
शेयर बजारमा पर्यटन समूहको विस्तार, नयाँ कम्पनीहरूको प्रवेशTourism Group Expands in Stock Market with New Company Listings
पर्यटन क्षेत्रको शेयर बजारमा विस्तार हुँदै गएको छ । विगतमा केवल तीन होटल कम्पनी सूचीकृत थिए भने हाल केबुलकार र हवाई उड्डयन कम्पनीहरू पनि समावेश भएर समूहको दायरा र कारोबार दुवै बढेको छ । चालु आर्थिक वर्षमा मात्रै नयाँ कम्पनीहरू जस्तै बन्दिपुर केबुलकार एन्ड टुरिज्म लिमिटेड र होटल फरेष्ट इन लिमिटेड शेयर बजारमा आएका छन् । हाल नेप्सेमा ८ कम्पनी सूचीकृत छन् भने १६ वटा कम्पनी आईपीओ पाइपलाइनमा छन्, जसमा श्री एयरलाइन्स, कैलाश हेलिकोप्टर, प्रभु हेलिकोप्टर, यति एयरलाइन्स र विभिन्न पाँचतारे होटलहरू छन्। यसरी पर्यटन समूहमा लगानीको अवसर बढ्दै गएको छ।The tourism sector in the stock market is expanding. Previously, only three hotel companies were listed, but now cable car and aviation companies have also joined, increasing both the group’s scope and trading activity. This fiscal year, new entrants like Bandipur Cable Car and Tourism Limited and Hotel Forest Inn Limited have joined the market. Currently, eight companies are listed under the tourism group in NEPSE, while sixteen more are in the IPO pipeline, including Sri Airlines, Kailash Helicopter, Prabhu Helicopter, Yeti Airlines, and several five-star hotels. Investment opportunities in the tourism sector are on the rise.


















