
आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफलIMF Asia–Pacific Director Dr. Krishna Srinivasan Meets Nepal Rastra Bank Governor Dr. Bishwanath Paudel
आईएमएफका एसिया–प्रशान्त निर्देशक डा. कृष्ण श्रीनिवासन र गभर्नर डा. विश्वनाथ पौडेलबीच आर्थिक विषयमा विस्तृत छलफल काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। सोमबार बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा नेपाल–आईएमएफ सहकार्य तथा नेपालको आर्थिक अवस्थासम्बन्धी विभिन्न महत्वपूर्ण विषयमा चर्चा गरिएको थियो। राष्ट्र बैंकका अनुसार भेटका क्रममा दुवै पक्षबीच नेपालको वर्तमान आर्थिक अवस्था, मौद्रिक नीति, राजस्व संकलन, विदेशी मुद्रा सञ्चिति, बैंकिङ क्षेत्रको सुधार, जलवायु जोखिम तथा आईएमएफबाट प्राप्त प्राविधिक सहयोग लगायतका मुद्दामा विस्तृत विचार–विमर्श गरिएको थियो।IMF Asia–Pacific Director Dr. Krishna Srinivasan Meets Nepal Rastra Bank Governor Dr. Bishwanath Paudel Kathmandu – Dr. Krishna Srinivasan, Director of the Asia and Pacific Department of the International Monetary Fund (IMF), paid a courtesy call on Nepal Rastra Bank (NRB) Governor Dr. Bishwanath Paudel on Monday. The meeting took place at the central office of NRB in Baluwatar. According to sources at the central bank, the discussion focused on a wide range of issues concerning Nepal’s current economic situation and ongoing cooperation between Nepal and the IMF. Key topics included Nepal’s macroeconomic condition, monetary policy, revenue collection, foreign exchange reserves, banking sector reforms, climate-related financial risks, and the technical assistance Nepal has been receiving from the IMF.


















