
सूचीकृत कम्पनी संख्या २७२ पुग्यो, बजार पुँजीकरणमा ५४ प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा बीमा क्षेत्रकोNumber of Listed Companies Reaches 272, Banking & Insurance Hold Over 54% of Market Capitalization
सूचीकृत कम्पनी संख्या २७२ पुग्यो, बजार पुँजीकरणमा ५४ प्रतिशतभन्दा बढी हिस्सा बैंक तथा बीमा क्षेत्रको काठमाडौं । २०८२ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा (नेप्से) सूचीकृत कम्पनीहरूको संख्या बढेर २७२ पुगेको छ। अघिल्लो वर्ष २०८१ असारमा यो संख्या २७० मात्र थियो। सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका कम्पनी रहेका छन्। धितोपत्र बजार पुँजीकरणमा ५४.१ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले ओगटेका छन्। त्यस्तै, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.४ प्रतिशत, व्यापारिक संस्थाको ५.० प्रतिशत, होटल क्षेत्रको २.७ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत रहेको छ।Number of Listed Companies Reaches 272, Banking & Insurance Hold Over 54% of Market Capitalization Kathmandu — As of the end of FY 2082 Ashad, the number of companies listed on the Nepal Stock Exchange (NEPSE) has increased to 272, up from 270 in the previous year. Among the listed companies, 132 are banks and financial institutions (including insurance companies), 91 are hydropower companies, 23 are manufacturing and processing industries, 7 are hotels, 7 are investment companies, 4 are trading companies, and 8 belong to other groups.


















