
1 min read
कुमारी बैंकका १९ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकका १९ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्रीमा
NEPSE TRADING
·21 May, 2026
Top News
Stay informed and invest with latest NEPSE news and analysis.

1 min read
कुमारी बैंकका १९ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्रीमा
NEPSE TRADING
·21 May, 2026

1 min read
नेपालमा उबर भित्रिने तयारी, २ करोड लगानी प्रस्ताव
NEPSE TRADING
·21 May, 2026

1 min read
डाबर हनी न्यून गुणस्तरको भेटियो, बजारबाट फिर्ता गर्न निर्देशन
NEPSE TRADING
·21 May, 2026

1 min read
Himalayan Power Partner Limited (HPPL) को ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले १ कित्ता बराबर ०.५ कित्ताको अनुपातमा ५३ लाख २७ हजारभन्दा बढी कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। आवेदन चैत ९ गतेसम्म कायम शेयरधनीहरूले बैंक तथा ‘मेरो शेयर’ मार्फत दिन सक्नेछन्। हकप्रदबाट उठेको रकम कम्पनीले विभिन्न बैंकबाट लिएको सहवित्तीयकरण ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।
NEPSE TRADING
·20 May, 2026

1 min read
काठमाडौँ । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। १० महिनामै सार्वजनिक ऋण करिब ३ खर्ब रुपैयाँले बढेको हो। कुल ऋणमध्ये १३ खर्ब ८१ अर्ब रुपैयाँ आन्तरिक र १५ खर्ब ९३ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ। अमेरिकी डलर बलियो हुँदा विनिमय दरको प्रभावले बाह्य ऋण दायित्वमा थप १ खर्ब ६८ अर्ब रुपैयाँ भार परेको छ। यस अवधिमा सरकारले ३ खर्ब ६५ अर्ब रुपैयाँ ऋण परिचालन गर्दा ऋण सेवा खर्च भने २ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।
NEPSE TRADING
·20 May, 2026

1 min read
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि रोक्न पेन्टागनलाई निर्देशन दिएका छन्। खाडी मुलुकहरूको शान्ति प्रयास र इरानसँग जारी वार्ताका कारण आक्रमण स्थगित गरिएको हो। यद्यपि, सम्झौता असफल भएमा ठूलो सैन्य कारबाहीका लागि अमेरिका तयारी अवस्थामा रहने ट्रम्पले स्पष्ट पारेका छन्। इरानले आणविक हतियार नपाउनुपर्ने विषयलाई उनले प्रमुख सर्तका रूपमा दोहोर्याएका छन्।
NEPSE TRADING
·19 May, 2026

1 min read
काठमाडौं । सरकारले नेपालमा सञ्चालन भइरहेका स्वदेशी तथा विदेशी ओटीटी प्लेटफर्मलाई नियमन र करको दायरामा ल्याउन नयाँ ओटीटी नियमावली तयार गर्ने प्रक्रिया अघि बढाएको छ । प्रस्तावित व्यवस्थाअनुसार ओटीटी सेवा सञ्चालन गर्न अनिवार्य दर्ता र लाइसेन्स लिनुपर्नेछ भने १ करोड रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहनेछ । सरकारको तयारीअनुसार Netflix, Amazon Prime Video, YouTube Premium लगायत विदेशी तथा स्वदेशी प्लेटफर्महरू नियमनको दायरामा आउनेछन् ।
NEPSE TRADING
·19 May, 2026

1 min read
काठमाडौं । निर्माण सामग्री र इन्धनको मूल्य अत्यधिक बढेपछि आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारले ‘मूल्य समायोजन’को तयारी थालेको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराका अनुसार समस्या समाधानका लागि तयार गरिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा छलफलमा रहेको छ । यसैबीच काममा ढिलाइ गर्ने ठेकेदारमाथि मन्त्री सुनिल लम्सालले कडा कदम चाल्दै प्रहरी परिचालन गरेपछि निर्माण क्षेत्रमा तनाव बढेको छ । निर्माण व्यवसायीहरूले मूल्य समायोजन, रोकिएको भुक्तानी र म्याद थपको माग गर्दै आन्दोलन जारी राखेका छन् ।
NEPSE TRADING
·19 May, 2026

1 min read
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा ले न्यायपालिकाको कार्यबोझ तीव्र रूपमा बढ्दै गएको बताएका छन् । वि.सं. २०६१ मा १ लाख ७ हजार रहेको वार्षिक मुद्दा लगत २०८२ असारसम्म बढेर ३ लाख ७५ हजार पुगेको छ । पछिल्लो आर्थिक वर्षमा मात्रै २ लाख १४ हजारभन्दा बढी नयाँ मुद्दा दर्ता भएका छन् । दैनिक फर्छ्यौट संख्या दर्ताभन्दा बढी भए पनि पुराना बक्यौता मुद्दा अझै उच्च रहेको उल्लेख गरिएको छ । सूचना प्रविधि प्रणालीमा आएको समस्याका कारण मुद्दा व्यवस्थापन प्रभावित भएको भन्दै उनले कार्यविधि सरलीकरण, सूचना प्रविधिको अधिक प्रयोग र व्यवस्थापन सुधारमार्फत बक्यौता घटाउने योजना प्रस्तुत गरेका छन् ।
NEPSE TRADING
·19 May, 2026

1 min read
काठमाण्डौ । Laxmi Sunrise Capital Limited को नयाँ बन्दमुखी म्युचुअल फण्ड योजना ‘एलएस होराइजन १२’ मा पर्याप्त आवेदन नपरेपछि बिक्री अवधि जेठ १३ गतेसम्म थपिएको छ । बजारमा अधिकांश म्युचुअल फण्डहरू अंकित मूल्यभन्दा कममा कारोबार भइरहेका कारण लगानीकर्ताहरू नयाँ योजनाभन्दा दोस्रो बजारका सस्ता इकाईतर्फ आकर्षित भएका छन् । विश्लेषकहरूका अनुसार पूँजीबजारको सुस्तता र कमजोर प्रतिफलले नयाँ फण्ड योजनाको बिक्री चुनौतीपूर्ण बन्दै गएको छ ।
NEPSE TRADING
·19 May, 2026

1 min read
सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। प्रतिकित्ता १०० रुपैयाँ दरको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालनमा रहेको छ भने आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
NEPSE TRADING
·19 May, 2026

1 min read
डलरको भाउ फेरि बढ्यो, राष्ट्र बैंकले सार्वजनिक गर्यो नयाँ विनिमयदर
NEPSE TRADING
·19 May, 2026

2 min read
पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड राष्ट्रियसभा विकास, आर्थिक मामिला तथा सुशासन समिति को बैठकमा सांसदहरूले पूर्वाधार विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा पुँजीगत खर्च बढाउन सरकारलाई आग्रह गरेका छन् । बैठकमा अधिकांश सांसदहरूले बजेट कार्यान्वयनमा देखिँदै आएको ढिलासुस्ती, कमजोर आयोजना व्यवस्थापन र न्यून पुँजीगत खर्चप्रति चिन्ता व्यक्त गरेका हुन् ।
NEPSE TRADING
·18 May, 2026

1 min read
राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत सम्पन्न, आठ लाखभन्दा बढी फारम वितरण
NEPSE TRADING
·18 May, 2026