NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 62 / 143Next
    • कामना सेवा विकास बैंकको पहिलो त्रैमासिकमा १९ करोड ७६ लाख नाफा
      Investor

      कामना सेवा विकास बैंकको पहिलो त्रैमासिकमा १९ करोड ७६ लाख नाफाKamana Sewa Bikas Bank Earns Rs. 197.6 Million Profit in First Quarter

      कामना सेवा विकास बैंकको पहिलो त्रैमासिकमा १९ करोड ७६ लाख नाफा कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधिसम्म १९ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, यस अवधिमा बैंकले वित्तीय सूचकहरू सन्तुलित रूपमा विस्तार गर्न सफल भएको देखिन्छ। बैंकले समीक्षाधीन अवधिसम्म कुल ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस आधारमा बैंकको कर्जा–निक्षेप अनुपात (CD Ratio) ८६.३५ प्रतिशत रहेको छ, जुन नेपाल राष्ट्र बैंकको तोकिएको दायराभित्र पर्दछ। प्रथम त्रैमासको अन्त्यसम्म बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा (NPL) अनुपात ४.४१ प्रतिशतमा सीमित रहेको छ, जसले बैंकको जोखिम व्यवस्थापनमा सुधार भएको संकेत गर्छ।Kamana Sewa Bikas Bank Earns Rs. 197.6 Million Profit in First Quarter Kathmandu — Kamana Sewa Bikas Bank Limited has earned a net profit of Rs. 197.6 million by the end of the first quarter of the fiscal year 2082/83. According to the unaudited financial report published by the bank on Friday, it has shown balanced growth in its key financial indicators during the review period. As per the report, the bank has collected total deposits of Rs. 63.78 billion and extended loans amounting to Rs. 53.45 billion. Based on this, the bank’s credit-to-deposit (CD) ratio stands at 86.35 percent, which is within the limit set by Nepal Rastra Bank. By the end of the first quarter, the bank’s total assets had reached Rs. 71.63 billion. The bank’s non-performing loan (NPL) ratio stood at 4.41 percent, indicating improved risk management performance. Recently, the 19th Annual General Meeting of the bank approved a total dividend of 15.7895 percent from the profit of the fiscal year 2081/82, including a 15 percent bonus share and 0.7895 percent cash dividend (for tax purposes).

      NEPSE TRADING·1 Nov, 2025·1 min read
    • सेबोनका कर्मचारीद्वारा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग
      Investor

      सेबोनका कर्मचारीद्वारा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा मागSEBON Staff Demand Resignation of Chairman Santosh Narayan Shrestha

      सेबोनका कर्मचारीद्वारा अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन् । लामो समयदेखि आन्दोलनरत बोर्डका कर्मचारीहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै, कर्मचारी हितका मुद्दामा न्यायिक निरूपणका लागि अदालत नजानु र समस्या समाधानमा निष्क्रियता देखाउनु अध्यक्षको गैरजिम्मेवार व्यवहार भएको आरोप लगाएका छन् । जेनजी आन्दोलनपछि अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१’ र ‘कर्मचारी सुरक्षा कोष (संञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५’ खारेज गरेपछि बोर्डका कर्मचारीहरू निरन्तर आन्दोलनमा छन् । कर्मचारीहरूले मन्त्रालयको निर्णयले बोर्डको स्वायत्तता खोसिएको र कानुनी संकट उत्पन्न भएको बताएका छन् ।SEBON Staff Demand Resignation of Chairman Santosh Narayan Shrestha Kathmandu — Employees of the Securities Board of Nepal (SEBON) have demanded the resignation of Chairman Santosh Narayan Shrestha, accusing him of failing to protect staff rights and refusing to pursue legal recourse on issues affecting employee welfare. In a joint statement released on Friday, SEBON staff unions said that the chairman’s inaction and reluctance to take the dispute to court have deepened the ongoing crisis within the capital market regulator. The employees, who have been protesting for several weeks, allege that the chairman’s failure to defend the board’s autonomy and prior legal decisions has undermined both governance and morale within the institution.

      NEPSE TRADING·31 Oct, 2025·2 min read
    • संघीय सञ्चित कोष १ खर्ब ९६ अर्बले ऋणात्मक, सरकारको खर्च आम्दानीभन्दा बढी
      Investor

      संघीय सञ्चित कोष १ खर्ब ९६ अर्बले ऋणात्मक, सरकारको खर्च आम्दानीभन्दा बढीFederal Consolidated Fund Shows Deficit of Rs. 196 Billion — Government Spending Exceeds Revenue

      संघीय सञ्चित कोष १ खर्ब ९६ अर्बले ऋणात्मक, सरकारको खर्च आम्दानीभन्दा बढी काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सम्म संघीय सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । यसले सरकारले गरेको आम्दानीको तुलनामा खर्च बढी भएको संकेत गर्छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको आम्दानी र खर्च मात्र तुलना गर्दा आम्दानी बढी भएपनि समग्र समायोजनको हिसाबले घाटा देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ सम्म यस्तो घाटा २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको थियो, जसमा यो वर्ष करिब २८ खर्ब रुपैयाँले सुधार देखिएको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले शुक्रबार आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका थिए ।Federal Consolidated Fund Shows Deficit of Rs. 196 Billion — Government Spending Exceeds Revenue Kathmandu — The Federal Consolidated Fund of Nepal has shown a deficit of Rs. 196.34 billion as of the fiscal year 2081/82 (2024/25), indicating that the government’s expenditures have exceeded its total revenues. According to the Office of the Auditor General (OAG), although government income surpassed expenditure during the fiscal year on a direct comparison, after overall adjustments, the consolidated account still reflected a negative balance. By the end of the previous fiscal year 2080/81, the deficit had reached Rs. 224 billion, showing an improvement of around Rs. 28 billion this year. On Friday, Auditor General Shobha Kant Paudel submitted the Annual Internal Audit Report and the Integrated Annual Statement of Government Assets to Finance Minister Rameshwor Prasad Khanal.

      NEPSE TRADING·31 Oct, 2025·1 min read
    • आइक्रा नेपालले हिल्टन हाइड्रो र स्नो रिभर्सको रेटिङ उकास्यो, स्टार माइक्रो इन्स्योरेन्सको रेटिङ यथावत
      Top

      आइक्रा नेपालले हिल्टन हाइड्रो र स्नो रिभर्सको रेटिङ उकास्यो, स्टार माइक्रो इन्स्योरेन्सको रेटिङ यथावत ICRA Nepal Upgrades Hilton Hydro and Snow Rivers Ratings; Reaffirms Star Micro Insurance Rating

      आइक्रा नेपालले हिल्टन हाइड्रो र स्नो रिभर्सको रेटिङ उकास्यो, स्टार माइक्रो इन्स्योरेन्सको रेटिङ यथावत आइक्रा नेपाल लिमिटेडले हिल्टन हाइड्रो इनर्जी लिमिटेड र स्नो रिभर्स लिमिटेडको इश्युअर रेटिङ सुधार गरेको छ भने स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको रेटिङ पुनः पुष्टि गरेको छ। कम्पनीले हिल्टन हाइड्रो इनर्जी लिमिटेडको रेटिङ [ICRANP-IR] BB- बाट बढाएर [ICRANP-IR] BB+ गरेको छ। यो सुधारले कम्पनीको ऋण भुक्तानी क्षमतामा सुधार भएको र आर्थिक दायित्व पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ। “+” र “–” चिन्हहरूले सोही श्रेणीभित्रको सापेक्षिक बललाई जनाउँछन्। त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड को इश्युअर रेटिङ [ICRANP-IR] BB- यथावत राखिएको छ। यसले कम्पनीको ऋण भुक्तानी क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ। आइक्राले स्पष्ट पारेको छ कि यो रेटिङ कम्पनीको समग्र वित्तीय स्थायित्वको सूचक हो, कुनै विशिष्ट ऋण उपकरणको होइन।ICRA Nepal Upgrades Hilton Hydro and Snow Rivers Ratings; Reaffirms Star Micro Insurance Rating ICRA Nepal Limited has upgraded the issuer ratings of Hilton Hydro Energy Limited and Snow Rivers Limited, while reaffirming the rating of Star Micro Insurance Company Limited. The rating agency has upgraded Hilton Hydro Energy Limited’s issuer rating from [ICRANP-IR] BB- to [ICRANP-IR] BB+, reflecting an improvement in the company’s credit profile. The new rating indicates a moderate risk of default in meeting financial obligations. The “+” and “–” symbols represent relative strength within the same rating category.

      NEPSE TRADING·31 Oct, 2025·1 min read
    • इसिबीले ब्याजदर स्थिर राख्यो, भविष्यमा थप कटौतीको सम्भावना
      Investor

      इसिबीले ब्याजदर स्थिर राख्यो, भविष्यमा थप कटौतीको सम्भावनाECB Keeps Interest Rates Unchanged, Hints at Possible Future Cuts

      इसिबीले ब्याजदर स्थिर राख्यो, भविष्यमा थप कटौतीको सम्भावना युरोपेली केन्द्रीय बैंक (इसिबी)ले भूराजनीतिक तनाव र व्यापार विवादका कारण बनेको अनिश्चित आर्थिक अवस्थालाई ध्यानमा राख्दै ब्याजदरहरू यथावत राख्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न बैठकपछि इसिबीले आफ्नो प्रमुख निक्षेप दर दुई प्रतिशतमै कायम राखेको घोषणा गरेको हो। गत वर्षदेखि निरन्तर दर कटौती गर्दै आएको इसिबीले यो वर्ष जुलाईदेखि दर स्थिर राख्दै आएको छ। मुद्रास्फीति पनि अहिले इसिबीको दुई प्रतिशत लक्ष्य नजिकै रहेको बताइएको छ। बैंकका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी आयातमा लगाएका शुल्क वृद्धिको असर अपेक्षाकृत कम देखिएको छ। स्पेनका केन्द्रीय बैंक प्रमुख तथा इसिबी गभर्निङ काउन्सिलका सदस्य जोसे लुइस एस्क्रिभाले भने, “हालको ब्याजदर स्तर उपयुक्त छ।” इसिबीका शीर्ष अधिकारीहरू इटालीको फ्लोरेन्समा भेला भई आगामी महिनामा हुने बैठकका लागि तयारी गरिरहेका छन्। सबैको ध्यान अब बैंककी अध्यक्ष क्रिस्टिन लेगार्डको आगामी प्रेस सम्मेलन र दरको भविष्यबारे हुने संकेतमा केन्द्रित छ।ECB Keeps Interest Rates Unchanged, Hints at Possible Future Cuts The European Central Bank (ECB) has decided to keep its key interest rates unchanged amid global trade disputes and geopolitical tensions that have created an uncertain economic outlook. Following its meeting on Thursday, the ECB announced that its main deposit rate will remain steady at 2 percent. After a year-long cycle of rate cuts, the ECB has maintained this rate since July. Inflation currently hovers near the bank’s target of 2 percent. According to officials, the eurozone has managed to weather the impact of U.S. President Donald Trump’s tariff increases on foreign imports better than expected. Jose Luis Escrivá, head of Spain’s central bank and member of the ECB’s Governing Council, said, “The current level of interest rates is appropriate.” Senior ECB officials gathered in Florence, Italy, for their regular off-site meeting, with attention now turning to President Christine Lagarde’s upcoming press conference and potential signals about future rate direction.

      NEPSE TRADING·31 Oct, 2025·1 min read
    • सकारात्मक क्लोजिङ : नेप्से २६ सय माथि, कारोबार रकम उल्लेखनीय रूपमा बढ्यो
      Investor

      सकारात्मक क्लोजिङ : नेप्से २६ सय माथि, कारोबार रकम उल्लेखनीय रूपमा बढ्योPositive Closing: NEPSE Crosses 2600 Mark with Strong Volume Surge

      सकारात्मक क्लोजिङ : नेप्से २६ सय माथि, कारोबार रकम उल्लेखनीय रूपमा बढ्यो नेपालको पूँजी बजारले आज पुनः उत्साहपूर्ण कारोबार गर्दै नेप्से परिसूचकलाई २६ सयको मनोवैज्ञानिक विन्दु माथि पु‍र्‍याएको छ। नेप्से परिसूचक २४.२२ अंकले वृद्धि भई २६००.३८ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, आज २४९ कम्पनीका २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन्। अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २ अर्ब रुपैयाँले बढेको छ, जसले लगानीकर्ताको सक्रियता पुनः फर्किएको संकेत गरेको छ। आज दुई कम्पनी—गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्त—को सेयर मूल्य सकारात्मक सर्किटमा पुगेका छन्। त्यस्तै, सुपर माई हाईड्रोपावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन्।Positive Closing: NEPSE Crosses 2600 Mark with Strong Volume Surge Nepal’s stock market witnessed a strong rebound today as the NEPSE index climbed above the psychological level of 2600 points, signaling renewed investor optimism. The benchmark index rose by 24.22 points to close at 2600.38 points. According to Nepal Stock Exchange (NEPSE), a total of 249 companies were traded today, with 26,010,718 shares changing hands worth Rs 7.51 billion. This is a significant jump from Wednesday’s turnover of Rs 5.45 billion, indicating higher market participation and investor confidence returning to the market. Two microfinance companies — Guras Laghubitta and Unnati Sahakarya Laghubitta — hit the positive circuit level during the day. Likewise, shares of Super Mai Hydropower, Ganapati Laghubitta, and Peoples Hydropower surged by more than 9%.

      NEPSE TRADING·30 Oct, 2025·3 min read
    • हिमालयन लाइफ इन्स्योरेन्सका नयाँ सीईओमा कपिल कुमार दाहाल नियुक्त
      Investor

      हिमालयन लाइफ इन्स्योरेन्सका नयाँ सीईओमा कपिल कुमार दाहाल नियुक्तKapil Kumar Dahal Appointed as CEO of Himalayan Life Insurance Limited

      हिमालयन लाइफ इन्स्योरेन्सका नयाँ सीईओमा कपिल कुमार दाहाल नियुक्त हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कपिल कुमार दाहाललाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि कम्पनीका तत्कालीन सीईओ मनोज लाल कर्ण असोज २८ गतेदेखि पदबाट बाहिरिएका थिए। कर्णको कार्यकालमा कम्पनीका अभिकर्ता र कर्मचारीहरूले नेतृत्व परिवर्तनको माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलनको दबाबपछि कर्णले राजीनामा दिएका थिए। त्यसपछि कम्पनीले तत्कालीन उप–प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)का रूपमा कार्यरत दाहाललाई निमित्त सीईओको जिम्मेवारी दिएको थियो। केही समयसम्म सो पदमा रहँदै आएका दाहाललाई बुधबारको बैठकले औपचारिक रूपमा स्थायी सीईओमा नियुक्त गरेको हो।Kapil Kumar Dahal Appointed as CEO of Himalayan Life Insurance Limited Himalayan Life Insurance Limited has appointed Kapil Kumar Dahal as its new Chief Executive Officer (CEO). The decision was made during the company’s Board of Directors meeting held on Wednesday. Former CEO Manoj Lal Karn resigned from the company on Ashoj 28, following protests by agents and employees demanding his resignation and leadership change. After Karn’s departure, the company had appointed Deputy CEO (DCEO) Kapil Kumar Dahal as the acting CEO. Now, Dahal has been formally promoted to CEO by the board’s unanimous decision.

      NEPSE TRADING·30 Oct, 2025·1 min read
    • सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो
      Investor

      सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्योGold Price Remains Stable While Silver Rises

      सुनको मूल्य स्थिर, चाँदीको भाउ बढ्यो बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन भने चाँदीमा १५ रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन पनि यही मूल्य कायम गरिएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ९८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी २ हजार ९६५ रुपैयाँ प्रतितोला मा कारोबार भएको थियो।Gold Price Remains Stable While Silver Rises On Thursday, the price of gold remained stable, while silver saw an increase in the Nepali market. Compared to the previous day, there was no change in the price of gold, but silver rose by Rs. 15 per tola. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of fine gold is fixed at Rs. 236,300 per tola today — the same as on the previous trading day. Meanwhile, silver prices increased to Rs. 2,980 per tola, up by Rs. 15 from Rs. 2,965 per tola the previous day. Experts say the rise in silver prices, despite the stability in gold, is partly influenced by international market trends.

      NEPSE TRADING·30 Oct, 2025·1 min read
    • अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत अंकले घटायो, सुनको मूल्य बढ्ने अपेक्षा
      Investor

      अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत अंकले घटायो, सुनको मूल्य बढ्ने अपेक्षाU.S. Federal Reserve Cuts Interest Rate by 0.25 Percentage Points — Gold Prices Expected to Rise

      अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत अंकले घटायो, सुनको मूल्य बढ्ने अपेक्षा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (Fed) ले बुधबार संघीय कोष ब्याजदरको लक्ष्य दायरा २५ आधार बिन्दुले (०.२५ प्रतिशत अंक) घटाएर ३.७५ देखि ४ प्रतिशत मा ल्याउने निर्णय गरेको छ। यो चालू वर्षको दोस्रो ब्याजदर कटौती हो। फेडका अनुसार हाल उपलब्ध आर्थिक सूचकहरूले अमेरिकी अर्थतन्त्र मध्यम गतिमा विस्तार भइरहेको देखाउँछन्, तर रोजगारी वृद्धि सुस्त भएको र बेरोजगारी दर केही बढेको संकेत दिएका छन्।U.S. Federal Reserve Cuts Interest Rate by 0.25 Percentage Points — Gold Prices Expected to Rise The U.S. Federal Reserve (Fed) on Wednesday lowered the federal funds rate target range by 25 basis points (0.25%), bringing it down to 3.75%–4%. This marks the second interest rate cut of the year. According to the Fed, recent economic indicators suggest that U.S. economic activity is expanding at a moderate pace, while job growth has slowed and the unemployment rate has slightly increased.

      NEPSE TRADING·30 Oct, 2025·1 min read
    • माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित
      Investor

      माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारितMathillo Mailun Khola Jalvidhyut Limited Holds 12th Annual General Meeting — Key Decisions Approved

      माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा (AGM) २०७२ साल असोज २४ गते (अक्टोबर १०, २०२५) का दिन काठमाडौंको सुकेधारा स्थित सानिवेशन हाइट्समा सम्पन्न भएको छ। उक्त सभामा उपस्थित शेयरधनीहरू र प्रतिनिधिहरूको सहभागिताले ६४.९३ प्रतिशत शेयर प्रतिनिधित्व भएको जानकारी दिइएको छ, जसले सभा सञ्चालनका लागि आवश्यक गणपूरक संख्या पूरा गरेको जनाएको छ। सभामा विभिन्न शेयरधनीहरूले कम्पनीका वित्तीय, प्राविधिक र सञ्चालन सम्बन्धी विषयमा प्रश्न तथा सुझावहरू राखेका थिए। अध्यक्ष श्री रामेश्वर रिजालको अध्यक्षतामा बसेको सभामा सो प्रश्नहरूको स्पष्टिकरण प्रदान गर्दै कम्पनीका विषयमा आवश्यक जानकारी दिइएको थियो।Mathillo Mailun Khola Jalvidhyut Limited Holds 12th Annual General Meeting — Key Decisions Approved Mathillo Mailun Khola Jalvidhyut Limited successfully conducted its 12th Annual General Meeting (AGM) on Ashwin 24, 2082 (October 10, 2025) at Saniveshan Heights, Sukedhara, Kathmandu. The meeting was attended by shareholders and their representatives, representing 64.93% of the company’s total issued shares, thus meeting the required quorum for the AGM.

      NEPSE TRADING·30 Oct, 2025·<1 min read
    • सप्तकोशी र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा
      Investor

      सप्तकोशी र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमाNRB Takes Action Against Saptakoshi and Lumbini Development Banks

      सप्तकोशी र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई विकास बैंकहरू — सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेड — लाई कारबाही गरेको छ।NRB Takes Action Against Saptakoshi and Lumbini Development Banks Nepal Rastra Bank (NRB) has taken regulatory action against two development banks — Saptakoshi Development Bank Limited and Lumbini Bikas Bank Limited — during the first quarter of the current fiscal year.

      NEPSE TRADING·30 Oct, 2025·1 min read
    • तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
      Investor

      तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजLast Day to Secure Dividends from Three NEPSE-Listed Companies

      तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरूमा ग्लोबल आइएमई बैंक, मुक्तिनाथ कृषि कम्पनी, र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन्। यीमध्ये मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्तले कात्तिक १४ गते बुक क्लोज गर्नेछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुक क्लोज गर्नेछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र आगामी साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।Last Day to Secure Dividends from Three NEPSE-Listed Companies Today is the last trading day to secure dividends from three companies listed on the Nepal Stock Exchange (NEPSE): Global IME Bank, Muktinath Krishi Company, and Guras Laghubitta Bittiya Sanstha. Among these, Muktinath Krishi Company and Guras Laghubitta will close their books on Kartik 14, while Global IME Bank will close its book on Kartik 16. Therefore, only shareholders whose shares are traded and recorded in NEPSE by the end of today will be eligible to receive the proposed dividends and attend the respective Annual General Meetings (AGMs).

      NEPSE TRADING·30 Oct, 2025·1 min read
    • सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ — संवैधानिक इजलास गठन
      Investor

      सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ — संवैधानिक इजलास गठनConstitutional Bench Formed to Hear Petitions Against House Dissolution

      सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ — संवैधानिक इजलास गठन प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ गर्न आजदेखि संवैधानिक इजलास गठन गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, उक्त इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा सहभागी रहेका छन्। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो निर्णयविरुद्ध १६ वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर भएका छन्। रिटदाताहरूले संसद् विघटन र अन्तरिम प्रधानमन्त्री नियुक्तिलाई संविधानविपरीत ठहर गर्दै संसद् पुनःस्थापनाको मागसहित परमादेश जारी गर्न माग गरेका छन्।Constitutional Bench Formed to Hear Petitions Against House Dissolution Kathmandu — The Supreme Court of Nepal has formed a Constitutional Bench to begin hearings on petitions filed against the dissolution of the House of Representatives. According to court spokesperson Arjun Prasad Koirala, the bench comprises Chief Justice Prakashman Singh Raut, and Justices Sapana Pradhan Malla, Kumar Regmi, Hari Prasad Phuyal, and Dr. Manoj Kumar Sharma. On Bhadra 27 (September 12), President Ramchandra Paudel, acting on the recommendation of the interim government, dissolved the House of Representatives. In response, 16 writ petitions were filed at the Supreme Court, challenging the legality of the dissolution and the appointment of the interim prime minister.

      NEPSE TRADING·29 Oct, 2025·2 min read
    • राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्ने
      Top

      राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्नेNepal Rastra Bank to Absorb Rs 40 Billion Liquidity Through Deposit Collection Auction

      नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत झिक्ने भएको छ। हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत निर्धारण हुने छ भने सावाँ तथा ब्याज भुक्तानी मिति २०८३ बैशाख ९ गते (२०२६ अप्रिल २१) तोकिएको छ। न्यूनतम बोलकबोल रकम १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको गुणकमा रहनेछ। राष्ट्र बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरणमार्फत बजार ब्याजदर स्थिर राख्ने प्रयास गर्दै आएको छ।Nepal Rastra Bank (NRB) is set to absorb Rs 40 billion from the banking system on Wednesday through a deposit collection auction, as excess liquidity continues to persist. The total deposits in the banking sector have now exceeded Rs 7.4 trillion. Only Class ‘A’, ‘B’, and ‘C’ banks and financial institutions are eligible to participate. The interest rate will be determined through competitive bidding, and the maturity date for repayment has been fixed for Baisakh 9, 2083 (April 21, 2026). The minimum bid amount is Rs 100 million, with subsequent multiples of Rs 50 million. The central bank has been using such long-term deposit collection tools to stabilize market interest rates and manage structural liquidity surpluses.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • “हिँड काठमाडौं” संघर्ष अभियान — सेयर बजार सुधारका लागि लगानीकर्ताहरूको माग सार्वजनिक
      Investor

      “हिँड काठमाडौं” संघर्ष अभियान — सेयर बजार सुधारका लागि लगानीकर्ताहरूको माग सार्वजनिक“Hid Kathmandu” Protest Campaign — Investors Publish 28-Point Demand for Capital Market Reform

      “हिँड काठमाडौं” संघर्ष अभियान — सेयर बजार सुधारका लागि लगानीकर्ताहरूको माग सार्वजनिक नेपालका सेयर लगानीकर्ताहरूले “हिँड काठमाडौं संघर्ष अभियान” अन्तर्गत नेपाल धितोपत्र बोर्ड (SEBON) परिसरमा विरोध प्रदर्शन गर्न लागेका छन्। उनीहरूले पूँजीबजारको सुधार, विस्तार र स्तरोन्नतिको माग गर्दै २८ बुँदे ज्ञापनपत्र सार्वजनिक गरेका छन्। अभियानका संयोजक दिपेन्द्र अग्रवालले जारी गरेको विज्ञप्तिअनुसार लगानीकर्ताहरूका मुख्य मागहरूमा यी विषयहरू छन्—“Hid Kathmandu” Protest Campaign — Investors Publish 28-Point Demand for Capital Market Reform Nepali share investors are set to launch the “Hid Kathmandu” Protest Campaign, gathering at the Securities Board of Nepal (SEBON) to demand comprehensive reforms for the country’s capital market. The investors have released a 28-point memorandum calling for transparency, efficiency, and investor protection in the stock market. According to a press statement issued by campaign coordinator Dipendra Agrawal, the main demands include:

      NEPSE TRADING·29 Oct, 2025·2 min read
    • श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज बिहान १०:३० बजे हुँदै
      Investor

      श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज बिहान १०:३० बजे हुँदैIPO Allotment of Shreenagar Agritech Industries Limited Taking Place Today at 10:30 AM

      श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज बिहान १०:३० बजे हुँदै श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज बुधबार, कात्तिक १२ गते बिहान १०:३० बजे हुँदैछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँड कार्य कम्पनीको कार्यालयमा बिहानैदेखि सुरु गरिनेछ। श्रीनगर एग्रीटेकको आईपीओमा लगानीकर्ताको अत्यधिक चासो देखिएको छ। असोज २६ गतेदेखि २९ गतेसम्म खुला गरिएको यस निष्कासनमा कुल १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ करोड १७ लाख २ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए।IPO Allotment of Shreenagar Agritech Industries Limited Taking Place Today at 10:30 AM The IPO (Initial Public Offering) allotment of Shreenagar Agritech Industries Limited is being held today, Wednesday, 12th Kartik, starting at 10:30 AM. According to the issue manager, Nabil Investment Banking Limited, the allotment process will begin this morning at the company’s office. The IPO of Shreenagar Agritech received an overwhelming response from investors. By the closing date on 29th Ashwin, a total of 1,942,682 applicants had applied for 21,702,080 units of shares.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • राष्ट्र बैंकको आग्रह — ‘सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्नुस्’
      Investor

      राष्ट्र बैंकको आग्रह — ‘सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्नुस्’Nepal Rastra Bank Urges Public to Use Credit Cards Responsibly and Understand Terms Before Use

      राष्ट्र बैंकको आग्रह — ‘सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्नुस्’ नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई क्रेडिट कार्ड प्रयोग गर्दा जिम्मेवारीपूर्वक व्यवहार गर्न र यसको सर्त तथा प्रावधान बुझेर मात्र प्रयोग गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले एक सूचना जारी गर्दै क्रेडिट कार्ड प्रयोगमा सतर्कता अपनाउन आग्रह गरेको हो। सूचनामा भनिएको छ, “क्रेडिट कार्ड सहज र सुरक्षित भुक्तानीको माध्यम हो तर यसप्रति लापरवाही गर्दा उच्च ब्याजदर र अनावश्यक आर्थिक बोझ पर्न सक्ने सम्भावना रहन्छ।”Nepal Rastra Bank Urges Public to Use Credit Cards Responsibly and Understand Terms Before Use The Nepal Rastra Bank (NRB) has urged the public to use credit cards responsibly and to fully understand their terms and conditions before using them. In a notice issued by its Financial Inclusion and Consumer Protection Department, the central bank emphasized the importance of financial awareness and responsible card usage to avoid unnecessary financial burdens. The NRB stated that while credit cards are a convenient and secure payment tool, careless use can lead to high interest rates and increased debt obligations. The bank advised users to be well informed about the credit limit, fees, interest rates, billing dates, and payment deadlines before using their cards.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी मोहनलाल अग्रवालद्वारा १ लाख कित्ता सेयर बिक्रीमा
      Investor

      प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी मोहनलाल अग्रवालद्वारा १ लाख कित्ता सेयर बिक्रीमाPromoter Shareholder Mohanlal Agrawal of Prabhu Mahalaxmi Life Insurance Offers 100,000 Shares for Sale

      प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी मोहनलाल अग्रवालद्वारा १ लाख कित्ता सेयर बिक्रीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले आफ्नो नाममा रहेको १,००,००० (एक लाख) कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन्। कम्पनीले मिति २०८२ साल कार्तिक १२ गते पहिलो पटक सूचना प्रकाशित गर्दै, बीमा समितिको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरेको हो।Promoter Shareholder Mohanlal Agrawal of Prabhu Mahalaxmi Life Insurance Offers 100,000 Shares for Sale Prabhu Mahalaxmi Life Insurance Limited has announced that its promoter shareholder Mohanlal Agrawal is offering 100,000 (one lakh) promoter shares for sale. According to the company, the notice was first published on 12th Kartik, 2082, in line with Directive No. 11 of the Promoter Share Transaction Guidelines, 2077, issued by the Insurance Board of Nepal. The company has issued a 35-day notice inviting interested existing promoter shareholders to purchase the shares.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • एशियन होटल लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर ३ गते हुने
      Investor

      एशियन होटल लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर ३ गते हुनेAsian Hotel Limited to Hold Its First Annual General Meeting on 3rd Mangsir, 2082

      एशियन होटल लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर ३ गते हुने एशियन होटल लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारण सभा (AGM) मंसिर ३ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको कार्तिक ११ गते बसेको बैठकले मंसिर ३ गते साधारण सभा गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार, सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०:०० बजे आयोजना हुनेछ। सभामा कम्पनीका शेयरधनीहरूले भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, सोही अवधिको लेखा परीक्षण प्रतिवेदन, ब्यालेन्ससिट, लाभ–हानि हिसाब तथा अवशिष्ट नाफा विनियोजन प्रस्ताव पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ।Asian Hotel Limited to Hold Its First Annual General Meeting on 3rd Mangsir, 2082 Asian Hotel Limited has announced that its first Annual General Meeting (AGM) will be held on 3rd Mangsir, 2082. The decision was made during a meeting of the company’s Board of Directors held on 11th Kartik, 2082. According to the company, the AGM will take place at the company’s central office in Thapathali, Kathmandu, starting at 10:00 AM. Shareholders will also have the option to participate in the meeting through a virtual platform. The agenda of the AGM includes the presentation and approval of the Board of Directors’ report for the fiscal year 2079/80, the audited financial statements, including the balance sheet, profit and loss account, and profit appropriation proposal, and the appointment of an auditor for the upcoming fiscal year along with their remuneration.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • समता लघुवित्तका संस्थापक सेयर १० हजार कित्ता बिक्रीमा
      Investor

      समता लघुवित्तका संस्थापक सेयर १० हजार कित्ता बिक्रीमा10,000 Promoter Shares of Samata Laghubitta Bittiya Sanstha Limited Put Up for Sale

      समता लघुवित्तका संस्थापक सेयर १० हजार कित्ता बिक्रीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका विद्यमान संस्थापक शेयरधनीले आफनो नाममा रहेको १०,००० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै सेयर बिक्रीको निर्णय गरेको हो। सो प्रक्रियाअनुसार विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिने व्यवस्था रहेकाले संस्थाले यसअघि मिति २०८२ साल असोज ६ गते राष्ट्रिय दैनिकमार्फत ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर सो अवधिभित्र कुनै पनि विद्यमान संस्थापक शेयरधनीले खरिदका लागि निवेदन नदिएकाले अब अन्य इच्छुक व्यक्तिहरू, कम्पनीहरू, संघ–संस्थाहरूलाई खरिदका लागि आवेदन दिन आग्रह गरिएको छ।10,000 Promoter Shares of Samata Laghubitta Bittiya Sanstha Limited Put Up for Sale The existing promoter shareholder of Samata Gharelu Laghubitta Bittiya Sanstha Limited has announced the sale of 10,000 promoter shares registered under their name. According to the company, the decision to sell the shares has been made following the necessary procedures as directed by the Nepal Rastra Bank. In line with regulatory requirements, the company had earlier published a 35-day public notice on 6th Ashwin 2082 in a national daily newspaper, giving priority to existing promoter shareholders to purchase the shares. However, as no applications were received within the given period, the company has now opened the opportunity for qualified interested individuals, companies, and institutions to submit applications for purchase.

      NEPSE TRADING·29 Oct, 2025·1 min read