
सेबोन अध्यक्षविरुद्धको समाचार हटाउन अदालतको अल्पकालीन आदेशCourt Issues Interim Order to Remove News Against SEBON Chairman
सेबोन अध्यक्षविरुद्धको समाचार हटाउन अदालतको अल्पकालीन आदेश जिल्ला अदालत काठमाडौंले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध प्रकाशित समाचार हटाउन दुई अनलाइन सञ्चारमाध्यमलाई अल्पकालीन आदेश जारी गरेको छ। न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले बिजमाण्डु प्रालि र नेपाल खबर प्रालिलाई सो आदेश दिएको हो। श्रेष्ठले ती सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीहरूले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै अदालतमा रिट दायर गरेका थिए। उनको निवेदनको आधारमा अदालतले तत्काल समाचार हटाउन अल्पकालीन आदेश दिएको हो। साथै, निवेदकको मागअनुसार किन अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्ने आधारसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेशमा भनिएको छ।Court Issues Interim Order to Remove News Against SEBON Chairman The District Court of Kathmandu has issued a short-term (interim) order to two online media outlets to remove published content related to Santosh Narayan Shrestha, Chairman of the Securities Board of Nepal (SEBON). A single bench of Judge Pitambar Sharma issued the order against Bizmandu Pvt. Ltd. and Nepal Khabar Pvt. Ltd. The order follows a petition filed by Shrestha, claiming that the published news had harmed his reputation.


















