुगेको छ। सोमबारको बजारमा चाँदी २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। लगातार तीन दिनदेखि चाँदीले समेत रेकर्ड तोडेको महासंघले जनाएको छ।Gold and Silver Prices Hit Record Highs in Nepal Gold and silver prices in Nepal have once again reached record levels. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, hallmark gold surged by NPR 3,900 per tola on Tuesday, trading at NPR 221,700 per tola. Just a day earlier, on Monday, gold was traded at NPR 217,800 per tola. Similarly, silver rose by NPR 30 per tola, reaching NPR 2,680 per tola compared to Monday’s price of NPR 2,650. This marks the third consecutive day of record-breaking silver prices in the domestic market.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न
      Top

      मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्नMerchant Banking Association Nepal Concludes 16th Annual General Meeting

      मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा सम्पन्न मर्चेन्ट बैंकिङ्ग एसोसिएसन नेपालको १६औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। प्रारम्भिक रुपमा पोखरामा आयोजना गर्ने तयारी भए पनि हालको राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सक्रिय सहभागिता सुनिश्चित गर्न राजधानीमै कार्यक्रम सारिएको हो। सभामा देशभरका सबै मर्चेन्ट बैंकिङ्ग संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का गतिविधि र उपलब्धिहरूको विस्तृत समीक्षा गरिएको छ भने २०८२/८३ को वार्षिक कार्ययोजना र बजेटलाई अनुमोदन गरिएको छ।Merchant Banking Association Nepal Concludes 16th Annual General Meeting Kathmandu. The Merchant Banking Association Nepal successfully concluded its 16th Annual General Meeting in Kathmandu. The event was originally scheduled to be held in Pokhara, but considering the current national circumstances and to ensure the safety and participation of all members, it was relocated to the capital. The assembly witnessed the participation of representatives from all merchant banking institutions across the country. During the meeting, the Association reviewed the activities and achievements of the fiscal year 2081/82 and approved the annual program and budget for the fiscal year 2082/83.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला
      Investor

      एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुलाIPO of SY Panel Nepal Limited Opens from Today

      एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ आजदेखि निष्काशन खुला काठमाडौं । जेन–जी आन्दोलनका कारण स्थगित भएको एसवाई प्यानल नेपाल लिमिटेडको प्राथमिक शेयर (IPO) निष्काशन आज असोज ७ गतेदेखि खुला भएको छ। कम्पनीले भदौ १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।IPO of SY Panel Nepal Limited Opens from Today Kathmandu – The Initial Public Offering (IPO) of SY Panel Nepal Limited, which was previously postponed due to the Gen-Z movement, has officially opened for subscription from today, Ashoj 7. On Bhadra 17, the company received approval from the Securities Board of Nepal (SEBON) to issue 40% of its issued capital worth NPR 1.3089 billion – equivalent to 5,232,548 shares valued at NPR 523.25 million at a par value of NPR 100 each.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
      Investor

      कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजLast Day to Secure Dividends of Kamana Sewa Bikas Bank and Universal Power Company

      कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ८ गते) अन्तिम दिन रहेको छ। दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेका छन्।Last Day to Secure Dividends of Kamana Sewa Bikas Bank and Universal Power Company Kathmandu – Today (Ashoj 8) is the final day for investors to secure dividends of Kamana Sewa Bikas Bank Limited and Universal Power Company Limited. Both companies are closing their books for one day for the purpose of their upcoming Annual General Meetings (AGMs) and dividend distributions.

      NEPSE TRADING·23 Sep, 2025·1 min read
    • हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँले वृद्धि
      Top

      हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँले वृद्धिGold Price Hits All-Time High in Nepal, Rises by Rs. 700 Per Tola Today

      काठमाडौं, असोज ६ – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आइतबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ७०० रुपैयाँ बढेर प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा पुगेको छ।Kathmandu, Sept 22 – The price of gold in Nepal has reached a record high. After trading at Rs. 217,100 per tola on Sunday, it rose by Rs. 700 today to hit Rs. 217,800 per tola.

      NEPSE TRADING·22 Sep, 2025·<1 min read
    • पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डमा लगानीकर्ताद्वारा २३ बुँदे मागपत्र
      Investor

      पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डमा लगानीकर्ताद्वारा २३ बुँदे मागपत्रInvestors Submit 23-Point Demand Letter for Capital Market Reforms

      पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डमा लगानीकर्ताद्वारा २३ बुँदे मागपत्र विभिन्न लगानीकर्ता संघ–संस्थाहरूले पूँजी बजार सुधारका लागि २३ बुँदे मागपत्र पेस गरेका छन्। नेपाल धितोपत्र बोर्डको संयोजनमा बनेको पूँजी बजार सुधार कार्यदललाई ज्ञापनपत्र बुझाउँदै लगानीकर्ताहरूले तत्काल कार्यान्वयन गर्नुपर्ने सुझावहरू अघि सारेका हुन्। ज्ञापनपत्रमा विशेषगरी बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज सहभागिता दिलाउने, व्यक्तिगत शेयर धितो कर्जाको २५ करोडको सीमा हटाउने, लघुवित्त संस्थाले लाभांश वितरणमा देखिएको २५% को सीमा खारेज गर्ने, गैरआवासीय नेपालीलाई सहज लगानी वातावरण उपलब्ध गराउने लगायतका मागहरू प्रमुख छन्। त्यसैगरी, पूँजी बजारमा लेनदेन गर्दा लाग्ने दोहोरो शुल्क हटाउने, दिनभरका जम्मा कारोबारलाई आधार मानेर एउटै कमिसन निर्धारण गर्ने, अनलाइन कारोबार प्रणाली (TMS) लाई आधुनिकीकरण गर्ने, नयाँ स्टक एक्सचेञ्जलाई प्रतिस्पर्धात्मक सेवा र अन्तर्राष्ट्रियस्तरको क्षमता अभिवृद्धि गर्ने व्यवस्था मिलाउनुपर्ने माग पनि गरिएको छ।Investors Submit 23-Point Demand Letter for Capital Market Reforms

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • सुन ऐतिहासिक उच्चतामा, चाँदीले रेकर्ड तोड्यो
      Top

      सुन ऐतिहासिक उच्चतामा, चाँदीले रेकर्ड तोड्योGold Hits Historic High, Silver Breaks Record

      असोज ५ गते, आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला १,१०० रुपैयाँ बढेर २ लाख १७ हजार १०० रुपैयाँमा पुगेको छ, जसले गत भदौ ३१ गतेको ऐतिहासिक उचाइ दोहोर्याएको छ। त्यस्तै, चाँदी प्रतितोला ४० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ।On Sunday, Ashwin 5, gold and silver prices rose in the Nepali market. Hallmark gold increased by NPR 1,100 per tola to reach NPR 217,100 per tola, matching the previous record set on Bhadra 31. Similarly, silver climbed by NPR 40 per tola, breaking its previous record.

      NEPSE TRADING·21 Sep, 2025·<1 min read
    • लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ६ बुँदे ज्ञापनपत्र
      Top

      लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ६ बुँदे ज्ञापनपत्रInvestors Submit 6-Point Memorandum to Nepal Rastra Bank Amid Market Decline

      लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए ६ बुँदे ज्ञापनपत्र काठमाडौं । पछिल्ला दिनमा आएको निरन्तर गिरावटसँगै शेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन्। बिहीबार (असोज २) मात्र नेप्से परिसूचक झण्डै १६० अंकले घट्दा करिब ३ खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण गुमेको तथ्याङ्कले देखाएको छ। यसले लगानीकर्ताको मनोबलमा गम्भीर नकारात्मक असर पारेको भन्दै तत्काल सुधारात्मक कदम चाल्न माग गरिएको छ। संयुक्त रूपमा बुझाइएको ज्ञापनपत्रमा शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघ का पदाधिकारीहरूले हस्ताक्षर गरेका छन्।Investors Submit 6-Point Memorandum to Nepal Rastra Bank Amid Market Decline Kathmandu – Following continuous declines in the stock market, investors have submitted a six-point memorandum to Nepal Rastra Bank (NRB), urging immediate corrective measures. On Thursday (Ashwin 2), the NEPSE index plunged by nearly 160 points, wiping out around NPR 300 billion in market capitalization in a single day. This sharp fall has severely shaken investor confidence. The memorandum was jointly submitted with signatures from officials of the Share Investors Association Nepal, Nepal Capital Market Investors Association, and Independent Capital Market Investors Association.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • सनिमा बैंकको ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव
      Investor

      सनिमा बैंकको ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्तावSanima Bank Proposes 7.3685% Cash Dividend for FY 2081/82

      सनिमा बैंकको ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव सनिमा बैंक लिमिटेड (SANIMA) ले आर्थिक वर्ष २०८१/८२ का लागि ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले करसहित नगद लाभांश प्रस्ताव गरेको हो। यस अनुसार बैंकले करिव १ अर्ब रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। हाल बैंकको चुक्ता पुँजी १३.५८ अर्ब रुपैयाँ रहेको छ। सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक (NRB) बाट स्वीकृति प्राप्त भएपछि वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।Sanima Bank Proposes 7.3685% Cash Dividend for FY 2081/82 Sanima Bank Limited (SANIMA) has proposed a 7.3685% cash dividend (including tax) for the fiscal year 2081/82. The decision was made in the Board of Directors’ meeting held on Ashwin 3, 2082. According to the proposal, the bank will distribute dividends worth Rs. 1.00 Arba. The bank’s current paid-up capital stands at Rs. 13.58 Arba.

      NEPSE TRADING·21 Sep, 2025·<1 min read
    • नेप्सेले सुचना नै जारी गरेर भन्यो : १५ मिनेटको औषत गणना विधि स्थगित
      Investor

      नेप्सेले सुचना नै जारी गरेर भन्यो : १५ मिनेटको औषत गणना विधि स्थगितNEPSE Suspends 15-Minute Average Price Calculation Method

      नेप्सेले १५ मिनेटको औषत गणना विधि स्थगित गर्ने निर्णय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अन्तिम १५ मिनेटको औषत गणना गर्ने विधिलाई स्थगित गर्ने निर्णय गरेको छ। नेपाल धितोपत्र बोर्डले नेप्सेलाई पत्र पठाएर सो विधि हटाउन निर्देशन दिएपछि नेप्सेले मंगलबारदेखि नै यसलाई स्थगित गर्ने जनाएको हो। लगानीकर्ताहरूले पछिल्लो समय सो विधि हटाउन निरन्तर माग गर्दै आएका थिए। हिजो (शनिबार) बसेको नेपाल धितोपत्र बोर्डको बैठकले विधि स्थगित गर्ने औपचारिक निर्णय गरेको थियो। नेप्सेले जारी गरेको सूचनामा भनिएको छ, “नेपाल धितोपत्र बोर्डको असोज ४ गतेको पत्रानुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लेखित अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने प्रावधान स्थगन गरिएको छ। अबदेखि अन्तिम कारोबार मूल्यकै आधारमा सूचकांक गणना गरिनेछ।”NEPSE Suspends 15-Minute Average Price Calculation Method Nepal Stock Exchange (NEPSE) has decided to suspend the practice of calculating the average price of the last 15 minutes as the final trading price. The decision comes after the Securities Board of Nepal (SEBON) sent a directive instructing NEPSE to halt the system. The suspension will take effect starting Tuesday. Investors had long been demanding the removal of this system. SEBON’s board meeting held on Saturday officially decided to suspend the method, following which NEPSE issued a notice.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • गरिमा विकास बैंक : संस्थापक शेयर बिक्रीमा, २ लाख १२ हजार कित्ता भन्दा बढी शेयर खरिद गर्न पाउने अवसर
      Investor

      गरिमा विकास बैंक : संस्थापक शेयर बिक्रीमा, २ लाख १२ हजार कित्ता भन्दा बढी शेयर खरिद गर्न पाउने अवसरGarima Bikas Bank Promoters Offering Over 212,000 Shares to the Public and Institutions

      गरिमा विकास बैंक : संस्थापक शेयर बिक्रीमा, २ लाख १२ हजार कित्ता भन्दा बढी शेयर खरिद गर्न पाउने अवसर गरिमा विकास बैंक लिमिटेडका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेका कुल २,१२,८३४.६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेका छन्। यसअघि प्रकाशित ३५ दिने सार्वजनिक सूचनापछि तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरूले आंशिक मात्र खरिदको निवेदन दिएका कारण बाँकी रहेका शेयर अब साधारण जनता तथा विभिन्न संस्थाहरूमाझ बिक्री गर्न लागिएको हो।Garima Bikas Bank Promoters Offering Over 212,000 Shares to the Public and Institutions Some promoter shareholders of Garima Bikas Bank Limited have decided to sell a total of 212,834.65 promoter shares. Earlier, a 35-day public notice was issued giving first priority to the existing promoter shareholders as per Nepal Rastra Bank’s Unified Directive No. 10/2081. However, since only partial applications were received within the deadline, the remaining shares will now be opened for sale to the general public and institutions.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने
      Investor

      कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्नेKumari Bank Promoter Selling 1,322 Promoter Shares, 35-Day Application Window

      कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने कुमारी बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफूसँग रहेका १,३२२ कित्ता संस्थापक शेयर बिक्री गर्न इच्छा व्यक्त गरेका छन्। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीमै रहने व्यवस्था गरिएको जनाएको छ। यस सम्बन्धमा इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरी वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा आवेदन दिनुपर्नेछ।Kumari Bank Promoter Selling 1,322 Promoter Shares, 35-Day Application Window A promoter shareholder of Kumari Bank Limited has expressed interest in selling 1,322 promoter shares registered under their name. As per the directive of Nepal Rastra Bank, the first right of purchase will be granted to the existing promoter shareholders. Interested promoters must submit their applications within 35 days from the date of this notice to either Kumari Capital Limited, Naxal–Nagpokhari, or the bank’s head office at Tangal, Kathmandu.

      NEPSE TRADING·21 Sep, 2025·1 min read
    • कामना सेवा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा असोज २४ गते
      Investor

      कामना सेवा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा असोज २४ गतेKamana Sewa Bikas Bank to Hold 19th AGM on October 10

      कामना सेवा विकास बैंकको उन्नाइसौं वार्षिक साधारणसभा असोज २४ गते, आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन सार्वजनिक कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौं वार्षिक साधारणसभा (AGM) यही असोज २४ गते, २०८२ (सन् २०२५ अक्टोबर १०, शुक्रबार) आयोजना गर्ने भएको छ। बैंकको असोज ३१ गते बसेको सञ्चालक समितिको ३९९औं बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन, भगवती बाहालमा बिहान ११ बजे सुरु हुने बैंकले जनाएको छ। साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरणमाथि छलफल र अनुमोदन हुनेछन्।Kamana Sewa Bikas Bank to Hold 19th AGM on October 10, Publishes FY 2081/82 Financial Highlights Kathmandu – Kamana Sewa Bikas Bank Limited has announced that its 19th Annual General Meeting (AGM) will be held on Ashwin 24, 2082 (October 10, 2025, Friday). The decision was made in the bank’s 399th board meeting held on Bhadra 31, 2082. The AGM will take place at Lisara Reception, Bhagwati Bahal, Naxal, Kathmandu, starting at 11:00 AM. The agenda includes the presentation and approval of the Board of Directors’ report, the auditor’s report, as well as the balance sheet, profit and loss account, and other financial statements for FY 2081/82.

      NEPSE TRADING·21 Sep, 2025·1 min read