
PPL पिपुल्स पावरको अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री हुनेPPL People’s Power to Auction Unsold Rights Shares
PPL पिपुल्स पावरको अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री हुने पिपुल्स पावर लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको छ। कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म १ः०.५० (१० कित्ताबापत ५ कित्ता) का दरले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। यसमा असार १ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीले आवेदन दिन पाएका थिए। उक्त निष्कासन अवधिभरमा ९१ हजार ९३८ जना शेयरधनीलाई २७ लाख ७१ हजार २११ कित्ता हकप्रद शेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेका ३ लाख ९१ हजार ७७९ कित्ता शेयर भने लिलामी बढाबढमार्फत भदौ १५ गतेदेखि २२ गतेसम्म बिक्रीमा आउने भएको हो।PPL People’s Power to Auction Unsold Rights Shares People’s Power Limited has announced that it will sell its unsold rights shares through an auction process. The company had issued a total of 3,163,000 rights shares at a ratio of 1:0.50 (5 new shares for every 10 shares held) from Ashad 22 to Shrawan 26. Only shareholders registered in NEPSE by Ashad 1 were eligible to apply. During the issuance period, a total of 91,938 shareholders were allotted 2,771,211 rights shares. The remaining 391,779 shares will now be auctioned from Bhadra 15 to Bhadra 22.


















