
काठमाडौँमा ‘कस्मेटिका २०२५’ हुँदै, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी एकै प्लेटफर्ममा‘Cosmetica 2025’ to Be Held in Kathmandu from January 11, Showcasing Nepal’s Growing Beauty and Wellness Industry
काठमाडौँमा ‘कस्मेटिका २०२५’ हुँदै, सौन्दर्य र वेलनेस क्षेत्रका व्यवसायी एकै प्लेटफर्ममा नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रसँग आबद्ध व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै छानामुनि जोड्ने उद्देश्यसहित ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ। नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा चिनिएको यो कार्यक्रम आगामी पौष ११ देखि १३ गते (डिसेम्बर २६–२८) सम्म काठमाडौँको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुनेछ। हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त ट्रेड शोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गरेका छन्। कार्यक्रमको मिडिया पार्टनरका रूपमा वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फर र प्रिन्ट पार्टनर सागर आर्ट सर्भिस रहेका छन्।‘Cosmetica 2025’ to Be Held in Kathmandu from January 11, Showcasing Nepal’s Growing Beauty and Wellness Industry Kathmandu is set to host Cosmetica 2025, a large-scale trade show dedicated to the cosmetics, beauty, and wellness sector, from January 11 to 13 (December 26–28). The event will take place at Amrapali Banquet Center and aims to bring together businesses, brands, and service providers from across the industry under one platform. Recognized as Nepal’s first and only comprehensive trade show focused exclusively on cosmetics and wellness, Cosmetica 2025 is being organized by House of Rajkarnicar, with support from the Nepal Cosmetics Business Association and the Beautician Professional Association of Nepal. WOW Magazine is the media partner, while Websurfer serves as the ISP partner and Sagar Art Service as the print partner.


















