NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 63 / 143Next
    • सिटी होटल लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न
      Investor

      सिटी होटल लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्नCity Hotel Limited Completes Allotment of Right Shares in 1:0.80 Ratio

      सिटी होटल लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न सिटी होटल लिमिटेडले आफ्नो १ः०.८० अनुपातमा जारी गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले २०७९ साल साउन २६ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि निष्काशन गरेको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद साधारण सेयर मिति २०७९ साल कार्तिक ११ गते बाँडफाँड गरेको हो। कम्पनीका अनुसार, जारी पूँजी रु. १ अर्ब ६७ करोड ४० लाख बराबरको हकप्रद सेयर निष्काशन गर्दा ४९ हजार १८५ जना सेयरधनीहरूले रितपूर्वक आवेदन दिएका थिए। तीमध्ये योग्य आवेदकहरूलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।City Hotel Limited Completes Allotment of Right Shares in 1:0.80 Ratio City Hotel Limited has successfully completed the allotment of its right shares in a 1:0.80 ratio to its shareholders. The company allotted 13,392,000 units of ordinary right shares to eligible shareholders on 11th Kartik, 2082. According to the company, the right shares were issued for shareholders registered up to 26th Shrawan, 2082, based on the company’s existing paid-up capital of Rs. 1.67 billion. A total of 49,185 shareholders had applied for the issue, and 11,241,582 units of right shares were allotted to the valid applicants.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ सुरु
      Investor

      प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ सुरुSupreme Court Begins Hearing on 16 Petitions Filed Against Dissolution of House of Representatives

      प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ सुरु प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनको निर्णय बदर गरी संसद् पुनःस्थापना गर्न माग गर्दै दायर रिटहरूमाथि प्रारम्भिक सुनुवाइ प्रारम्भ भएको हो। रिट निवेदनहरूमा उत्प्रेषण र परमादेश आदेश जारी गर्न माग गरिएको छ। यि रिटहरूमा प्रधानमन्त्री नियुक्तिको प्रक्रिया संवैधानिक व्यवस्थाविपरीत भएको र संसद् विघटन असंवैधानिक रहेको दाबी गरिएको छ।Supreme Court Begins Hearing on 16 Petitions Filed Against Dissolution of House of Representatives The Supreme Court of Nepal has begun hearings on 16 writ petitions filed against the dissolution of the House of Representatives. According to court spokesperson Arjun Prasad Koirala, the petitions seek to nullify the appointment of the Prime Minister and the dissolution of Parliament, demanding its reinstatement through writs of certiorari and mandamus. The petitioners argue that both the Prime Minister’s appointment process and the decision to dissolve Parliament were unconstitutional and contrary to the provisions of the Constitution.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमन
      Investor

      मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमनOver 40,000 Tourists Visit Mustang in Just 10 Days of Kartik

      मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमन कात्तिक सुरु भएको १० दिनमै मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटक पुगेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र ३ हजार ७३२ जना विदेशी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका छन्। सो अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेको प्रहरीले जनाएको छ। तिहार तथा छठ पर्वको बिदालाई लक्षित गर्दै धार्मिक तथा पर्यटकीय भ्रमणका लागि देशभित्रका विभिन्न स्थानबाट मुस्ताङ आउने पर्यटकको भीड देखिएको हो।Over 40,000 Tourists Visit Mustang in Just 10 Days of Kartik More than 40,000 tourists have visited Mustang in the first 10 days of the Nepali month Kartik, according to the District Police Office, Mustang. Between Kartik 1 and Kartik 10, a total of 37,146 domestic tourists and 3,732 foreign tourists entered the district via the Beni–Jomsom Highway. During the same period, around 11,808 vehicles, including buses, jeeps, cars, vans, and motorcycles, entered Mustang. The surge in tourist arrivals coincides with the Tihar and Chhath festival holidays, drawing both religious pilgrims and adventure travelers from across the country.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • व्यवसायी तथा पूर्व सांसद देवीप्रसाद भट्टचन पक्राउ
      Investor

      व्यवसायी तथा पूर्व सांसद देवीप्रसाद भट्टचन पक्राउBusinessman and Former Lawmaker Devi Prasad Bhattchan Arrested

      व्यवसायी तथा पूर्व सांसद देवीप्रसाद भट्टचन पक्राउ नेकपा (एमाले) का पूर्व सांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मंगलबार उनलाई ललितपुरबाट पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो। भट्टचन प्रभु ग्रुपका अध्यक्षसमेत हुन्। उनीविरुद्ध यसअघि नै ठगीसम्बन्धी उजुरी दर्ता भएको थियो। सहकारी ठगी प्रकरणमा समेत उनको संलग्नता रहेको आशंका हुँदै आएको थियो।Businessman and Former Lawmaker Devi Prasad Bhattchan Arrested Former lawmaker of the CPN-UML and prominent businessman Devi Prasad Bhattchan has been arrested by the Central Investigation Bureau (CIB) of Nepal Police. He was taken into custody from Lalitpur on Tuesday in connection with alleged financial irregularities linked to the Prabhu Group. Bhattchan, who also serves as the Chairman of Prabhu Group, had previously been accused in multiple financial fraud cases. Police confirmed that complaints had been filed against him earlier, including allegations related to a major cooperative scam.

      NEPSE TRADING·29 Oct, 2025·1 min read
    • इक्रा नेपाल लिमिटेडको १३औं वार्षिक साधारणसभा मंसिर ३ गते हुने
      Investor

      इक्रा नेपाल लिमिटेडको १३औं वार्षिक साधारणसभा मंसिर ३ गते हुनेICRA Nepal Limited Announces 13th Annual General Meeting on Mangsir 3, 2082

      इक्रा नेपाल लिमिटेडको १३औं वार्षिक साधारणसभा मंसिर ३ गते हुने इक्रा नेपाल लिमिटेड (ICRA Nepal Limited) ले आफ्नो तेह्रौं वार्षिक साधारणसभा (13th AGM) मंसिर ३ गते, बुधबार आयोजना गर्ने भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार, साधारणसभा काठमाडौँको एलिशे क्याफे एण्ड रेस्टुरेन्ट (एलिशे हस्पिटालिटी) थमेलमा बिहान ९:०० बजे सुरु हुने जनाएको छ।ICRA Nepal Limited Announces 13th Annual General Meeting on Mangsir 3, 2082 ICRA Nepal Limited has announced that its 13th Annual General Meeting (AGM) will be held on Wednesday, Mangsir 3, 2082 (November 19, 2025). According to the official notice, the AGM will take place at Alysee Café & Restaurant, Thamel, Kathmandu, starting at 9:00 AM.

      NEPSE TRADING·28 Oct, 2025·<1 min read
    • वरुण हाइड्रोपावरको हकप्रद सेयर लिलामी बाँडफाँड सम्पन्न, कट–अफ मूल्य  १८४.६० कायम
      Investor

      वरुण हाइड्रोपावरको हकप्रद सेयर लिलामी बाँडफाँड सम्पन्न, कट–अफ मूल्य १८४.६० कायमBarun Hydropower Completes Auction Allotment of Right Shares — Cut-off Price Fixed at Rs. 184.60

      वरुण हाइड्रोपावरको हकप्रद सेयर लिलामी बाँडफाँड सम्पन्न, कट–अफ मूल्य रु. १८४.६० कायम वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बाँकी रहेका २ लाख ३८ हजार ४४३ कित्ता हकप्रद सेयरको लिलामी बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले यसअघि भदौ २९ गतेदेखि असोज १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन माग गरेको थियो। आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार, प्राप्त बोलपत्रहरू असोज २८ गते खोलेर कात्तिक २ गते बाँडफाँड गरिएको हो। लिलामीको अन्तिम (कट–अफ) मूल्य प्रति सेयर रु. १८४.६० निर्धारण गरिएको छ। उक्त मूल्यमा आवेदन दिने लगानीकर्ताहरूलाई सापेक्षिक भारका आधारमा समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। बाँडफाँडमा नपरेका आवेदकहरूको रकम भने भोलिदेखि (कात्तिक १२ गतेदेखि) कनेक्ट आईपीएसमार्फत सम्बन्धित बैंक खातामा फिर्ता गरिने जानकारी कम्पनीले सार्वजनिक गरेको छ। वरुण हाइड्रोपावरले यसअघि निष्काशन गरेको हकप्रद सेयरमा सबै आवेदन नपरेपछि बाँकी सेयरहरू लिलामीमार्फत बिक्री गरिएको हो।Barun Hydropower Completes Auction Allotment of Right Shares — Cut-off Price Fixed at Rs. 184.60 Barun Hydropower Company Limited has completed the auction allotment of 238,443 units of unsold right shares under the general public category. The company had invited applications for the auction through a sealed bidding process from Bhadra 29 to Ashwin 12, 2082. According to RBB Merchant Banking Limited, the received bids were opened on Ashwin 28 and the share allotment was completed on Kartik 2. The final (cut-off) price for the auctioned shares was determined at Rs. 184.60 per share.

      NEPSE TRADING·28 Oct, 2025·1 min read
    • खानी खोला हाइड्रोपावरले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने
      Investor

      खानी खोला हाइड्रोपावरले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्नेKhani Khola Hydropower Announces Auction of 455,345 Unsold Right Shares

      खानी खोला हाइड्रोपावरले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहको ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलाम (बढाबढ) प्रणालीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यसबारेको सूचना सार्वजनिक गर्दै इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थालाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन आह्वान गरेको छ। कम्पनीले हकप्रद शेयर बिक्री खुला गर्दा उक्त सेयरहरूमा आवेदन नपरेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन नं. १५ अनुसार लिलाम बिक्री गर्ने निर्णय गरेको हो।Khani Khola Hydropower Announces Auction of 455,345 Unsold Right Shares Khani Khola Hydropower Company Limited has announced an auction (sealed bidding) for the sale of 455,345 units of unsold right shares belonging to the general public category. The company has invited interested individuals, institutions, and organizations to submit sealed bid applications within the specified deadline.

      NEPSE TRADING·28 Oct, 2025·1 min read
    • एचएलआई लार्ज क्याप फन्डको असोज मसान्तसम्मको नेभ विवरण सार्वजनिक
      Investor

      एचएलआई लार्ज क्याप फन्डको असोज मसान्तसम्मको नेभ विवरण सार्वजनिकHLI Large Cap Fund Publishes NAV Report for the End of Ashwin 2082

      एचएलआई लार्ज क्याप फन्डको असोज मसान्तसम्मको नेभ विवरण सार्वजनिक हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एचएलआई लार्ज क्याप फन्ड (HLI Large Cap Fund) ले आर्थिक वर्ष २०८२ असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य (Net Asset Value – NAV) विवरण सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्डबाट २०८२ साउन २२ गते अनुमति प्राप्त यो बन्दमुखी योजना धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम सञ्चालित छ। प्रकाशित विवरणअनुसार, असोज मसान्तसम्म फन्डको कुल सम्पत्ति रु. ४ अर्ब ८५ करोड ४३ लाख ४५ हजार ६७५ पुगेको छ।HLI Large Cap Fund Publishes NAV Report for the End of Ashwin 2082 Himalayan Life Insurance Mutual Fund, under the management of Himalayan Investment Banker Limited, has published the Net Asset Value (NAV) report of its scheme HLI Large Cap Fund as of the end of Ashwin 2082. The closed-end fund operates under the provisions of the Securities Act, 2063 and the Mutual Fund Regulation, 2067, and was officially approved by the Securities Board of Nepal (SEBON) on 2082/04/22 (August 6, 2025). According to the published data, the fund’s total assets stood at Rs. 4.85 billion (Rs. 4,85,43,45,675) as of Ashwin end.

      NEPSE TRADING·28 Oct, 2025·1 min read
    • विश्व बजारमा उछाल — अमेरिकी सूचकांकले तोड्यो नयाँ कीर्तिमान
      Investor

      विश्व बजारमा उछाल — अमेरिकी सूचकांकले तोड्यो नयाँ कीर्तिमानGlobal Stocks Rally to Record Highs as Trade Tensions Ease and Rate Cuts Loom

      विश्व बजारमा उछाल — अमेरिकी सूचकांकले तोड्यो नयाँ कीर्तिमान विश्व शेयर बजारमा सोमबार अभूतपूर्व उछाल देखा परेपछि अमेरिकी शेयर बजार नयाँ कीर्तिमानमा पुगेका छन्। व्यापार तनाव घट्ने संकेत र यो साता नै ब्याजदर घट्ने अपेक्षाले बजारमा उत्साह ल्याएको हो। S&P 500 सूचकांक १.२ प्रतिशतले बढ्दै ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। चीन र अमेरिका बीचको व्यापार वार्तामा सकारात्मक प्रगति देखिँदा लगानीकर्ताहरूमा आत्मविश्वास बढेको हो। राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङले यसै साताको शिखर सम्मेलनमा कूटनीतिक उपलब्धिहरू घोषणा गर्ने तयारी गरिरहेका छन्। यसबीच, अमेरिकी बजारमा सूचीबद्ध चिनियाँ कम्पनीहरूको सूचकांक १.६ प्रतिशतले उक्लिएको छ। साथै, क्रिप्टोकरेन्सी बजारमा पनि सुधार देखिएको छ भने सुनको मूल्य सोमबार ३ प्रतिशतभन्दा बढी घटेर प्रति औंस ४,००० डलरभन्दा तल पुगेपछि मंगलबारको प्रारम्भिक कारोबारमा स्थिर रह्यो। विश्लेषकहरूका अनुसार, व्यापार सम्बन्धमा सुधार र ब्याजदर घट्ने अपेक्षाले विश्व बजारमा नयाँ ऊर्जा भरेको छ। अब लगानीकर्ताहरूको नजर आगामी अमेरिकी फेडरल रिजर्भको नीतिगत घोषणातर्फ केन्द्रित हुनेछ, जसले बजारको आगामी दिशानिर्देश तय गर्नेछ।Global Stocks Rally to Record Highs as Trade Tensions Ease and Rate Cuts Loom Global equity markets surged on Monday, propelling major US stock indexes to new all-time highs as easing trade tensions and expectations of interest-rate cuts later this week boosted investor confidence. The S&P 500 climbed 1.2%, marking a historic record close. Optimism grew after Chinese and US trade negotiators reportedly secured several diplomatic wins expected to be announced by Donald Trump and Xi Jinping during their upcoming summit. An index of US-listed Chinese companies advanced 1.6%, reflecting renewed optimism in cross-border trade and technology sectors. Meanwhile, cryptocurrencies gained ground as investors shifted toward riskier assets, while gold steadied in early Tuesday trading after a sharp 3% drop that pushed it below $4,000 per ounce.

      NEPSE TRADING·27 Oct, 2025·1 min read
    • सार्वजनिक संस्थानको व्यवस्थापन र सुशासनमा सुधार गर्ने सरकारको नीति स्वीकृत
      Investor

      सार्वजनिक संस्थानको व्यवस्थापन र सुशासनमा सुधार गर्ने सरकारको नीति स्वीकृतGovernment Approves Policy to Improve Governance and Performance of Public Enterprises

      सार्वजनिक संस्थानको व्यवस्थापन र सुशासनमा सुधार गर्ने सरकारको नीति स्वीकृत सरकारले सार्वजनिक संस्थानहरूको कार्यक्षमता, पारदर्शिता र जवाफदेहितामा सुधार ल्याउने उद्देश्यसहित ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को असोज १२ गते बसेको बैठकले उक्त नीति पारित गरेको हो। नीतिको दीर्घकालीन लक्ष्य सार्वजनिक संस्थानहरूलाई प्रतिस्पर्धी, व्यवसायिक, स्वायत्त र नतिजामुखी बनाउने रहेको छ। अर्थ मन्त्रालयका अनुसार, देशमा हाल ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन्, जसमा २० वटा पूर्ण सरकारी स्वामित्वमा र २५ वटा आंशिक लगानीमा रहेका छन्। तीमध्ये २८ संस्थान नाफामा र १५ घाटामा छन्। आर्थिक वर्ष २०८०/८१ मा सरकारले यी संस्थानहरूमा करिब सात खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ, तर लगानीको प्रतिफल घट्दै २.४ प्रतिशतमा सीमित भएको छ। घाटामा रहेका संस्थानहरूको कुल घाटा तीन अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। नीतिले संस्थानहरूको कमजोर वित्तीय स्थिति व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप, अप्रभावकारी निर्णय प्रक्रिया, कमजोर आन्तरिक नियन्त्रण र बढी प्रशासनिक खर्चका कारण भएको ठहर गरेको छ। यसलाई सम्बोधन गर्न सरकारले संस्थानहरूको सञ्चालन र नियमनलाई अलग गर्ने, नीति निर्माण गर्ने निकायले सञ्चालनमा प्रत्यक्ष हस्तक्षेप गर्न नपाउने व्यवस्था गर्ने बताइएको छ।Government Approves Policy to Improve Governance and Performance of Public Enterprises The Government of Nepal has approved the Public Enterprises Management and Governance Policy, 2082, aimed at enhancing the efficiency, transparency, and accountability of state-owned enterprises. The policy, endorsed by the Cabinet meeting on Asoj 12, envisions transforming public enterprises into competitive, professional, autonomous, and results-oriented institutions in the long run. According to the Ministry of Finance, there are currently 45 public enterprises operating in Nepal — 20 fully government-owned and 25 with partial government investment. Of these, 28 are in profit while 15 are incurring losses. In FY 2080/81, the government invested a total of Rs 703.93 billion in these enterprises — including Rs 364.86 billion in equity and Rs 339.07 billion as loans. However, the return on investment (ROI) has declined from 3.8% in FY 2079/80 to just 2.4% in the current fiscal year. Loss-making enterprises collectively recorded a deficit of Rs 3.63 billion, while the profits of profitable institutions dropped by 11.5% year-on-year.

      NEPSE TRADING·27 Oct, 2025·2 min read
    • गरिमा विकास बैंकको लाभांशका लागि कार्तिक १८ बुक क्लोज
      Stock

      गरिमा विकास बैंकको लाभांशका लागि कार्तिक १८ बुक क्लोजGarima Bikas Bank Announces Book Closure for Dividend and AGM

      गरिमा विकास बैंक लिमिटेडले आगामी वार्षिक साधारणसभा (AGM) र लाभांश वितरणका लागि कार्तिक १८ गतेलाई बुक क्लोज मिति तय गरेको छ। बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ३३५औं बैठकले उक्त मिति निर्धारण गरेको हो।Garima Bikas Bank Limited has announced Kartik 18 as the book closure date for its upcoming Annual General Meeting (AGM) and dividend distribution. The decision was made during the bank’s 335th board meeting held on Kartik 2.

      NEPSE TRADING·27 Oct, 2025·<1 min read
    • जीवन विकास लघुवित्तको संस्थापक सेयर १ लाख ५० हजार कित्ता बिक्रीमा
      Latest

      जीवन विकास लघुवित्तको संस्थापक सेयर १ लाख ५० हजार कित्ता बिक्रीमा 150,000 Promoter Shares of Jeevan Bikas Microfinance Up for Sale

      जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीको घोषणा गरेको छ। यो बिक्री हालका संस्थापक सेयरधनीहरूका लागि मात्र खुला गरिएको छ, जसले तोकिएको मापदण्ड अनुसार खरिद निवेदन पेश गर्न सक्नेछन्।Jeevan Bikas Microfinance Financial Institution Ltd. has put 150,000 promoter shares up for sale, offering a limited-time opportunity exclusively for its current promoter shareholders.

      NepseTrading·27 Oct, 2025·<1 min read
    • सुन तोलामा रु. २,००० ले र चाँदी रु. ३५ ले घट्यो
      Stock

      सुन तोलामा रु. २,००० ले र चाँदी रु. ३५ ले घट्योGold Down by Rs 2,000, Silver by Rs 35 Per Tola

      नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य हिजोको तुलनामा तोलामा रु. २,००० ले घटेर रु. २ लाख ३९ हजार ९०० पुगेको छ।Both gold and silver prices declined in the Nepali market today. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold has dropped by Rs 2,000 per tola compared to yesterday, settling at Rs 239,900 per tola.

      NepseTrading·27 Oct, 2025·<1 min read
    • छठ पर्वको अवसरमा सेयर बजार बन्द हुने
      Investor

      छठ पर्वको अवसरमा सेयर बजार बन्द हुनेNEPSE to Remain Closed on the Occasion of Chhath Festival

      छठ पर्वको अवसरमा सेयर बजार बन्द हुने काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार (कात्तिक १० गते) सार्वजनिक बिदा घोषणा गरेको छ । यस क्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द रहने भएको छ । सेयर कारोबार मङ्गलबार (कात्तिक ११ गते) बिहान ११ बजेबाट पुनः सुरु हुनेछ । छठ पर्व नेपालको एक महत्वपूर्ण धार्मिक पर्व हो, जसमा विशेषगरी महिलाहरूले नारी शुद्धता, आत्मिक अनुशासन र प्रकृतिप्रतिको श्रद्धा प्रदर्शन गर्ने गर्छन् । यो पर्व चार दिनसम्म मनाइन्छ, जसमा पहिलो दिन सफाइ र व्रतको तयारी, दोस्रो दिन उपवास र प्रसाद पकाउने कार्य, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाएर पर्व समापन गर्ने परम्परा रहिआएको छ । छठ पर्वका क्रममा देशभरका नदी किनार र पोखरीहरूमा हजारौं भक्तजनहरूको उपस्थितिले धार्मिक र सांस्कृतिक वातावरणलाई झनै उज्यालो बनाएको छ । नेप्सेले भने सार्वजनिक बिदाका कारण कारोबार नहुने जानकारी दिँदै लगानीकर्तालाई सोअनुरूप योजना बनाउन आग्रह गरेको छ ।NEPSE to Remain Closed on the Occasion of Chhath Festival Kathmandu — The Government of Nepal has declared a public holiday on Monday, Kartik 10 (October 28, 2025), to mark the auspicious occasion of Chhath Parva. Consequently, the Nepal Stock Exchange (NEPSE) will remain closed for trading on that day. Market operations will resume on Tuesday, Kartik 11 (October 29, 2025), at 11:00 AM. Chhath Parva is one of Nepal’s most significant festivals, celebrated mainly in the Terai region but observed nationwide with great devotion. The festival highlights spiritual purity, self-discipline, and reverence toward the Sun God (Surya), considered the source of life and energy. Traditionally, the four-day festival begins with rituals of cleaning and fasting, followed by the preparation of offerings, and culminates with prayers and rituals performed on riverbanks during sunset and sunrise. Women devotees, in particular, observe strict fasting and perform rituals seeking blessings for family well-being and prosperity. During this period, thousands of devotees gather along rivers and ponds across the country, creating a spiritually charged and culturally vibrant atmosphere. NEPSE has advised investors to plan their trading activities accordingly, as the market will remain closed during the public holiday.

      NEPSE TRADING·27 Oct, 2025·1 min read
    • धान, गहुँ, तेलबिउ र तरकारीमा आयातको चरम निर्भरता — नेपालले तीन महिनामै १६ अर्बभन्दा बढी खर्च
      Investor

      धान, गहुँ, तेलबिउ र तरकारीमा आयातको चरम निर्भरता — नेपालले तीन महिनामै १६ अर्बभन्दा बढी खर्चFood Imports Still Soaring – Nepal Spends Over Rs. 16 Billion on Cereals, Oilseeds, and Vegetables

      धान, गहुँ, तेलबिउ र तरकारीमा आयातको चरम निर्भरता — नेपालले तीन महिनामै १६ अर्बभन्दा बढी खर्च नेपालको कृषि क्षेत्र अझै पनि विदेशी उत्पादनमा अत्यधिक निर्भर रहेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तथ्यांकले देखाउँछ कि देशले धान, गहुँ, तेलबिउ, तरकारी र फलफूलजस्ता खाद्य वस्तुहरूमा मात्रै १६ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारी नीति निरन्तर आएको भए पनि आयातको दबाब झन् बढ्दै गएको छ। भन्सार विभागको अनुसार, Chapter 10 (Cereals) अन्तर्गत धान, गहुँ, मकै र चामलजस्ता वस्तु आयातका लागि मात्रै १२ अर्ब ४७ करोड रुपैयाँ बराबरको खर्च भएको छ। यसैगरी, Chapter 12 (Oilseeds and Oleaginous Fruits) अन्तर्गत तेलबिउ तथा बालीजन्य वस्तु आयात ४ अर्ब २८ करोड रुपैयाँ बराबर पुगेको छ। तरकारी र फलफूलमा समेत ठूलो रकम खर्च भएको छ। Chapter 07 (Vegetables) अन्तर्गत ८ अर्ब ६४ करोड रुपैयाँ र Chapter 08 (Fruits and Nuts) अन्तर्गत ८ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात भएको छ। यी चार शीर्षक मात्रले नै नेपालको कुल आयातमा ३४ अर्ब रुपैयाँभन्दा बढीको हिस्सा ओगटेका छन्।Food Imports Still Soaring – Nepal Spends Over Rs. 16 Billion on Cereals, Oilseeds, and Vegetables Nepal’s agriculture sector remains heavily dependent on foreign products despite years of government promises to achieve self-sufficiency. According to the Department of Customs, during the first three months of the current fiscal year 2082/83 (mid-July to mid-October 2025), the country spent over Rs. 16 billion on importing key agricultural and food products such as rice, wheat, oilseeds, vegetables, and fruits. Under Chapter 10 (Cereals), Nepal imported Rs. 12.47 billion worth of rice, wheat, maize, and other grains. Similarly, Chapter 12 (Oilseeds and Oleaginous Fruits) shows that oilseeds and related crops worth Rs. 4.28 billion were brought into the country. The import of fresh produce is also striking. Nepal imported Rs. 8.64 billion worth of vegetables (Chapter 07) and Rs. 8.80 billion worth of fruits and nuts (Chapter 08). Combined, these four categories alone accounted for over Rs. 34 billion, highlighting the deep-rooted dependency on food imports.

      NEPSE TRADING·27 Oct, 2025·2 min read
    • मेसिन र सवारीसाधनमै ६५ अर्बभन्दा बढीको घाटा
      Investor

      मेसिन र सवारीसाधनमै ६५ अर्बभन्दा बढीको घाटाMachinery and Vehicle Imports Deepen Nepal’s Trade Deficit – Over Rs. 60 Billion in Just Three Months

      मेसिन र सवारीसाधनमै ६५ अर्बभन्दा बढीको घाटा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले मेसिनरी, विद्युतीय उपकरण र सवारीसाधन आयातका कारण ६५ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागका अनुसार Chapter 84 (Machinery and Mechanical Appliances) र Chapter 87 (Vehicles and Parts) बाट मात्रै देशले क्रमशः ३२ अर्ब ७ करोड ४३ लाख रुपैयाँ र २९ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। यी दुई शीर्षकबाट निर्यात भने नगन्य रहेको — मेसिनरीतर्फ ४४ करोड १० लाख रुपैयाँ र सवारीसाधनतर्फ १७ लाख रुपैयाँ मात्रै भएको छ। यसरी दुबै शीर्षकमा जम्मा गरी करिब ६१ अर्ब रुपैयाँभन्दा बढीको घाटा भएको देखिन्छ। विशेषज्ञहरूका अनुसार यो प्रवृत्ति नेपालको उद्योग, निर्माण र यातायात क्षेत्रको तीव्र आयात–निर्भरता को प्रतिफल हो। यद्यपि औद्योगिक पूर्वाधार र उत्पादन विस्तारका लागि मेसिन र उपकरण आवश्यक छन्, अत्यधिक आयातले विदेशी मुद्रा सञ्चितिमा दवाव सिर्जना गरिरहेको छ।Machinery and Vehicle Imports Deepen Nepal’s Trade Deficit – Over Rs. 60 Billion in Just Three Months Nepal recorded a trade deficit exceeding Rs. 60 billion in just three months of the current fiscal year (2082/83) due to massive imports of machinery, electrical equipment, and vehicles, according to the Department of Customs. During the period between mid-July and mid-October 2025, imports under Chapter 84 (Machinery and Mechanical Appliances) reached Rs. 32.07 billion, while Chapter 87 (Vehicles and Parts) accounted for Rs. 29.33 billion. Together, these two categories made up one of the largest import segments in Nepal’s trade portfolio. Exports from these sectors, however, remained negligible — only Rs. 441 million worth of machinery and Rs. 17 million worth of vehicles were exported during the same period. As a result, the combined trade deficit from these two chapters stood at more than Rs. 61 billion. Economic experts say this reflects Nepal’s rising dependence on imported industrial and transport goods. Although such imports indicate growing investment in industrial infrastructure, they also add heavy pressure on the country’s foreign currency reserves and overall trade imbalance.

      NEPSE TRADING·27 Oct, 2025·1 min read
    • तेल र पेट्रोलियम पदार्थमै ६६ अर्ब बढीको आयात — कुल आयातको सबैभन्दा ठूलो हिस्सा
      Investor

      तेल र पेट्रोलियम पदार्थमै ६६ अर्ब बढीको आयात — कुल आयातको सबैभन्दा ठूलो हिस्साFuel Imports Dominate Nepal’s Trade – Rs 66.8 Billion Spent in Just Three Months

      तेल र पेट्रोलियम पदार्थमै ६६ अर्ब बढीको आयात — कुल आयातको सबैभन्दा ठूलो हिस्सा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले तेल र पेट्रोलियम पदार्थ (Mineral Fuels and Oils) मा मात्रै ६६ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको आयात गरेको छ। यो रकमले कुल आयातको करिब १४ प्रतिशत हिस्सा ओगटेको भन्सार विभागको तथ्यांकले देखाउँछ। साउनदेखि असोज मसान्तसम्म (मध्य जुलाईदेखि मध्य अक्टोबर २०२५) नेपालले पेट्रोलियम पदार्थ, डिजेल, ग्यास, र अन्य इन्धनजन्य वस्तु आयातका लागि ६६ अर्ब ८७ करोड ४६ लाख रुपैयाँ खर्च गरेको हो। यो रकमले अन्य सबै वस्तुहरूको तुलनामा सबैभन्दा ठूलो हिस्सा ओगटेको छ।Fuel Imports Dominate Nepal’s Trade – Rs 66.8 Billion Spent in Just Three Months Nepal spent over Rs. 66.87 billion on the import of fuel and petroleum products during the first three months of the current fiscal year (FY 2082/83), making it the largest single import category in the country’s total trade. According to the Department of Customs, the import value of mineral fuels, mineral oils, and related products (Chapter 27) reached nearly 14 percent of total imports between mid-July and mid-October 2025. During this three-month period, Nepal’s total imports stood at Rs. 468.08 billion, while exports were worth Rs. 72.78 billion. Fuel alone accounted for a major portion of the import bill, significantly contributing to the Rs. 395.30 billion trade deficit recorded during the period.

      NEPSE TRADING·27 Oct, 2025·1 min read
    • धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन ३४औं दिनमा, निष्कासन अनुमति अवरुद्ध
      Stock

      धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन ३४औं दिनमा, निष्कासन अनुमति अवरुद्धSecurities Board Employees Continue Protest for 34 Days, Halting Market Approvals

      नेपाल धितोपत्र बोर्ड (SEBON) का कर्मचारीहरूले तिहारपछिपनि आफ्नो आन्दोलन जारी राखेका छन्। आज (कात्तिक ९ गते) सम्म आन्दोलन सुरु भएको ३४ दिन पुगेको हो। कर्मचारीहरूले बिहान कार्यालय समयको पहिलो एक घण्टा धर्ना बस्ने र दिनभर ‘पेन डाउन’ गरेर काम ठप्प पार्ने क्रम आइतबार पनि निरन्तर राखेका छन्।The employees of the Securities Board of Nepal (SEBON) have continued their protest even after the Tihar festival, marking the 34th consecutive day of agitation as of Sunday. Every morning, employees stage a sit-in protest for the first hour of office time and observe a full-day “pen down” strike, completely halting regular administrative operations at the board.

      NEPSE TRADING·26 Oct, 2025·1 min read
    • नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
      Top

      नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिनFinal Day to Apply for Narayani Development Bank’s 100% Rights Shares (NABBC)

      नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) को १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन हो। बैंकले असोज २ गतेदेखि हकप्रद निष्काशन खोलेको थियो। बैंकले १:१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँमा जारी गरेको हो। भदौ ८ गतेसम्मका शेयरधनीहरू आवेदन दिन योग्य छन्। इक्रा नेपालले बैंकलाई इक्राएनपी इश्यूअर रेटिङ सी प्लस (C+) प्रदान गरेको छ, जसले उच्च जोखिम संकेत गर्दछ। ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ, र आवेदन सि–आस्बा बैंक वा मेरो शेयर अनलाइनमार्फत दिन सकिन्छ। हकप्रदपछि बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख रुपैयाँ पुग्नेछ, जुन पूर्वाधार, शाखा विस्तार र लगानीका लागि प्रयोग गरिनेछ। Today (Kartik 9) is the final day to apply for Narayani Development Bank Limited (NABBC)’s 100% rights shares. The bank had opened the issue on Asoj 2, offering 2.62 million units worth NPR 262.46 million at Rs. 100 per share in a 1:1 ratio. Shareholders registered till Bhadra 8 are eligible to apply. ICRA Nepal has rated the bank ICRANP-IR C+, indicating high credit risk. Global IME Capital is managing the issue, and applications can be submitted via C-ASBA member banks or Meroshare online. After the rights issue, the bank’s paid-up capital will reach NPR 524.93 million, which will be used for investments, infrastructure, and branch expansion.

      NEPSE TRADING·26 Oct, 2025·1 min read
    • आईएमएफको सुझाव: एसियाली देशहरूबीच गैरभन्सार अवरोध घटाएर क्षेत्रीय व्यापार एकीकरण गर्न आग्रह
      Investor

      आईएमएफको सुझाव: एसियाली देशहरूबीच गैरभन्सार अवरोध घटाएर क्षेत्रीय व्यापार एकीकरण गर्न आग्रहIMF Urges Asian Nations to Reduce Non-Tariff Barriers and Deepen Regional Trade Integration

      आईएमएफको सुझाव: एसियाली देशहरूबीच गैरभन्सार अवरोध घटाएर क्षेत्रीय व्यापार एकीकरण गर्न आग्रह अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसियाली देशहरूलाई गैरभन्सार अवरोधहरू घटाउन र क्षेत्रीय व्यापारलाई अझ गहिरो रूपमा एकीकृत गर्न आग्रह गरेको छ। आईएमएफका अनुसार, यस कदमले अमेरिकी भन्सार नीतिहरू र विश्वव्यापी वित्तीय झट्काबाट हुने असरलाई कम गर्न मद्दत गर्नेछ। आईएमएफको नवीनतम एसिया क्षेत्रीय आर्थिक प्रतिवेदन अनुसार, एसियाको आर्थिक वृद्धि मुख्य रूपमा व्यापारमा आधारित छ। चीनले विश्व बजारका लागि आपूर्तिशृंखला केन्द्रको रूपमा भूमिका खेलेको छ। तर, अमेरिकासँगको व्यापारिक तनाव र भन्सार नीतिहरूले एसियाको निर्यातमा असर पुर्‍याउने सम्भावना बढेको छ।IMF Urges Asian Nations to Reduce Non-Tariff Barriers and Deepen Regional Trade Integration The International Monetary Fund (IMF) on Friday urged Asian countries to reduce non-tariff barriers and enhance regional trade integration, saying it would help cushion the region from the effects of U.S. tariffs and global financial shocks. According to the IMF’s Regional Economic Outlook for Asia, the region’s economic growth remains heavily trade-dependent, with China serving as a key supply-chain hub for global manufacturing. However, ongoing U.S.–China trade tensions and American tariff policies, especially under former President Donald Trump, have raised risks for Asian exporters.

      NEPSE TRADING·24 Oct, 2025·2 min read