
भेन्चर हायर पर्चेजले ११ लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया सुरुVenture Hire Purchase to Issue 1.1 Million Shares Through IPO
भेन्चर हायर पर्चेजले ११ लाख कित्ता आईपीओ जारी गर्ने प्रक्रिया सुरु काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ११ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने प्रस्ताव गरेको छ। यसअनुसार कम्पनीले आईपीओमार्फत कुल ११ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने योजना बनाएको जनाएको छ।Venture Hire Purchase to Issue 1.1 Million Shares Through IPO Kathmandu — Venture Hire Purchase Limited has initiated the process to issue an Initial Public Offering (IPO). The company has submitted an application to the Securities Board of Nepal (SEBON) seeking approval to issue the shares.


















