
लक्ष्मी सनराइज बैंक : १०% बोनस र ०.५३% नगद लाभांश घोषणाLaxmi Sunrise Bank Announces 10% Bonus Shares and 0.53% Cash Dividend
लक्ष्मी सनराइज बैंकले १०% बोनस र ०.५३% नगद लाभांश घोषणा लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव सार्वजनिक गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरको कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। अब उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।Laxmi Sunrise Bank Announces 10% Bonus Shares and 0.53% Cash Dividend Laxmi Sunrise Bank Limited (LSL) has announced the dividend it will distribute to shareholders from the profit of the previous fiscal year. The bank has proposed 10% bonus shares of the current paid-up capital and an additional 0.53% cash dividend to cover the tax amount applicable on the bonus shares.


















