
राष्ट्र बैंकले प्रभु टेक्नोलोजी र फस्ट पे टेक्नोलोजीको लाइसेन्स रद्द गर्योNRB Revokes Licenses of Prabhu Technology and First Pay Technology
राष्ट्र बैंकले प्रभु टेक्नोलोजी र फस्ट पे टेक्नोलोजीको लाइसेन्स रद्द गर्यो काठमाडौं, असोज २४ गते — नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक र एक भुक्तानी प्रणाली सञ्चालक कम्पनीको लाइसेन्स रद्द गरेको छ। राष्ट्र बैंकका अनुसार, भुक्तानी सेवा प्रदायकतर्फ प्रभु टेक्नोलोजी प्रा.लि. र भुक्तानी प्रणाली सञ्चालकतर्फ फस्ट पे टेक्नोलोजी प्रा.लि. का लाइसेन्स रद्द गरिएका हुन्। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको सूचनामा भनेको छ — “प्रभु टेक्नोलोजी प्रा.लि.लाई मिति २०७६–११–११ मा प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र ‘भुक्तानी तथा फस्र्योट ऐन, २०७५’ को दफा १३ (४) बमोजिम नवीकरण नगरिएको छ।”NRB Revokes Licenses of Prabhu Technology and First Pay Technology Kathmandu, October 10 — The Nepal Rastra Bank (NRB) has revoked the operating licenses of one payment service provider and one payment system operator company. According to the central bank, the payment service provider license of Prabhu Technology Pvt. Ltd. and the payment system operator license of First Pay Technology Pvt. Ltd. have been officially cancelled. In a public notice issued on Friday, NRB stated: “The payment service provider license granted to Prabhu Technology Pvt. Ltd. on 2076–11–11 has not been renewed in accordance with Section 13 (4) of the Payment and Settlement Act, 2075. Therefore, this notice is issued for the information of all concerned.”


















